आज मिति : २०८२ बैशाख २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

वीर अस्पतालको बदनाम गर्न केही स्वार्थी कर्मचारी र विचौलिया लागेको स्वास्थ्यमन्त्री बस्नेतको दावी

Nam Raj Bhatta by Nam Raj Bhatta
November 11, 2023
in News
A A
0
वीर अस्पतालको बदनाम गर्न केही स्वार्थी कर्मचारी र विचौलिया लागेको स्वास्थ्यमन्त्री बस्नेतको दावी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २५ कात्तिक २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बदनाम गर्ने काम अस्पताल भित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन् ।

शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालकै तलव खाने तर व्यक्तिगत स्वार्थ पुरा नभए पछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पताल भित्रैकै बिचौलिया भएको दावी गरे ।

मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन् । उनीहरुले आफ्नो स्वार्थ पुरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ । ’ देशको जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरि कै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरि तलव खाने बिचौलिया बिचको विभेद छुट्याएर नेतृत्वले काम अनुसार अवसर प्रदान गर्नु पर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए ।Bir hospital basnet

केही समयदेखि वीर अस्पतालमा सुधार देखिएको बताउदै मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाईनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दावी गर्दै केही बिचौलियालाई राम्रो काम गरेको देखि सहन नसकेर वीरको बदनाम गर्दै हिड्ने गरेको बताए । वीर अस्पताल सधै सफा सुग्घर हुनु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले सरसफाईका क्षेत्रमा पनि वीरले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले तिहारको बेला अरु ठाउँहरु सफा सुग्घर र झिलिमिली बनाए जस्तै वीर अस्पतालमा पनि सफा सुग्घर र झिलिमिलि पार्न सरसफाई अभियानको सुरु गरिएको र यो कार्य निरन्तर जारी रहने बताए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आठ समूह बनाएर वीर अस्तताल सरसफाई अभियान सुरु गरेको बताए । सफाई अभियानमा न्याम्समा पदाधिकारी, विभागिय प्रमुख, चिकित्सक, कर्मचारी सरसफाई अभियानमा सहभागी भएका थिए । मन्त्री बस्नेतले सरसफाईमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई कुचो, मास्क, पन्जा सहितका सामग्री हस्तान्तरण गरेका थिए ।

Tags: #government of Nepal#Health and population ministryBir HospitalDr. Bhupendra Kumar basnetDr.santosh paudelMohan Basnet
Nisarga hospital Dhangadhi
Previous Post

न्याम्स र अमेरिकाको युनिभर्सिटी अफ इलनोइ सिकागोबिच सम्झौता

Next Post

स्वास्थ्यमन्त्री बस्नेतद्वारा मण्डनदेउपुर नगरअस्पतालको शिलान्यास

Related articles

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

9 hours ago
835
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

14 hours ago
783
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

24 hours ago
796
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश
News

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) २३ औं वर्षमा प्रवेश

2 days ago
782
एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

5 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

6 days ago
865
Next Post
स्वास्थ्यमन्त्री बस्नेतद्वारा मण्डनदेउपुर नगरअस्पतालको शिलान्यास

स्वास्थ्यमन्त्री बस्नेतद्वारा मण्डनदेउपुर नगरअस्पतालको शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,010)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...