Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा

Nam Raj Bhatta by Nam Raj Bhatta
September 21, 2023
in News
Reading Time: 1 min read
A A
0
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्य मन्त्री बस्नेतद्वारा प्रशंसा
593
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ४ असोज २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशांसा गरेका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकिकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे जस्तै विपन्न र गरिवको सहज स्वास्थ्य उपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनिय रहेको बताए ।received 990185335614784

मन्त्री बस्नेतले भने,‘केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल बेड नि:शुल्क गर्ने निर्णय गरेपछि बाग्मती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका बेड नि:शुल्क गर्न सल्लाह दियौ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्रीज्युले निर्णय गरेर साथ दिनु भयो । ’ केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका ३ हजार ५ सय ६५ जनरल बेड नि:शुल्क गरेपछि बाग्मती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरुका ८०० बेड नि:शुल्क गरेको थियो ।

Bagmati health ministry
Bagmati health

मन्त्री बस्नेतले विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बाग्मती प्रदेशले क्यान्सरका विरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति १ लाख रुपैया सहुलियतमा थप ५० हजार रुपैया उपलब्ध गराईरहेको, हृदयरोगका विरामीलाई १ लाखमा थप गरेर १ लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनिय रहेको स्वास्थ्य मन्त्री बस्नेतले बताए ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार प्रसारको कमिले जनमानसमा पुग्न नसकेको बताउँदै हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनु पर्नेमा जोड दिए । केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लयमा आफू चल्न तयार रहेको बताउदै प्रदेश स्वास्थ्य मन्त्री जोशीले विपन्नको पहिचान गर्दा स्वघोषणालाई आधार बनाउनु पर्ने सुझाव दिए ।

बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ, सोना परियार लगायतले बाग्मती प्रदेशले स्वास्थ्य उपचारमा उल्लेखनिय काम गरिरहेको बताए । सो अवसरमा बागमती प्रदेशले नेपाल रेडक्रससँग नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ भने शहिद गंगालाल हृदयरोग प्रतिष्ठानसँग मुटु रोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर हस्पिटलसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउने सम्बन्धी सम्झौता आदान प्रदान गरेको छ ।

बागमती प्रदेशको चिकित्सा साखा प्रमुख डा. खगेश्वर गेलालले बाग्मती प्रदेशले सिमान्तकृत विपन्न जनताका लागि नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम र महिला स्वास्थ्य स्वयं सेविकाका लागि स्वास्थ्य विमामा ५० प्रतिशत सहूलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिए ।

SummarizeShare242ScanTweet146

Related articles

Bharatpur hospital

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल

by Nam Raj Bhatta
June 28, 2026
0

भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा...

ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
June 28, 2026
0

ॐ हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि. र ह्याप्पी होम योग केन्द्र (टोखा नगरपालिका-११, काठमाडौँ) को संयुक्त आयोजनामा शनिवार एक दिवसीय नि:शुल्क स्वास्थ्य परीक्षण शिविर तथा खुल्ला रक्तदान...

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

by Nam Raj Bhatta
June 28, 2026
0

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अध्यक्षमा डा. होमप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको दोस्रो महाधिवेसनबाट डा. अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिमा...

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति

by Nam Raj Bhatta
June 27, 2026
0

ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा सन् २०२६/२०२७ को लागि डा. श्रृष्टी श्रेष्ठ प्रजापति चयन हुनुभएको छ। सन् १९२५ मा बेलायतको म्यान्चेस्ट​र​बाट सुरु भएको यस ईन​र ह्विल...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम
  • नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति
  • भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.