देशभरका आयुर्वेद चिकित्सकहरुको पेशागत संगठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा. शंकर गौतम निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको एघारौँ राष्ट्रिय सम्मेलनले डा. गौतमको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा चार जनाको उम्मेद्वारी परेको थियो । डा. गौतमले १५९ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धीको रुपमा डा. सुवर्ण पौडेलले ११४ मत ल्याएका थिए ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा १५५ मतका साथ डा. रमेश पौडेल विजयी भएका छन् । उनका निकटतम प्रस्तिस्पर्धीको रुपमा डा. निरज योगीले ९७ मत मात्रै प्राप्त गरे ।
यस्तैगरी महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठले १९० मतका साथ विजयी भएकी छन् भने उनकी प्रतिस्पर्धीको रुपमा आएकी डा. शान्ति तिमल्सिनाले १२९ मत मात्रै प्राप्त गरिन् ।
यसैगरी संघको महासचिव पदमा डा. ऋषिकेशव भुसाल १८७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धीको रुपमा डा. विजेन्द्र शाहले १२३ मत मात्रै प्राप्त गरे ।
यस्तै सचिव पदका लागि डा. दिपककुमार मण्डल १६५ मतका साथ विजयी भएका छन् । उनलाई डा. विवेक गुप्ताले १२७ मतका साथ पच्छ्याएका थिए ।
कोषाध्यक्ष पदमा भने डा. सिजन कोजु र डा प्रसन्न नेपालको बराबर १५३ भोट आएको थियो । तर गोलाप्रथाबाट डा. सिजन कोजु विजयी भएका हुन् ।
यसैगरी प्रादेशिक उपाध्यक्षहरुमा कोशी प्रदेशमा डा. विजयकुमार सिंह निर्विरोध निर्वाचित भएका छन् । मधेश प्रदेशमा डा. शिवनारायण गुप्ता विजयी भएका छन् । बागमती प्रदेशबाट डा. देवेन्द्रकुमार यादव विजयी भएका छन् । गण्डकी र लुम्बिनी प्रदेशबाट क्रमश डा. नगेन्द्र लामिछाने र डा. कैलाश न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । यसैगरी कर्णाली प्रदेशमा डा. सुदर्शन पोखरेल र सुदूरपश्चिम प्रदेशमा डा. हिमाल भट्ट विजयी भएका छन् ।
यसैगरी महिला सदस्यहरुमाम डा. सदीक्षा पन्त, आदिवासी जनजाती तर्फ डा. प्रशान्त श्रेष्ठ, मधेशीबाट डा. सरोज राय यादव, दलित अपांग र पिछडिएको क्षेत्रबाट डा. नवराज जोशी विजयी भएका छन् ।
खुल्ला सदस्यहरु मध्ये छ जनामा डा. सन्तोष खनाल, डा. राजन ज्ञवाली, डा. योगेश ढकाल, डा. सुजित कर्ण, डा. प्रज्ञा पौडेल र डा. केशव न्यौपाने विजयी भएका छन् ।







