काठमाडौं चैत, २२
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको हिजो भएको निर्णय अनुसार निजि तथा सरकारी अस्पतालहरुबाट प्रदान गरिने कोभिड -१९ उपचार लगाएत अन्य स्वास्थ्य सेवा संचालनमा बाधा पुर्याउने चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको विवरण संकलन गरि निजहरुको पेशागत लाइसेन्स खारेज सम्बन्धमा आयुर्वेद चिकित्सक संघको आपत्ति भएको छ। सम्वन्धित परिषदमा सिफारिस गर्ने गरि सम्वन्धित परिषदहरुलाई पत्राचार गरिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघको गम्भिर ध्यानाकर्षण गराएको छ ।
बिरामीको संपर्कमा आउने चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मीले बिरामीको नजिक जानु अघि पुर्ण रुपमा PPE (personal protective equipment) प्रयोग गर्नु पर्ने हुन्छ। ती सामग्रीहरुलाई सम्पूर्ण स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने दायित्व निर्वाह नगरी उल्टै चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने गरि पत्राचार गर्नु आपत्तिजनक रहेको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले बताए ।
यस्तो विवादास्पद निर्णय अविलम्व सच्च्याउन तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च गराउन तर्फ लाग्न यस संघ जोडदार माग गरेको बताए।
यस्ता निर्णयहरुबाट विचलित नभई सुरक्षा सामग्रीको उपलव्धता सहित निरन्तर रुपमा महामारी नियन्त्रण तथा नेपाली जनताको स्वास्थ्य रक्षामा लाग्नु हुन सम्पूर्ण सरकारी तथा निजि आयुर्वेद स्वास्थ्य सेवा प्रदायक सस्थाहरुलाई हार्दिक आव्हान गरेको डा.ज्ञवालीले जानकारी दिनुभयो।