अर्घाखाँची, १७ असोज २०८१
लुम्विनी प्रदेश मातहतमा रहेका १४ वटा अस्पतालहरु मध्ये अर्घाखाँची अस्पताल तेस्रो स्थानमा रहन सफल भएको छ।
आर्थिक वर्ष २०८०-०८१ मा पनि स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य-मुख्य सुचांकहरुको आधारमा गरिएको मूल्यांकनमा प्रदेश मातहत अन्तर्गत रहेका अस्पतालहरु मध्ये अर्घाखाँची अस्पताल तेस्रो हुन सफल भएको हो ।
लमहीमा स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय वार्षिक समिक्षामा ६३.५४ प्रतिशत अंक ल्याएर अर्घाखाँची अस्पताल तेस्रो हुन सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले जानकारी दिनुभयो।
त्यसैगरी बर्दिया अस्पताल ७२.४२ प्रतिशत लिएर पहिलो र लुम्विनी प्रादेशिक अस्पताल ६८.०९ प्रतिशत अंक ल्याएर दोस्रो भएका छन् ।
डा. तिवारीले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालेपछि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, भिडियो एक्सरे, अस्पताल प्रशासन, सुशासन, जवाफदेहिता लगायतका सूचांकका आधारमा अर्घाखाँची अस्पताल अब्बल बन्दै आएको छ।
लुम्बिनी प्रदेशको मातहतमा १५ शैयाको अस्पताल भएपनि हाल ६० शय्याको अस्पतालमा विशेषज्ञ जनशक्तिको अभाव र पुरानो जिर्ण भवनका बाबजुत पनि अस्पतालले स्तरीय सेवा प्रदान गर्दै आइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीले बताए । अस्पतालले अत्याधुनिक चौबीसै घण्टा प्रयोगशाला, सुत्केरीको अप्रेसन सेवा, एक्सरे, चौविसैं घण्टा ईमरजेन्सी र फार्मेसी खुला रहने गरेको मेसु डा. तिवारीले बताए ।
अस्पतालले बिरामीहरुको लागि मुटुको भिडियो एक्सरे ( ईको) सेवा चाडोभन्दा चाडो शुरु हुने डा. तिवारीले जानकारी दिनुभयो ।
सन्धिखर्कमै अत्याधुनिक सेवासहितको सेवा दिनथालेपछी उपचारका लागि बिरामीहरुको लागि आकर्षक बड्दै गएको डा. तिवारीले बताए।
यस अस्पतालमा एपेन्टीसाइटिस, हर्निया र अन्य माइनर अप्रेशन साथै प्लाष्टर सेवाहरु दिइरहेको डा. तिवारीले बतए। हाल अस्पतालमा ९८ जना कर्मचारीहरु कार्यरत छ्न।