Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

समयमै ब्रेस्ट क्यान्सर पत्ता लागेमा ९० प्रतिशत महिलाहरू पूर्ण रूपमा निको हुन्छन्। महिलाहरूले हरेक महिना कम्तीमा एक पटक ब्रेस्ट सेल्फ–एग्जामिनेसन गर्नुपर्छ।

HNN Staff by HNN Staff
November 12, 2025
in Health
Reading Time: 3 mins read
A A
0
Breast Cancer Awareness

#BreastCancerAwareness

588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter
✍️डा. सुजाता पन्त
कन्सल्टेन्ट रेडियोलोजिस्ट
ह्याम्स अस्पताल
महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ।

स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक वर्ष करिब २० लाखभन्दा बढी महिला यस रोगबाट प्रभावित छन्, र नेपालमा पनि यसको प्रकोप तीव्र रूपमा बढ्दो छ।

स्तन क्यान्सर के हो?

क्यान्सर भन्नाले शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ। स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) र दूध बग्ने नली (मामरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ। यदि समयमै नियन्त्रण गर्न नसकिएमा यो रगत वा लिंफाटिक माध्यमबाट शरीरका अन्य भागहरूमा पनि फैलिन सक्छ।

जोखिम कारकहरू

स्तन क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ, तर निम्न कारणहरूले यसको जोखिम बढाउँछ:

  • उमेर (विशेष गरी ४० वर्षभन्दा माथि)
  • वंशानुगत कारण
  • हर्मोनको असन्तुलन
  • सन्तान र स्तनपानसँग सम्बन्धित कारण
  • अस्वस्थ जीवनशैली
  • मोटोपन
  • धूम्रपान र मद्यपान
विशेष ध्यान दिनुहोस्: प्राय गरी ४० वर्षभन्दा बढी उमेरका महिलाहरुमा यो रोग सामान्य देखिए पनि पछिल्ला वर्षहरूमा कम उमेरका महिलामा पनि यसको प्रकोप बढ्दै गएको छ, र यस्तो अवस्थामा रोग बढी ‘एग्रेसिभ’ हुने र उपचार कठिन हुने सम्भावना हुन्छ।

मुख्य लक्षणहरू

  • स्तनमा नयाँ गाँठो महसुस हुनु
  • आकारमा परिवर्तन आउनु
  • छालामा बाक्लोपन वा रातोपन देखिनु
  • निप्पल भित्र पस्नु वा रगत निस्किनु
  • असामान्य दुखाइ र काखेमा गाँठो आउनु

    Mammogram for breast cancer screening
    Mammogram for breast cancer screening

नियमित स्वास्थ्य परीक्षण

स्व-परीक्षण (Self-Examination): महिलाहरूले हरेक महिना कम्तीमा एक पटक ब्रेस्ट सेल्फ–एग्जामिनेसन गर्नुपर्छ।

क्लिनिकल परीक्षण:

  • २५ वर्षभन्दा माथिका महिला: तीन वर्षमा एक पटक
  • ४० वर्षभन्दा माथिका महिला: प्रत्येक वर्ष

निदान परीक्षणहरू

ब्रेस्ट क्यान्सर पत्ता लगाउनका लागि प्रयोग हुने इमेजिङ परीक्षणहरूमा सबैभन्दा संवेदनशील परीक्षण म्यामोग्राफी हो, जसले ब्रेस्टभित्र रहेका गाँठो वा अन्य असामान्य संरचनाहरू पत्ता लगाउन मद्दत गर्छ। त्यस्तै अल्ट्रासाउन्ड र ब्रेस्ट एमआरआई परीक्षणले पनि ब्रेस्टको अवस्था बुझ्न सहयोग पुर्‍याउँछ। आवश्यक परेमा एफएनएसी वा बायोप्सी गरेर क्यान्सर सेल्सको पुष्टि गरिन्छ।

रोकथामका उपायहरू

स्वस्थ जीवनशैली अपनाउनु नै ब्रेस्ट क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय हो:

  • सन्तुलित आहार
  • नियमित व्यायाम
  • स्तनपान
  • धूम्रपान–मद्यपानबाट टाढा रहनु
“समयमै ब्रेस्ट क्यान्सर पत्ता लागेमा ९० प्रतिशत महिलाहरू पूर्ण रूपमा निको हुन्छन्।”

प्रारम्भिक उपचारका फाइदाहरू:

  • स्तन जोगाउन पनि सकिन्छ
  • उपचार सस्तो र प्रभावकारी हुन्छ
  • बिरामी तथा परिवार दुवैलाई आर्थिक र मानसिक रूपमा सहज हुन्छ
“अर्ली डिटेक्सन सेभ्स लाइफ — समयमै रोग पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने रोग हो।”

http://4.188.83.218/static/3592.jpgdisease/introduction-cancer-dr-ujjwal-chalise/

Tags: Breast cancerBreast feeding
SummarizeShare235ScanTweet147

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

by Nam Raj Bhatta
November 27, 2024
0

काठमाडौं, १२ मंसिर २०८१ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साझेदारी प्रवर्द्धन, ज्ञान आदानप्रदान र स्वास्थ्य क्षेत्रमा भएका चुनौती सामना गर्न विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने कारणले आउँदो पौष ११ र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.