आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

Nam Raj Bhatta by Nam Raj Bhatta
December 16, 2025
in News
A A
0
Share on FacebookShare on TwitterShare on LinkedInQR Code
dhangadhisubmetro7635913520221962735

कैलाली, ०१ पुस २०८२

कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे विशेषज्ञसहितको निःशुल्क स्वास्थ्यबाट एक लाख भन्दा बढीले सेवा लिएका छन ।

नगरवासीले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् र सबैलाई सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सेवा सुरु गरेको थियो । 

उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा विपन्न नागरिकका लागि कार्यान्वयनमा ल्याएको सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । उपमहानगरपालिकाले वि.स.  २०७९ सालदेखि हालसम्म एक लाख ३३ हजार बिरामीले स्वास्थ्य सेवा लिएका विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकका संयोजक डा. कृष्ण बोहोराले जानकारी दिनुभयो । 

डा. बोहोराका अनुसार सो अवधिमा ७८ हजार ७३६ जनाले जनरल फिजिसियनबाट, २६ हजार २४२ महिलाले स्त्री तथा प्रसूतिरोग विशेषज्ञबाट र ४० हजार ३४८ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । सो अवधिमा सेवा लिनेमध्ये २४ हजार ४२६ जना ७० वर्षमाथिका ज्येष्ठ नागरिक रहेको डा. बोहोराले जानकारी दिनुभयो ।

उनले भिडियो एक्सरे, इसिजी, गर्भवती सेवा, ल्याब सेवा, सुगर तथा अन्य सेवा पनि वडामा नै दिने गरेको बताउनुभयो । 

आर्थिक अभावका कारण उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकको घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले १९ वटै वडामा प्रत्येक महिना निःशुल्क वडा क्लिनिक सुरु गरिएको उपमहानगरपालिकाकि उपप्रमुख कन्दकला रानाले बताउनुभयो । 

२०७९ साउन १ देखि गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्वास्थ्य परीक्षण गर्न सहज हुनुका साथै उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको स्थानीय सेवाग्राही जयन्तीकुमारी चन्दले बताउनुभयो । उपमहानगरका अनुसार ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ साझेदारी योजनाका रूपमा सञ्चालनमा ल्याइएको हो । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २५ लाख बराबरको स्वास्थ्य जाँचका मेसिनरीको सहयोग उपलब्ध गराएको थियोे।  साथै गेटा आँखा अस्पताल र धनगढी नेत्रालयले आँखारोगसम्बन्धी उपचारमा सहयोग गर्दै आएका छन् ।

यस्तैगरि प्रयोगशाला, अल्ट्रासाउन्ड, इसिजीलगायतका सेवा पनि वडा स्वास्थ्य क्लिनिकले प्रदान गर्दै आएको र नसर्ने रोगका बिरामीको सङ्ख्या धेरै आउने गरेको फिजिसियन डा. बिकास रिजालले बताउनु भयो।

डा. रिजालका अनुसार उपमहानगरको वडा नम्बर १९ बाट सुरु गरिएकोडा स्वास्थ्य क्लिनिक प्रत्येक वडामा महिनाको एक दिन सञ्चालन भइरहेको छ । वडा स्वास्थ्य सेवा सुरु भएपछि आर्थिक रूपमा विपन्न नागरिक, वृद्धवृद्धा, सुत्केरी र अशक्त बढी लाभान्वित भएका छन्।

Tags: #KailaliDhangadhi municipality
Nisarga hospital Dhangadhi
Previous Post

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

Next Post

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

13 hours ago
784
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

18 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

19 hours ago
790
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

23 hours ago
911
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

2 days ago
797
News

नेपाल चिकित्सक संघलाई पहिलोपटक ‘युरोप नेपाल हेल्थ अवार्ड–२०२५’ प्रदान

2 days ago
793
Next Post

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

     

    Loading Comments...