बाँके, ०१ जेठ २०८१
नेपालगन्जस्थित भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् ।
आइतबार पदबाट राजनिमा दिदादिदै स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई भेरीको मेसुमा नियुक्त गरेका हुन् ।
डा. पाण्डे भेरी अस्पतालमा कार्यरत ११ औं तहका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन पनि हुन् । डा. पाण्डे भरतपुर अस्पतालको मेसुको जिम्मेवारी पनि सम्हालेको अनुभव पनि छ। डा. पाण्डे यसअघि भेरीको मेडिसिन विभागमा प्रमुख थिए । डा. पाण्डे लामो समयदेखि भेरी अस्पतालमा सेवारत छन् ।
यसअघि भेरीको मेसु डा. पवनजंग रायमाझी रहेका थिए । डा. रायमाझीलाई भेरी कार्यरत रहने गरी जिम्मेवारी तोकिएको स्वास्थ्य स्रोतले जनाएको छ । नयाँ मेसुमा नियुक्त भएका पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट विशेषज्ञता हासिल गरेका हुन् ।