काठमाडौं, ६ असोज २०८१
काठमाडौँ महानगरपालिकाले माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताललाई हानिकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्नको लागि ७ दिनको समय दिएको छ। महानगरपालिकाले फोहोरको अनुगमन गर्ने क्रममा व्यवस्थित गरेर नराखेको पाएपछि उक्त समयभित्र व्यवस्थापन गर्न निर्देशन दिएको हो।
महानगरपालिकाका अनुसार अस्पतालले फोहर व्यवस्थापनका लागि आफ्नो कार्ययोजना बनाएको पाइएन। आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरूपता देखिएन। बिनको रङ्ग संकेत फरक थियो।
महानगरपालिकाले फोहर संकलन केन्द्र भूमिगत तलामा राखिएको पाइएको जनाएको छ। भूमिगत तला पार्किङ प्रयोजनका लागि हो। महानगरपालिकाका अनुसार सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानिकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ।
यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था नदेखिएको र बिक्रीयोग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएर थुपारिएको महानगरले जनाएको छ। सो पोकोबाट पानी बगिरहेको पाइएको थियो।