स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक वर्ष करिब २० लाखभन्दा बढी महिला यस रोगबाट प्रभावित छन्, र नेपालमा पनि यसको प्रकोप तीव्र रूपमा बढ्दो छ।
स्तन क्यान्सर के हो?
क्यान्सर भन्नाले शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने अवस्थालाई जनाउँछ। स्तनमा रहेका दूध बनाउने कोष (लोब्युल्स) र दूध बग्ने नली (मामरी डक्ट्स) अनियन्त्रित रूपमा बढ्न थाले स्तन क्यान्सरको सुरुवात हुन्छ। यदि समयमै नियन्त्रण गर्न नसकिएमा यो रगत वा लिंफाटिक माध्यमबाट शरीरका अन्य भागहरूमा पनि फैलिन सक्छ।
जोखिम कारकहरू
स्तन क्यान्सर जोसुकै महिलालाई पनि हुन सक्छ, तर निम्न कारणहरूले यसको जोखिम बढाउँछ:
- उमेर (विशेष गरी ४० वर्षभन्दा माथि)
- वंशानुगत कारण
- हर्मोनको असन्तुलन
- सन्तान र स्तनपानसँग सम्बन्धित कारण
- अस्वस्थ जीवनशैली
- मोटोपन
- धूम्रपान र मद्यपान
मुख्य लक्षणहरू
नियमित स्वास्थ्य परीक्षण
स्व-परीक्षण (Self-Examination): महिलाहरूले हरेक महिना कम्तीमा एक पटक ब्रेस्ट सेल्फ–एग्जामिनेसन गर्नुपर्छ।
क्लिनिकल परीक्षण:
- २५ वर्षभन्दा माथिका महिला: तीन वर्षमा एक पटक
- ४० वर्षभन्दा माथिका महिला: प्रत्येक वर्ष
निदान परीक्षणहरू
ब्रेस्ट क्यान्सर पत्ता लगाउनका लागि प्रयोग हुने इमेजिङ परीक्षणहरूमा सबैभन्दा संवेदनशील परीक्षण म्यामोग्राफी हो, जसले ब्रेस्टभित्र रहेका गाँठो वा अन्य असामान्य संरचनाहरू पत्ता लगाउन मद्दत गर्छ। त्यस्तै अल्ट्रासाउन्ड र ब्रेस्ट एमआरआई परीक्षणले पनि ब्रेस्टको अवस्था बुझ्न सहयोग पुर्याउँछ। आवश्यक परेमा एफएनएसी वा बायोप्सी गरेर क्यान्सर सेल्सको पुष्टि गरिन्छ।
रोकथामका उपायहरू
स्वस्थ जीवनशैली अपनाउनु नै ब्रेस्ट क्यान्सरबाट बच्ने सबैभन्दा राम्रो उपाय हो:
- सन्तुलित आहार
- नियमित व्यायाम
- स्तनपान
- धूम्रपान–मद्यपानबाट टाढा रहनु
प्रारम्भिक उपचारका फाइदाहरू:
- स्तन जोगाउन पनि सकिन्छ
- उपचार सस्तो र प्रभावकारी हुन्छ
- बिरामी तथा परिवार दुवैलाई आर्थिक र मानसिक रूपमा सहज हुन्छ












