
काठमाडौं, २८ मंसिर २०८२
नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा पुनः रामजी घिमिरे चयन भएका छन् ।
काभ्रेको पाँचखालमा मङ्सिर २६ र २७ गते भएको आठौँ अधिवेशनले घिमिरेलाई पुनः सर्वसम्मत अध्यक्ष बनाएको हो ।
अधिवेशनको प्रमुख अथितिमा नेपाली काङ्ग्रेस स्थानीय तह समान्री विभाग प्रमुख मधु अचार्य, विशिष्ट अथितीमा अब्दुल सतार र डा. चन्द्र मोहन यादव रहेका थिए।
घिमिरे सातौँ महाधिवेशनबाट पनि अध्यक्ष भएका थिए । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामचन्द्र शाह र साहिली गिरीलाई चयन गरेको छ । उपाध्यक्षमा डा. ऋषिकेश भुसाल, रामबहादुर मल्ल र यमबहादुर खड्कालाई चयन गरेको छ ।
त्यस्तैगरी महासचिवमा मिनराज पन्थी, उपमहासचिवमा शोभा उप्रेती खरेल र इन्द्रजित यादव, कोषाध्यक्षमा महेन्द्र थापा तथा सह-कोषाध्यक्षमा राधिका भुर्तेललाई चयन गरेको नवनिर्वाचित महासचिव पन्थीले जानकारी दिनु भयो।




