काठमाडौं, १७ मंसिर २०८०
वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त भएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका कुलपति डा. भुपेन्द्र बस्नेतका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी डा. थापालाई निमित्त निर्देशक नियुक्त गरेको उपकुलपति डा. बस्नेतले बताउनुभयो ।
पार्टीमा आवद्दता देखिएपछि निर्वाचन आयोगले वीर अस्पतालका तत्कालिन निर्देशक डा. सन्तोष पौडेललाई कारबाहीको लागि सिफारिस गरेको थियो। त्यस लगत्तै स्वास्थ्यमन्त्री माोहन बस्नेतले डा. पौडेललाई मन्त्रालयमा तानेका थिए।