काठमाडौं, ०४ माघ २०८२
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले ५ वटा प्रमुख सुधारात्मक कामहरु गरेका छ्न।
१. विपन्न क्यान्सर रोगीलाई रु. १ लाख सहयोग:
सर्जकको रूपमा थापाले उपचार पहुँच कमजोर भएका वर्गका क्यान्सर रोगीलाई आर्थिक राहत बढाउँदै सहयोग रकम ५० हजारबाट बढाएर १ लाख पुर्याए, जसले मध्यम तथा न्यून–आय भएका परिवारलाई प्रत्यक्ष लाभ दिएको छ।
२. HRRS डिजिटल दर्ता प्रणाली :
स्वास्थ्य संस्थाको दर्ता, नवीकरण र अनुगमन अब HRRS मार्फत डिजिटल भएपछि सेवा पारदर्शी, छरितो र उत्तरदायी बनेको छ।
३. अस्पताल निरीक्षण र सुधार अभियान:
भक्तपुर, हेटौंडा, धुलिखेल, धादिङ आदि अस्पतालमा आकस्मिक अनुगमन गरी उपकरण, सेवा गुणस्तर र व्यवस्थापनमा सुधारका निर्देशन दिए, ‘सेवाग्राहीमैत्री सेवा’लाई प्राथमिकता दिँइदै।
४. “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभियान:
रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य लगायत गैर–संक्रामक रोग नियन्त्रणका लागि राष्ट्रिय सचेतना अभियान, जिल्ला समन्वय समूह गठनसहित अगाडि बढाएको छ।
५. सरसफाइ र ट्रमा सेन्टर योजना:
स्वास्थ्यलाई वातावरण र सडक सुरक्षासँग जोड्दै “Two Hours for the Nation” जस्ता सरसफाइ अभियानमा प्रत्यक्ष सहभागिता। सूर्यविनायक अस्पताललाई ट्रमा सेन्टरमा उन्नत गर्ने योजना अघि बढाएको छ।













