आज मिति : २०८२ जेष्ठ १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण 

Nam Raj Bhatta by Nam Raj Bhatta
February 15, 2025
in News
A A
0
सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण 
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

अछाम, ३ फागुन २०८१

साफेबगरस्थित बयलपाटा अस्पतालमा सुदुर पहाडकै पहिलोपटक हिप जोर्नीको सफल शल्यक्रिया भएको थियो। शुक्रबार साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटाका ३० वर्षीय युवक निरोज भुलको बायाँ खुट्टाको सफल शल्यक्रिया भएको हो।

अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकको नेतृत्वमा भएको यस शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त, अर्थोपेडिक सर्जन डा. सन्दिप भण्डारी समेत संलग्न थिए।  सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको यस शल्यक्रियामा साथ दिन डा. पन्त र डा. भण्डारी शुक्रबार मात्रै काठमाडौंबाट अछाम गएका थिए।

दुर्गम ठाँउमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डा. मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेपछि अस्पताल परिवार खुसी भएका छन्।

शल्यक्रियामा संलग्न डा. पन्तका अनुसार बिरामीलाई एक दिन मात्रै अस्पतालमा राखेर दोस्रो दिन शनिबार हिँड्न लगाएर आइतबार घर फर्काउने तयारी रहेको छ।

बिरामीलाई अर्ध बहोस गराई भित्र बिग्रिएको, खिइएको, हिँड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिप जोर्नीको हड्डी (गेडी) काटेर त्यसलाई झिकेर त्यसको ठाँउमा कृत्रिम गेडी राखिएको र त्यसमा गोलीगाँठो चल्ने घर (ठाँउ) समेत कृत्रिम बनाइएको डा. पन्तले जानकारी दिए।

बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुनुका साथै लामो समयसम्म टिक्ने बनाइएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डा. भण्डारीले बताए।

निरोज भुल बयालपाटा बजारमा व्यापार गर्छन्। ४ घण्टा लगाएर भएको खुट्टाको शल्यक्रियापश्चात निरोजको मुहारमा खुसी छाएको छ। उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा सन्चो हुने महुसुस गरिसकेका छन्। उनले भने, ‘हिजोसम्म त दुखाइ थियो तर आज त्यो दुखाइ पनि कम भएको छ।’ आफूले दोस्रो जीवन पाएजत्तिकै खुसी मिलेको उनले बताए।

डा. मन्दिपका अनुसार यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ। श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने हड्डीको क्यान्सरको उपचार, जोर्नीहरु खिइएको, घुँडाको हड्डी खिइएको, कम्मरको हड्डी खिइएका र खेलाडीहरुलाई हुन सक्ने चोटपटकका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेशन गर्न सकिने उनले बताए।

बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिइएको बिरामी आउने गरेका उनको भनाइ छ।

अर्थोपेडिक मात्र नभएर डायलाइसिस सेवा, हाइड्रोसिल, हर्निया, ऐपेण्डिक्स, पत्थरी, गलब्लाडर, दुरविनबाट दिइने सेवा समेत बयालपाटा अस्पतालमा दिन सकिने डा. मन्दिपले बताए।

Tags: #Bayalpata Hospital AchhamDr. Mandip Pathak
Nisarga hospital Dhangadhi
Previous Post

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मुटुको इको सेवा सुरु

Next Post

वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम

Related articles

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

2 hours ago
797
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

20 hours ago
817
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

1 day ago
783
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै
News

नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै

1 day ago
810
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

2 days ago
783
Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

3 days ago
792
Next Post
वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम

वीर अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,049)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.