आज मिति : २०८२ मंसिर १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

भेरी अस्पतालमा पहिलो पटक आर्थोस्कोपी कार्यशाला आयोजना

Nam Raj Bhatta by Nam Raj Bhatta
September 21, 2024
in News
A A
0
भेरी अस्पतालमा पहिलो पटक आर्थोस्कोपी कार्यशाला आयोजना
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बाँके, ५ असोज २०८१

नेपालगन्जस्थित भेरी अस्पतालले पहिलोपटक अर्थोस्कोपी सोसाईटी अफ नेपालसँगको सहकार्यमा देशभरका अर्थोपेडिक/आर्थोस्कोपी सर्जनहरुलाई एकैथलोमा उपस्थित गराई आफ्नो व्यानरमा एक दिने आर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ ।

यो कार्यशालाले खासगरी खेलकुदमा लागेका खेलाडिहरु खेल खेल्ने क्रममा भएको ‘फिजिकल ईन्जुरी’को दुरविन पद्धतीबाट गरिने शल्यक्रिया र उपचारको विषयमा देशभरका अर्थोपेडिक तथा अर्थोस्कोपीक सर्जनहरुको अनुभव र सिकाई आदान प्रदान गर्ने अपेक्षा गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापाले जानकारी दिनुभयो।

डा. थापाले भने ‘भेरी अस्पतालले अर्थोस्कोपी सोसाईटी अफ नेपालसँगको सहकार्यमा आफ्नै व्यानरमा देशभरका अर्थोपेडिक/अर्थाेस्कोपी सर्जनहरुलाई पहिलो पटक उपस्थित गराई अर्थोस्कोपी कार्यशालाको आयोजना गरेको छ । यसले धेरै कुरामा सिक्ने सिकाउने अवसर बन्ने छ ।’

मेसु डा. थापाले भेरी अस्पतालले विशिष्टिकृत सेवा प्रवाहसँगै अस्पतालमा शैक्षिक गतिविधिहरुलाई पनि बढाउँदै लगिएको बताउदै अस्पतालमा उपचारमा आउने बिरामीहरुले पनि गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास गरे ।

डा. थापाले भेरी अस्पतालले पश्चिम नेपालबाट सिमित स्रोत र साधनको प्रयोग गरी गुणस्तरिय सेवा दिनुको साथै शैक्षिक गतिविधि सञ्चालन गर्नमा पनि सक्षम रहेको सन्देश दिदै यस्ता कार्यशालाले उपचारका क्षेत्रमा आएका नवीनतम प्रविधि तथा खोज अनुसन्धानबारे चिकित्सकहरु बीच अनुभव आदान प्रदान हुदै स्तरीय सेवामा सहजता थप्ने दाबी गरे ।

सो कार्यशालाको संयोजनकारी भूमिका निर्वाह गरेका भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख डा. तिर्थेन्द्र खड्काले उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरुलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयलाई पनि कार्यशालाले महत्व दिएको बताए ।

कार्यशालामा देशभरका ७० बढी अर्थोपेडिक/आर्थोस्कोपि सर्जनहरु सहभागी रहेको कार्यक्रममा स्वागत गर्दै वेष्टर्न हस्पिटल नेपालगञ्जका बरिष्ठ अर्थोपेडिक सर्जन डा. विनोद थापाले नेपालगञ्जमा पहिलोपटक आयोजना गरिएको यो कार्यक्रमले चिकित्सकहरु बीचमा उपचार पद्धति, नयाँ प्रविधिको प्रयोग गरि, समस्या निराकरणमा उपयोगी हुने बताए ।

डा. थापाले भने‘ अहिलेको युग प्रविधिको युग भएको छ । हामीले काम गर्दा यस्ता प्रविधिको उपयोग गर्ने अवसर थिएन र अहिले नायाँ प्रविधिले काम गर्नमा पनि सहज बनाएको छ ।’

कार्यक्रममा बि एण्ड बि अस्पतालका आर्थोस्कोपी सर्जन समेत रहेका एसोनका अध्यक्ष प्रा.डा. अमित जोशी, सचिव डा विवेक वासुका, साइन्टिफिक अध्यक्ष डा. निरब कायस्थ, आर्थोस्कोपी सर्जन डा. तिर्थेन्द्र खड्का, एसोनका सदस्य डा. विहानी श्रेष्ठ, एसोन सदस्य समेत रहेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा, एनेस्थेसिष्ट डा. पारश पाण्डेलगायत दर्जन बढी चिकित्सकहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Tags: Bheri hospitalDr. Prakash thapaNepal arthoplasty society
Nisarga hospital Dhangadhi
Previous Post

आँखाको उपचारलाई प्राथमिकतामा राख्नुपर्छः स्वास्थ्यमन्त्री

Next Post

अन्नपूर्ण न्यूरो अस्पतालको फोहोर ७ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

Related articles

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

18 hours ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

1 day ago
778
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

1 day ago
812
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

3 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

6 days ago
866
बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

6 days ago
826
Next Post
अन्नपूर्ण न्यूरो अस्पतालको फोहोर ७ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

अन्नपूर्ण न्यूरो अस्पतालको फोहोर ७ दिनभित्र व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.