डडेल्धुरा, १९ असार २०८२
सुदुरपश्चिममै पहिलो डडेल्धुराको अजयमेरु गाउँपालिका पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप तथा पूर्णसंस्थागत प्रसूति सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बुधबार पालिकालाई प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र प्रसाद ओझाले बताउनुभयो ।
अहिलेको समयमा सबै अस्पताल गएपछि घरमा हुने प्रसूति शून्य भएपछि पालिकालाई पूर्णसंस्थागत सुत्केरी घोषणा गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए ।
२०७४ सालमा पारित पहिलो नीति तथा कार्यक्रममा समेटिएको योजना र लक्ष्यअनुसार नै पूर्णसंस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको भट्टले बताए । अध्यक्ष भट्टले उक्त उपलब्धि हासिल गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए।
अजयमेरु गाउँपालिकाको स्वास्थ्य बिभागले गाउँमै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा दिन थालेपछी गाउँमा हुने बिरामीको लागि सहज भएको छ।