जुम्ला, २६ जेठ २०८२
डा. डबल बहादुर धामी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS) का कार्यवाहक उपकुलपति तथा रेक्टर जस्तो उच्च पदमा पुगेर पनि आफूलाई सधैं ‘भूइमान्छे’ ठान्ने व्यक्तित्व हुनुहुन्छ।
डा. धामीको सरलता, सहज पहुँच र समावेशी व्यवहारले उहाँलाई प्रतिष्ठानभित्र मात्र होइन, कर्णालीभर लोकप्रिय बनाइ रहेको छ । कर्मचारी, विद्यार्थी, बिरामी वा ग्रामीण जनता देखि राजनितिज्ञ सबैसँग उहाँको व्यवहार बराबरी र सम्मानयुक्त छ। सबैको कुरा सुन्ने, समस्याको तत्काल समाधान खोज्ने र टिमवर्कमा विश्वास गर्ने उहाँको शैलीले नेतृत्वमा सुशासनको बलियो अभ्यास देखाएको छ।
डा. धामीको नेतृत्वमा प्रतिष्ठानमा नीति निर्माणदेखि कार्यान्वयनसम्म पारदर्शिता र जवाफदेहिता कायम राखिएको छ। वित्तीय व्यवस्थापनमा पारदर्शिता, कर्मचारी र विद्यार्थीका लागि स्पष्ट मापदण्ड, अनि जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने नीति उहाँको सुशासनको प्रमुख आधार मान्दै अघि बढी रहनु भएको छ।
डा. धामी स्वास्थ्यकर्मी तथा चिकित्सकको क्षमता अभिवृद्धि, ग्रामीण स्वास्थ्य सेवा विस्तार, नयाँ तालिम र कार्यक्रम सुरु गर्ने, अनुसन्धान प्रवर्द्धन गर्ने, र प्रतिष्ठानलाई अन्तर्राष्ट्रियस्तरको साझेदारीमा लैजाने काममा अग्रसर हुनुहुन्छ। दुर्गम जिल्लाका बिभिन्न ठाउँमा स्वास्थ्य शिविर, टेलिमेडिसिन सेवा र ग्रामीण स्वास्थ्य सेवा विस्तार भइरहेका छन् ।
डा. धामी बझाङ जिल्लाको दुर्गम गाउँ थलारामा जन्मिनुभएको हो । डा. धामी भन्नु हुन्छ; “मेरो जिन्दगी डोजर जस्तै रह्योI जसरी डोजरले बाटो बनाउदै अगाडी बढ्छ त्यसै गरी सघर्ष गर्दै अगाडी बढी रहेको छुI
डा. धामी न केवल कुशल व्यवस्थापक र चिकित्सकका साथै एक प्रेरणादायी शिक्षक पनि हुनुहुन्छ। मेडिकल शिक्षा, अनुसन्धान पद्धति, फार्माकोलोजी र स्वास्थ्य सेवा व्यवस्थापनमा उहाँको ज्ञान र अनुभव अतुलनीय छ। विद्यार्थीहरूसँग उहाँको पहुँच सजिलो छ, र उहाँले पढाउने शैलीले विद्यार्थीहरूमा जिज्ञासा, अनुसन्धानी सोच र व्यावहारिक सीप विकास गर्न मद्दत पुर्याएको छ।
डा. डबल बहादुर धामी नेतृत्व, सुशासन, परिवर्तन र समर्पणका पर्याय हुनुहुन्छ। उहाँको जीवन यात्राले देखाउँछ; साँचो नेतृत्व भनेको कुर्सीमा बस्नु होइन, जनताको पीडा बुझ्नु र समाधानमा जुट्नु हो। बझाङदेखि कर्णालीसम्म उहाँको योगदानले स्वास्थ्य र शिक्षाको क्षेत्रमा नयाँ आशा र प्रेरणा दिएको छ। डा. धामी भन्नुहुन्छ : कर्मचारी शिक्षक चिकित्सक र पदाधिकारीको दृढ़ संकल्प र स्थानीयको साथ र सहयोग नै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रगतिको मुल कारण हो। प्रतिष्ठानले कर्णालीको होलिस्टिक बिकासमा टेवा पुर्याइरहेको छ।