10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण 

Nam Raj Bhatta by Nam Raj Bhatta
February 15, 2025
in News
Reading Time: 1 min read
A A
0
सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण 
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

अछाम, ३ फागुन २०८१

साफेबगरस्थित बयलपाटा अस्पतालमा सुदुर पहाडकै पहिलोपटक हिप जोर्नीको सफल शल्यक्रिया भएको थियो। शुक्रबार साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० वर्षीय युवक निरोज भुलको बायाँ खुट्टाको सफल शल्यक्रिया भएको हो।

अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकको नेतृत्वमा भएको यस शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डा. सन्दिप भण्डारी समेत संलग्न थिए।  सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी शुक्रबार मात्रै काठमाडौंबाट अछाम गएका थिए।

दुर्गम ठाँउमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा. मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेपछि अस्पताल परिवार खुसी भएका छन्।

शल्यक्रियामा संलग्न डा. पन्तका अनुसार बिरामीलाई एक दिन मात्रै अस्पतालमा राखेर दोस्रो दिन शनिबार हिँड्न लगाएर आइतबार घर फर्काउने तयारी रहेको छ।

बिरामीलाई अर्ध बहोस गराई भित्र बिग्रिएको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी (गेडी) काटेर त्यसलाई झिकेर त्यसको ठाँउमा कृत्रिम गेडी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाँउ) समेत कृत्रिम बनाइएको डा. पन्तले जानकारी दिए।

बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुनुका साथै लामो समयसम्म टिक्ने बनाइएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डा. भण्डारीले बताए।

निरोज भुल बयालपाटा बजारमा व्यापार गर्छन्। ४ घण्टा लगाएर भएको खुट्टाको शल्यक्रियापश्चात निरोजको मुहारमा खुसी छाएको छ। उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा सन्चो हुने महुसुस गरिसकेका छन्। उनले भने, ‘हिजोसम्म त दुखाइ थियो तर आज त्यो दुखाइ पनि कम भएको छ।’ आफूले दोस्रो जीवन पाएजत्तिकै खुसी मिलेको उनले बताए।

डा. मन्दिपका अनुसार यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ। श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने हड्डीको क्यान्सरको उपचार, जोर्नीहरु खिइएको, घुँडाको हड्डी खिइएको, कम्मरको हड्डी खिइएका र खेलाडीहरुलाई हुन सक्ने चोटपटकका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेशन गर्न सकिने उनले बताए।

बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिइएको बिरामी आउने गरेका उनको भनाइ छ।

अर्थोपेडिक मात्र नभएर डायलाइसिस सेवा, हाइड्रोसिल, हर्निया, ऐपेण्डिक्स, पत्थरी, गलब्लाडर, दुरविनबाट दिइने सेवा समेत बयालपाटा अस्पतालमा दिन सकिने डा. मन्दिपले बताए।

Tags: #Bayalpata Hospital AchhamDr. Mandip Pathak
SummarizeShare234ScanTweet146

Related articles

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

by Nam Raj Bhatta
March 3, 2026
0

काठमाडौं, १९ फागुन २०८२ नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा 'नेपाल फर्मा एक्स्पो २०२६' को दशौँ संस्करण आयोजना हुँदैछ। यसै...

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

by Nam Raj Bhatta
March 2, 2026
0

कञ्चनपुर, १८ फागुन २०८२ सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल लाई अचानक देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित...

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.