काठमाडौं, ०३ माघ २०८२
एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल (एपोन) मार्केटिङ सर्कलद्वारा आयोजना गरिएको छैठौँ ‘एपोन फुटसल कप को उपाधि एसियन फर्मास्युटिकल्स प्रालिले जितेको छ।
शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एसियन फर्मास्युटिकल्सले क्वेस्ट फर्मास्युटिकल्सको टिमलाई ६–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
एसियन फर्मास्युटिकल्स यसअघि पनि पाँचौँ एपोन फुटसल कपको विजेता बनेको थियो। प्रतियोगिता काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न भएको हो।
फुटसल प्रतियोगितामा नेपालका १६ वटा औषधि उद्योगका टिमहरूको सहभागिता रहेको एपोन मार्केटिङ सर्कलका संयोजक दिपेश प्रधानले जानकारी दिनुभयो।
प्रतियोगितामा एसियन फर्मास्युटिकल्स प्रालि, क्वेस्ट फर्मास्युटिकल्स प्रालि, म्याग्नस फर्मा प्रालि, नेशनल हेल्थकेयर प्रालि, शिवम् फर्मास्युटिकल लिमिटेड, क्यूमेड फर्मुलेसन प्रालि, एसआर ड्रग ल्याबोरेटरीज प्रालि, फार्मोनिक्स लाइफ साइन्सेस प्रालि, पानस फर्मास्युटिकल्स प्रालि, ओम्निका ल्याबोरेटरीज प्रालि, देउराली–जनता फर्मास्युटिकल्स प्रालि, लोमस फर्मास्युटिकल्स प्रालि, क्यूबीडी फर्मास्युटिकल्स प्रालि, नेपाल फर्मास्युटिकल्स ल्याब (एनपीएल), डिभाइन हेल्थकेयर प्रालि र टाइम फर्मास्युटिकल्स प्रालि सहभागी थिए।













