काठमाडौं, २५ पुष २०७८
काठमाडौंको नक्साल नेपाल टेलिकम नजिकै रहेको र्युमाटोलोजी आर्थटिस सेन्टरमा यही पुस २५ गते देखि २९ गते सम्म वृहत निशुल्क शिविर भइरहेको छ।
र्युमाटोलोजी एण्ड आर्थिटिस सेन्टरले शुरु गरेको निःशुल्क क्याम्प आगामी पुष २९ गतेसम्म सञ्चालन हुने वरिष्ठ बाथरोग विशेषज्ञ डा. अरुण कुमार गुप्ताले जानकारी दिनुभयो।
बाथ गठिया तथा हड्डी रोग, हाडजोर्नी, नसा सुन्निने, दुख्ने आदि । त्यस्तैगरी बालबालिकामा हुने बाथरोग, हड्डी खिइ हुने बाथरोग, युरिक एसिड बढी हुने बाथ, लामो समयसम्म ज्वरो आउने, महिनावारी अनियमित भइ बेला बेलामा गर्भ तुहिने समस्या सम्वन्धी निशुल्क चेकजाँच हुने डा. गुप्ताले बताए।
मासपेशी दुख्ने, कम्मर, पाखुरा, कुर्कुच्चा, घाँटी दुख्ने, कपाल झर्ने, आँखा रातो भइ बेस्सरी दुख्ने सम्बन्धि परामर्श तथा चेकजाँच हुनेछ।
शिविर विहान ८ बजे देखि साँझ ५ बजेसम्म चल्नेछ।
Rheumatology and Arthritis Center Kathmandu