वैतडीको दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको काटेको रुख ढलेर खुट्टामा परेपछि घुँडामुनिको दुबै हड्डी बाँचियो ।
घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने आशा थिएन् । उनलाई लागेको थियो, धनगढी वा भारत रेफर गर्छन्, तर त्यसो भएन् ।
बैतडी अस्पतालका हाडजोर्नि विषेशज्ञ डा. दिपेन्द्र भण्डारी र जनरल फिजिसियन डा. अरविन्द जोशी लगायतका डाक्टरहरुको टीमले उक्त शल्यक्रिया बैतडी अस्पतालमै गरेको छ।
त्यो पनि सानो चिरा पारेर (सिआरआइएफ) प्रविधिबाट गर्ने हिम्मत गरे । सानो चिरा पारेर (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेशन विथ आइएमआइएल नलिङ) गरिने शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो शल्यक्रिया हो। यस अघि चिरेर रड राख्ने गरिन्थो । जसका कारण विरामीलाई धेरै समयसम्म हिडडुल गर्न समस्या हुन्छ ।







