काठमाडौं १ जेठ
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले समयमा स्तर वृद्धि नभएको भन्दै आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागमा ज्ञापन पत्र बुझाएको छ। पत्रमा विवरण गरे अनुसार पौष र असार महिनामा स्तर वृद्धि गर्ने ब्यबस्था भएपनी बिगत दुई वर्ष सम्म स्तर वृद्धि हुन नसकेको नेपाल स्वास्थ्यकर्मी समाजका अध्यक्ष देवराज लामिछानेले बताउनु भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिम्मा बिभागलाई नै दिएको हुँदा अहिलेसम्म सो कार्य नटुङ्ग्याएको बिभागलाई ज्ञापन पत्रको माध्यमबाट ध्यानाकर्षण गराएको अध्यक्ष लामिछाने बताउनु भयो ।
आजकै मिति बाट वरिष्ठ र कनिष्ठमा मात्र नभै सेवा सुबिधामा पनि ठूलो असर परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। एकातिर संघियता कार्यान्वयनको नामा आयुर्वेदका कर्मचारीहरुको मनोबल गिराउने तरिकाले काम गर्नुपरेको छ भने अर्कोतिर समयमा स्तर वृद्धि नहुदा स्वास्थ्यकर्मी मर्कामा परेको समाजका सचीव गोकुल पराजुलीले बताए।