Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भक्तपुर अस्पतालमा नयाँ भवनबाट गुणस्तरीय सेवा विस्तार

Nam Raj Bhatta by Nam Raj Bhatta
February 22, 2024
in News
Reading Time: 1 min read
A A
0
भक्तपुर अस्पतालमा नयाँ भवनबाट गुणस्तरीय सेवा विस्तार
587
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भक्तपुर, १० फागुन २०८०

भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरेको छ।

वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन्।

बेलायत सरकारको करिब रु ३४ करोड सहयोगमा निर्माण भएको सुविधासम्पन्न उक्त नयाँ भवनबाट सेवा विस्तार गरेको उनले बताइन्। भक्तपुर अस्पताललाई बागमती प्रदेश सरकारले स्तरवृद्धि गर्दै तीन सय शय्यामा विस्तार गर्ने घोषणा गरेसँगै नयाँ थप शय्या सञ्चालनको समेत तयारी गर्दै नयाँ भवनमा सेवा विस्तार गरेको मेसु डा. गौतमले बताइन् ।

अस्पतालको थप स्तरवृद्धि गर्दै शैया विस्तार गर्ने भएपछि चालु आर्थिक वर्षमै प्रदेशको मुख्यमन्त्रीकै पहलमा रु आठ करोडको सिटीस्क्यान मेसिन खरिदका लागि बजेटसमेत विनियोजन गरिसकेको उनले जानकारी बताइन्।

अस्पतालको पुरानो भवन निकै साँघुरो भएपछि नयाँ प्रसूति वार्ड सुरु गरिसकेको भन्दै उनले अन्य अत्याधुनिक उपकरण जडानको काम भइरहेकाले अबको एक सातामा शल्यक्रिया कक्ष, १५ शैयाको आइसीयू, मोडुलार ओटी सञ्चालन गरिने र मुटुरोग सेवा पनि सञ्चालनको तयारी गरिएको छ।

रिफर सेन्टरको रूपमा परिणत हुँदै बिरामीको चाप आधा घटिसकेको यस अस्पतालमा डा. गौतम मेसु भएर आएलगत्तै सेवा विस्तार तथा गुणस्तरीय सेवा सञ्चालनमा आउन थालेपछि दैनिक छ सय बिरामीको चाप पुगेको छ। पन्ध्र शय्याबाट सेवा सुरु भई ७५ शय्यामा सञ्चालन हुँदै आएको यो अस्पताललाई यसअघि पनि कोरोना महामारीकालमा तत्कालीन मेसु डा. गौतमकै नेतृत्वमा सरकारले भेन्टिलेटरसहितको १५ शय्याको आइसीयूसहित एक सय ८६ शय्यामा सेवा सञ्चालन गरी महामारीमा बिरामीको सेवा गरेको थियो।

आफ्नै नाममा १८ रोपनी चार आना जमिन हुँदाहुँदै पनि नेपाल रेडक्रस सोसाइटी, साझा औषधि पसल र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालले यहाँको जमिन उपभोग गरिदिँदा भक्तपुर अस्पताल साँघुरोमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले जानकारी दिए।

साझाले अवैधरूपमा अस्पताल हाताभित्र औषधि पसल सञ्चालन गरिरहेको र हटाउने प्रयास भइरहेको भन्दै रेडक्रसले समेत औषधि पसल सञ्चालनका लागि भाडामा दिन लागेको जानकारी आएकाले त्यसलाई रोक्ने कायस्थले बताए। गुणस्तरीय सेवा नयाँ भवनबाट विस्तार गरेपछि अब भक्तपुरका बासिन्दालई निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको उनले बताए।

Tags: #government of Nepal#Health and population ministryBhaktapur hospital
SummarizeShare235ScanTweet147

Related articles

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित

नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित

by Nam Raj Bhatta
May 2, 2026
0

नेपालका प्रख्यात एन्डोभास्कुलर सर्जन तथा न्यूरोइन्टरभेन्सनलिस्ट डा. सुभाष फुयाँल प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ बाट सम्मानित भएका छन् । बेलायतस्थित ‘वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन’ ले डा....

नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै

नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै

by Nam Raj Bhatta
May 2, 2026
0

सुजाता कुमारी द्वारा स्थापित नयाँ चस्मा कम्पनी छिट्टै नेपालको अप्टिकल रिटेल बजारमा प्रवेश गर्न लागिएको छ। जसको उद्देश्य उपभोक्ताहरूले आँखासम्बन्धी हेरचाह र चस्मा उत्पादनहरूमा पहुँच सहज र आधुनिक...

नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने

नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने

by Nam Raj Bhatta
May 1, 2026
0

काठमाडौंमा नवौं संस्करणको नेपाल मेडिकल सो २०२६ सुरु भएको छ । काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको एक्स्पोको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरेका छन् । नेपाल...

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

by Nam Raj Bhatta
April 30, 2026
0

अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेष सत्र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाली चिकित्सक डा. सुभाष फुयाँल प्रतिष्ठित ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ सम्मानबाट सम्मानित
  • नेपालको अप्टिकल रिटेल छिट्टै बजारमा आउदै
  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.