आज मिति : २०८२ असार १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान

Nam Raj Bhatta by Nam Raj Bhatta
June 14, 2025
in News
A A
0
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३१ जेठ २०८२

भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौँ, वीरगञ्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरेर एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो ।

सातै प्रदेश समेटिने गरी ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । जसमध्ये काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका छ्न।

यस्तैगरी, वीरगञ्जमा र पोखरामा सात/सात तथा धरानमा चारवटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारीअन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त  गर्नुभयो । “उपहारस्वरूप प्रदान गरिने एम्बुलेन्स भारत सरकारको लामो समयदेखिको पहलहरूमध्ये एक हो । यो पहल भारत र नेपालबीचको बलियो र जीवन्त विकास साझेदारीको एक हिस्सा हो । जुन दुई देशबीचको सात दशक लामो र बलियो सम्बन्धको निरन्तरता हो”,  श्रीवास्तवले भने।

कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

हालसम्म नेपालका विभिन्न शैक्षिक संस्थाहरूलाई ३०० वटा स्कुल बस, सन् २०२२ मा निर्वाचन सञ्चालन हेतु कानुन कार्यान्वयन गर्ने निकायहरू र निर्वाचन आयोगलाई २०० वटा सवारी साधन उपहारस्वरूप प्रदान गरिएको जनाइएको छ ।

यस्तैगरी, हालै सम्पन्न ‘सगरमाथा संवाद’ को पहिलो संस्करण आयोजनालाई सहज बनाउन नेपालको परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारीसाधन सहयोगस्वरुप प्रदान गरिएको पनि दूतावासले जनाएको छ ।

भारत नेपालको बहुआयामिक विकास साझेदारीलाई थप बलियो बनाउने उद्देश्यसहित गरिएको यस सहयोगले दुवै देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने दूतावासले विश्वास गरेको छ ।

Tags: #government of NepalAmbulance
Nisarga hospital Dhangadhi
Previous Post

औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय

Next Post

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

Related articles

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित
News

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

21 minutes ago
778
औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय
News

औषधि नै पुर्ण रुपमा बन्द गरेर विभिन्न १२ वटा संघसंगठनले आन्दोलन गर्ने निर्णय

15 hours ago
902
औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा
News

औषधि मूल्य प्रतिवेदनविरुद्ध चिकित्सक संघ लगायत देशभरका व्यवसायी आन्दोलनमा

2 days ago
796
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो
News

काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर पहिलो

2 days ago
785
अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
News

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

2 days ago
806
ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति
News

ॐ अस्पताललाई उपचारमा लापरबाही मुद्दामा ५० लाख ७० हजार क्षतिपूर्ति

2 days ago
813
Next Post
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा. विष्णु सापकोटा निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,073)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In