आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौ : दिपेश प्रधान

Nam Raj Bhatta by Nam Raj Bhatta
February 29, 2024
in News
A A
0
सरकारले सहयोग गरे विदेशमा पनि औषधि निर्यात गर्न सक्छौ : दिपेश प्रधान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १७ फागुन २०८०

नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको भरतपुर प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ आयोजना हुँदैछ ।

एक्स्पोमा सर्वसाधारणहरुले औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे जानकारी लिन सक्नेछन् । एक्स्पो सम्बन्धका एपोन मार्केटिङ संयोजक दिपेश प्रधानसंग गरिएको कुराकानीमा आधारित

– नेपाली औषधि उद्योगको मार्केटिङ कसरी भइरहेको छ ?

नेपाल औषधिको मार्केटिङको कुरा अरु बस्तुको भन्दा धेरै  फरक छ । अरु सामानको मार्केटिङ गर्दा प्रत्यक्ष उपभोक्तासम्म पुग्ने गर्दछन । तर औषधिको मार्केटिङ उपभोक्तासम्म अप्रत्यक्ष रुपले पुग्ने गर्दछौ । हाम्रा उपभोक्ता भनेकै नै विरामी हुन । विरामीलाई नै यो–यो औषधि खाउ भनेर हामीले मिल्दैन । तर विरामीलाई आवश्यक पर्ने औषधि गुणस्तरिय, सस्तो छ भनेर हामी औषधि प्रेस्क्रइभरमा पुग्ने गर्दछौ । उहाँहरुले विरामीलाई प्रेस्क्रिप्सन गरेको औषधि उपलब्धताका लागि चिकित्सक र रिटेल औषधि पसलसम्म पुग्ने गर्दछौ ।

– विदेशी औषधिसंग प्रतिस्पर्धा गर्न कतिको चुनौति रहेको छ ?

नेपालको भूमिमा हामीभन्दा पहिलादेखि नै विदेश कम्पनीले औषधि बेचिरहेका थिए । उनीहरु हाम्रो भूमिमा स्थापित भइसकेका छन् । हामी ३० बर्षदेखिमात्र औषधि बनाउन थालेको हौ । विदेशी कम्पनीसंग संसारको ज्ञान, सिप र टेक्निकल धेरै रहेको छ । उनीहरु डलरमा भएको पैसा लिएर हाम्रो मुलुकमा मार्केटिङ गरिरहेका छन् । हामीहरु भने सिमित बजेटमा ति विदेश कम्पनीहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसलै गर्दा धैरै चुनौतिहरु रहेका छन। अर्कोतिर उनीहरुसंग रेडिमेड प्रडक्ट बनेर आएको हुन्छ । हामीले अध्ययन अनुसन्धान गरेर मात्र औषधिको विकास गर्छौ । त्यसैले हामीहरुलाई औषधि बजारमा ल्याउन समय लाग्ने गरेको छ।

विदेशी कम्पनीले करोडौं जनसंख्यालाई लक्षित गरेर औषधि बनाउनुहुन्छ । उनीहरु टनमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछन् ।

हाम्रो देशले तिनै देशबाट कच्चा पदार्थ किनेर ल्याएर औषधि बनाउनुपर्ने हुन्छ । हामीहरु टनमा नभई किलोमा कच्चा पदार्थ किनेर औषधि बनाउने गर्दछौ । कच्चा पदार्थ टनमा किन्नै र किलोमा किन्नेको मूल्यमा पनि फरक पर्न जान्छ । उनीहरुसंग मारर्जिन धैरै छ, हामीसंग छैन । तैपनि पनि हामी उनीहरुसंग प्रतिस्पर्धा गरैर उनीहरुकै मूल्यमा औषधि बेचिरहेका छौ ।Dipesh pradhan 2

– नेपाल फर्मा एक्स्पोले मार्केटिङ कतिको सहज बनाएको छ ?

एक्स्पोले नेपाली औषधिको मार्केटिङ धैरै नै सहयोग पुर्याएको देखिन्छ । अन्तराष्ट्रिय गुणस्तरको औषधि नेपालमा पनि बन्छ भनेर प्रचार गर्नका लागि एक्स्पोले सहयोग गर्दै आएको छ । सर्वसाधारणलाई औषधि उद्योगको बारेमा जानकारी लिनका लागि सवै उद्योगहरुमा घुम्न सम्भव हुदैन ।

त्यसैले एक्स्पोमा हामीले १५० भन्दा बढी स्टलहरु राखि नेपाली औषधिमा कस्तो मेसिन प्रयोग गछौँ, कस्तो टेक्नोलोजी प्रयोग गर्दछौ र कस्तो मान्छेले कसरी औषधि बनाउछन् ? त्यो सवै कुरा प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । बिगतको वर्ष भन्दा यो वर्ष नयाँ अनुभव नयाँ औषधि तथा नयाँ मेसिनहरुको अबलोकन गर्न सकिनेछ।  एक्स्पोमा मल्टिनेशनल कम्पनीले प्रयोग गर्ने मेसिन हामी यहि नै देखाउँछौ । हामी उनीहरुभन्दा कम छैनौ । उति नै छौ । हामीसंग पैसा कम होला तर पनि हामी विदेशीले जतिकै गुणस्तरको औषधि उपभोक्तालाई प्रदान गरिरहेका छौ ।

– विदेशमा नेपाली औषधिको मार्केटिङ गर्ने योजना के छ ?

नेपाली औषधि विदेशमा निर्यात गर्नका लागि सरकारले सहयोग गर्नुपर्दछ । हाम्रो व्यक्तिगत रुपमा एउटा संस्थाले गर्ने कुरा एउटा हो । विदेशमा निर्यातको लागि सहजिकरण गर्नका लागि हाम्रो देशले अर्को देशसंग पारस्परिक सम्बन्ध बनाउनुपर्दछ ।

सरकारले अर्को देशसंग औषधिका लागि पारस्परिक सम्बन्ध राखेर नीति बनाउन सके हामी विदेशमा पनि नेपाली औषधि निर्यात गर्न सक्छौ । सरकारले औषधि क्षेत्रमा आत्मनिर्भर बन्ने लक्ष्य राख्यो भने सजिलै सङ्ग औषधि निर्यात गर्न सम्भावना रहेको छ।

– विदेशमा नेपाली औषधिको मार्केटिङका लागि सरकारले के गरिदिनुपर्दछ? 

सरकारले हामीलाई हौसलासंगै विदेशमा नेपाली औषधि निर्यात गर्नका आवश्यक नीति नियम र नेपाली उद्योगलाई टेक्नोलोजीमा सहयोग गर्नुपर्दछ । नेपाली औषधि उद्योगको अझ गुणस्तर बढाउनका लागि विज्ञ (एक्स्पर्ट) ल्याएर यहाँ तालिम गराउनु पर्दछ कि, नेपाली औषधि बाहिर लैजान राजश्व कम गरेर हुन्छ कि के गरेर हुन्छ विदेशीमा नेपाली औषधि निर्यात गर्न सहयोग पुर्याउनुपर्दछ ।Dipesh main

वंगलादेशले आफ्नो औषधि छ भने विदेशी औषधिको आयातलाई प्रतिवन्ध लगाएको छ । हामीलाई विदेशमा औषधि निर्यातका लागि वंगलादेशको जस्तो अडचन आउन सक्छ त्यसमा सरकारले त्यसमा सहजिकरण गर्नुपर्दछ ।

Tags: Dipesh pradhanNepal pharma Expo 2024
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि नेपाल मेडिकल तथा ल्याब एक्सपो हुँदै

Next Post

सेती अस्पतालमा पहिलोपटक मृगौलामा भएको पत्थरीको दुरबिनबाट शल्यक्रिया

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

5 hours ago
1.4k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

12 hours ago
791
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

13 hours ago
792
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
843
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
784
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
798
Next Post
सेती अस्पतालमा पहिलोपटक मृगौलामा भएको पत्थरीको दुरबिनबाट शल्यक्रिया

सेती अस्पतालमा पहिलोपटक मृगौलामा भएको पत्थरीको दुरबिनबाट शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...