Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

वीर अस्पतालको बदनाम गर्न केही स्वार्थी कर्मचारी र विचौलिया लागेको स्वास्थ्यमन्त्री बस्नेतको दावी

Nam Raj Bhatta by Nam Raj Bhatta
November 11, 2023
in News
Reading Time: 1 min read
A A
0
वीर अस्पतालको बदनाम गर्न केही स्वार्थी कर्मचारी र विचौलिया लागेको स्वास्थ्यमन्त्री बस्नेतको दावी
629
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २५ कात्तिक २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बदनाम गर्ने काम अस्पताल भित्रकै केही बिचौलियाले गरिरहेको बताएका छन् ।

शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालकै तलव खाने तर व्यक्तिगत स्वार्थ पुरा नभए पछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने र त्यतिले नपुगे मिडियामा गएर गलत समाचार लेखाउने पनि वीर अस्पताल भित्रैकै बिचौलिया भएको दावी गरे ।

मन्त्री बस्नेतले भने, ‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन् । उनीहरुले आफ्नो स्वार्थ पुरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन् । यसमा सबै सजक रहनु पर्छ । ’ देशको जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरि कै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिए । वीर अस्पतालमा मेहनतका साथ काम गरिरहेका कर्मचारी र कामै नगरि तलव खाने बिचौलिया बिचको विभेद छुट्याएर नेतृत्वले काम अनुसार अवसर प्रदान गर्नु पर्नेमा ध्यान दिन जरुरी रहेको मन्त्री बस्नेतले बताए ।Bir hospital basnet

केही समयदेखि वीर अस्पतालमा सुधार देखिएको बताउदै मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको, अनलाईनबाट टिकट काट्ने व्यवस्था मिलाएको, भिआईपी, भिभिआईपी कक्ष थप गरेको र आर्थिक पारदर्शिता कायम गरेको जस्ता सुधारका काम गरेको दावी गर्दै केही बिचौलियालाई राम्रो काम गरेको देखि सहन नसकेर वीरको बदनाम गर्दै हिड्ने गरेको बताए । वीर अस्पताल सधै सफा सुग्घर हुनु पर्नेमा जोड दिदै मन्त्री बस्नेतले सरसफाईका क्षेत्रमा पनि वीरले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स ) वीर अस्पतालका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले तिहारको बेला अरु ठाउँहरु सफा सुग्घर र झिलिमिली बनाए जस्तै वीर अस्पतालमा पनि सफा सुग्घर र झिलिमिलि पार्न सरसफाई अभियानको सुरु गरिएको र यो कार्य निरन्तर जारी रहने बताए ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले आठ समूह बनाएर वीर अस्तताल सरसफाई अभियान सुरु गरेको बताए । सफाई अभियानमा न्याम्समा पदाधिकारी, विभागिय प्रमुख, चिकित्सक, कर्मचारी सरसफाई अभियानमा सहभागी भएका थिए । मन्त्री बस्नेतले सरसफाईमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीलाई कुचो, मास्क, पन्जा सहितका सामग्री हस्तान्तरण गरेका थिए ।

Tags: #government of Nepal#Health and population ministryBir HospitalDr. Bhupendra Kumar basnetDr.santosh paudelMohan Basnet
SummarizeShare277ScanTweet147

Related articles

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

by Nam Raj Bhatta
July 25, 2026
0

बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ। अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

by Nam Raj Bhatta
July 25, 2026
0

काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज...

निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

by Nam Raj Bhatta
July 25, 2026
0

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। बोर्डको कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.