काठमाडौं, १२ चैत २०८१
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को पाँचौ दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
सोमबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा २०८० साउन देखि २०८१ जेठ सम्ममा उत्तीर्ण स्नातकोत्तर र स्नातक तहका विद्यार्थी दीक्षित भएका छन् ।
प्रतिष्ठानका प्रमुख दुई अस्पताल वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरसहित सम्बन्धन प्राप्त विभिन्न अस्पतालका विद्यार्थीहरू दीक्षित भएका हुन् ।
स्नातकोत्तरतर्फ डीएम, एमडी, एमएस, एमडीएस, एमएन, एमएसी एमआइटीका विद्यार्थी दीक्षित भएका हुन् । त्यस्तै स्नातकतर्फ बीएनएस (क्रिटिकल केयर नर्सिङ), बीएमएस (मिडवाइफेरी साइन्सेस), बीएस्सी एमआईटी र ब्याचलर अफ अप्टोमेट्री एन्ड भिजन साइन्सका विद्यार्थी दीक्षित भएका हुन् ।
उत्तीर्ण विद्यार्थीहरूलाई सहकुलपतिसमेत रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले विद्यार्थीहरूलाई प्रतिज्ञा गराउनुभएको थियो ।