Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हाइवे स्वास्थ्य ,नेपाल समाजको सभ्यता र बिकास

HNN Staff by HNN Staff
March 12, 2020
in News
Reading Time: 1 min read
A A
1
received 189749389038902
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

रमेश भट्ट,
माघको पहिलो साता बिहेको निम्तो मान्न मैले बुटवल जाने निधो गरें । शुक्रबारको दिन, झमझम झरी परिरहेको थियो, गाडीको लामो यात्रा गर्न खासै मन चाहिँ थिएन । तर, बिहेमा सहभागी हुँदाको रमाइलो सम्झेरै भए पनि गोंगबु बसपार्कबाट माइक्रोबसमा बुटवलसम्मको यात्रा तय गरे । पानी परेकोले बाटोको धुलो, धुवाँको असर खासै नपर्ने भो भनेर मनमनै खुसी पनि थिएँ ।
माइक्रोबस गंगबु बसपार्क, कलंकी, नागढुंगा हुँदै अगाडि बढ्यो । गाडीमा आफूले चिनेको कोही नहुँदा, बजेको गीत सुन्दै बाहिरको प्राकृतिक सौन्दर्यमा रमाउने प्रयास गर्दै थिएँ ।
गाडीको दगुराइसँगै मन पनि खिन्न हुँदै थियो । सडकका छेउमा, नालीमा यत्रतत्र छरिएका राता, हरिया, नीला, पहेँला प्लास्टिक, ब्यापरहरू, पानी तथा अन्य पेयपदार्थका रित्ता बोतल, गुट्खाका प्याकेट आदि आदि । यस्ता थुपै्र छरिएका नकुहिने फोहोरहरूले हाइवेका वातावरण साथसाथै त्यसको सौन्दर्यमा नकारात्मक प्रभाव पारेको देखियो । विशेषगरी हाइवेमा यात्रुका लागि बेच्न राखिने जंकफुडहरू– चाउचाउ, कुरकुरे, चिजवल, लेज, बिस्कुट, फ्रुटी, कोक, फेन्टा इत्यादि) जो आफैंमा अस्वस्थ खाना हुनुको साथै यसले यात्रुको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्दछ । साथै त्यस्ता खानेकुरा प्याकिङ गरेका खोलहरू तथा बोतल-क्यानहरूको जथाभावी बिसर्जनले वातावरणमा पनि त्यत्तिकै नराम्रो असर पारेको थियो ।
लगभग आठ घण्टा लामो यात्रामा यस्ता छरिएका फोहोरहरू निरन्तर काठमाडौंदेखि बुटवलसम्मको बाटोभरि नै देखिए । यसमा अझ दुःखलाग्दो तथा संवेदनशील कुरा के भने, बाटोमा पर्ने राष्ट्रिय निकुञ्ज भित्र पनि यस्ता किसिमका फोहोरहरू प्रशस्त मात्रामा देखिए, जुन त्यहाँ बस्ने निर्दोष वन्यजन्तु तथा चराचुरुंगीहरूको लागि पनि निकै घातक हुन सक्छ । त्यसकारण अब पनि यस्ता फोहोरहरूको उचित व्यवस्थापन गर्ने प्रयास नगरे आउँदा दिनमा हाइवेको यात्रा झन् कति उदेकलाग्दो होला ।
यात्राकै क्रममा, दिसापिसाब गर्न अनि चिया खाजा खान एउटा हाइवे होटल अगाडि गाडी रोकियो । शौचालयमा न त पानीको राम्रो व्यवस्था, त हातधुने साबुन, भित्र पस्दा पिसाब र चुरोटको पिरो गन्धले शौच गर्न पनि निकै सास्ती भयो । यस्ता शौचालयमा अझ महिला यात्रुहरूले शौच गर्दा त झन् पिसाबनली लगायत अन्य संक्रमण हुने सम्भावना एकदमै बढी हुन्छ ।
अब केही खाजा खानुपर्यो भनेर होटेलमा राखिएका खानेकुरा सरसर्ती हेरें, खासै चित्तबुझ्दो केही लागेन । मन नलागी नलागी भए पनि भोक मार्न आलुचना दिनुस् भनें । हेर्दै चित्त बुझेको थिएन झन् खाँदा त कसरी बुझोस् । बासी, अप्राकृतिक मसला, अति चिल्लो भएका कारण प्लेटको पूरै खाने आँट गरिनँ । त्यसमा अर्को पीडा, त्यस खानाबापतको मूल्य झन्डै मैले अफिसको क्यान्टिनमा खाने मूल्यभन्दा चार गुणा बढी तिर्नुपर्ने भयो ।
यसरी हाइवेमा राम्ररी नछोपिकन, बासी–साजी मिसाएर, विभिन्न रङका मसलाहरू, अत्यधिक तेल, बोसो राखेर बनाएका खानाहरूले यात्रुको स्वास्थ्यमा क्षणिकका साथै दीर्घकालीन रूपमा नकारात्मक असर पुर्याउछ । त्यस प्रकारका खानाबापत तिरिने अव्यावहारिक मूल्यले पनि यात्रुलाई असन्तुष्टि तथा मानसिक तनाव हुन्छ ।
हाइवेको विकास हाम्रो समाजको सभ्यता र विकाससँगै नजिकबाट जोडिएको छ । आज नेपालका पूर्वदेखि सुदूरपश्चिमका मानिसहरू सजिलैसँग अध्ययन, रोजगारी, उपचार, भ्रमण गर्न एक ठाउँबाट अर्को ठाउँमा आवत्जावत गर्न सकेका छन् । यो सहजता केवल चौडा कालोपत्रे सडक र तिनमा गुड्ने सवारीसाधनले मात्र पूरा गर्न सक्दैन । यात्रुको आवत्जावतलाई पूर्ण सहज बनाउन हाइवेको वातावरण, सरसफाइ, उपयुक्त फोहोर व्यवस्थापन, साबुनपानीसहितका सफा शौचालय, ठाउँठाउँमा पिउने पानीको व्यवस्था, स्वास्थ्य अनि उपयुक्त मूल्यमा खानपिन तथा बास प्रदान गर्ने होटल साथै कुनै दुर्घटना भइहाले सुपथ मूल्यमा उपचार दिन सक्ने दक्ष स्वास्थ्यकर्मीसहितका स्वास्थ्यसंस्था वा अस्पतालको पनि त्यतिकै महत्वपूर्ण भूमिका छ ।
हालैमात्र नेपाल सरकारले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई नेपाल भित्र्याएर पर्यटन विकास गर्न अगाडि सारेको “नेपाल भ्रमण वर्ष २०२०” अभियानलाई सफल बनाउन पनि हाइवेमा यात्रा गर्दा सहज वातावरण बनाउनुपर्ने र यात्रुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने कुरामा सरकार तथा स्थानीय निकायको ध्यान जानुपर्ने आवश्यक छ । नत्र, आफ्नै कामको सिलसिलामा यात्रा गर्ने आन्तरिक यात्रुलाई यात्रा गर्न त सकस हुने हाइवेमा, बाह्य पर्यटकलाई कसरी आकर्षण गर्न सकिएला ?
(भट्ट, यती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रिन्सिपल हुन् ।)

SummarizeShare234ScanTweet147

Related articles

Bharatpur hospital

स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी

by Nam Raj Bhatta
August 8, 2026
0

चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना...

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,

by Nam Raj Bhatta
August 8, 2026
0

फ्रन्टलाइन हस्पिटलले पहिलोपटक आधुनिक मुटु उपचार सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी प्रविधिबाट ओपन हार्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्ट...

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by Nam Raj Bhatta
August 7, 2026
0

हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई एक लाख बराबरको उपचार निशुल्क हुने सम्झौता भएको छ। अस्पतालले गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण...

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

by Nam Raj Bhatta
August 6, 2026
0

नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। बुधबार नवनियुक्त अध्यक्ष आलमले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    838 shares
    Share 335 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    681 shares
    Share 293 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य बिमाबाट भरतपुर अस्पतालले पायो एक वर्षमा रु अ१ अर्ब भन्दा बढी
  • फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया,
  • ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
  • नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
  • हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.