काठमाडौं , २८ जेठ
नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल मजदुर किसान पार्टीका माननीय सांसद प्रेम सुवालको भनाई प्रती गम्भीर ध्यानाकर्षण गरेको छ। यहि जेठ २४ गते गरीमामय संसदमा व्यक्त योग सम्बन्धि अभिव्यक्ती प्रती संघले आपत्ति जनाएको हो।
योग नेपाल लगाएत विश्वमा हजारौ बर्ष देखि प्रचलनमा रहेको र योगको वैज्ञानिकता संयुक्त राष्ट्र संघले समेत पहिचान गरि अन्तराष्ट्रिय योग दिवस पनि मनाउदै आएको सन्दर्भमा योग कुनै व्यक्ति विशेषको नभई स्वास्थ्य रक्षा र उपचारमा आयुर्वेदको अभिन्न अंगको रुपमा सदियौ देखि प्रचलनमा रहेको वैज्ञानिक विधा हो।कसैको निहित स्वार्थमा यस्ता गम्भीर बिषयमा संसद जस्तो गरिमामय स्थानमा अभिव्यक्ति दिन माननीय सांसदलाई सुहाउदो विषय नभएको समेत यस संघको ठहर छ।
त्यसैले उक्त अभिव्यक्ति तुरुन्त फिर्ता लिई संबिधानमै उल्लेख भएको नेपाली जनताले स्वास्थ्य सेवा पाउने अधिकारको संरक्षण गर्न यस संघ जोडदार माग गरेको संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले जानकारी दिनुभयो।