बाँके, ७ असोज २०८१
नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. निराजन सुबेदी नियुक्त भएका छन् ।
आईतवार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. सुबेदीलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्याष्टोन्टेरोलोजीष्ट डा. सुवेदी वीर अस्पतालमा एघारौं तहमा कार्यरत थिए।
यसअघि भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश बहादुर थापा रहेका थिए। डा. थापाले तीन चोटी मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिसकेका छन् ।