काठमाडौं, ७ साउन २०८१
काठमाडौंको बौद्ध पिपलबोटमा अन्नपूर्ण मल्टि स्पेसियलिटी डेन्टल सेन्टर सञ्चालनमा आएको छ ।
आईतबार एक कार्यक्रमबीच सांसद ज्ञानेन्द्र शाहीको हातबाट रिबन काटेर उक्त डेण्टलको उद्घाटन गरिएको हो ।
यूवा व्यवसायी सागर जोशीको टोलीद्धारा सञ्चालनमा ल्याइएको सो डेन्टल करिब २.५ करोडको लगानीमा सुरु गरिएको बताइएको छ । डेन्टलले सेवा सुरु गरेको अवसर पारेर एक महिनासम्म निःशुल्क चेकजाँचको र निःशुल्क दाँत सफाको व्यवस्था गरेको छ भने आफ्ना हरेक सेवामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।
दन्त चिकित्सा क्षेत्रमा एक दशक बिताएका सागर जोशीको समूहले तेस्रो ब्रान्चको रूपमा अन्नपूर्ण सञ्चालनमा ल्याएका हुन् । जसका सिस्टर दाँत उपचार केन्द्रहरू वानेश्वर, अनामनगर, सोह्रखुट्टे र बालाजुमा रहेका छन् ।
के–के छन् सुविधा ?
आईतबारदेखि सञ्चालनमा आएको अन्नपूर्ण मल्टि स्पेसियलिटी डेन्टल सेन्टरमा दाँत र मुखसँग सम्बन्धित सम्पूर्ण सेवाहरू पाइन्छ । जस्तै, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत राख्ने, दाँत मिलाउने, दाँत प्रत्यारोपण गर्ने, दाँतमा खोल राख्नेदेखि अन्य सम्पूर्ण सेवाहरू दिइने सञ्चालक जोशी बताउँछन् ।
डेन्टलमा अत्याधुनिक डेन्टल चियर, डिजिटल ल्याब, स्टेरिलिसेसन मेसिन, एक्सरे मेसिन लगायतका अत्याधुनिक उपकरण तथा सामग्री राखेर सेवा दिइने उनको भनाई छ ।