आज मिति : २०८२ बैशाख २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

गुणकारी कटट्याङ्ग्रो

HNN Staff by HNN Staff
June 28, 2020
in Health
A A
0
गुणकारी  कटट्याङ्ग्रो
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️  अस्मिता भुषाल

 

एउटा मिनरल वाटरको बोतलमा हल्का पहेँलो पहेँलो पातलो रस। के हो भनी सोध्दा बाबाले सानी मलाई औषधी हो भनेर जवाफ दिनु भो। पछि थाहा भयो, बाबालाई जन्डिस भएको रहेछ र त्यो रस हाम्रो गाउँघरको भाषामा “कटट्याङ्ग्रो”को रस रहेछ र जन्डिस लागेको बेला यो फलको र विशेषगरी फलको रसको बढी महत्व हुने रहेछ। मैले यो फल मेरो जिल्लाबाहिरका साथीहरूसँग हिँड्दा पनि धेरै देखेँ, तर कसैले यसको नाम थाहा छ? भन्दा मैले स्थानीय नाम भन्न हिच्किचाउथेँ, कारण- मलाई त्यो नाम राम्ररी भन्न नआएर। खोजौँला भनेको नाम अहिले लकडाउनले बल्ल सम्झायो, यसलाई तारा फल भनिँदो रहेछ, अङ्ग्रेजिमा star fruit। आफ्नै गाउँघरमा प्रशस्तै फलेको फलको बारेमा मलाईजस्तै अरूलाई पनि थाहा छैन कि भन्ने लाग्यो र यसको बारेमा लेख्ने जोस चढिहाल्यो।

तारा फल (Star Fruit ) लाई संसार भरि चिनाउन सकिने ( वैज्ञानिक नाम) चाहिँ Averrhoa carambola रहेछ र यो ओग्जालिडेशी (oxalidaceae) परिवारअन्तर्गत पर्ने रहेछ। यसको नेपाली नाम स्थान र समुदाय अनुसार फरकफरक हुन सक्छ, तर सामान्यतया यसलाई तारा फल, कन्तरा, आदि नाम दिइएको मैले भेटेँ। यसलाई तारा फल (star fruit) नाम दिनुको पछाडि यो फल काटेपछि तारा जस्तो आकार देखिनु रहेछ। विदेशतिर यो फलको चर्चा बढ्दो क्रममा रहेछ अझ विशेषगरी खाडी मुलुकतिर यो फल बढि लोकप्रिय रहेको भेटियो र भारतमै पनि लखनाउ लगायतका ठाउँहरुमा गर्मीयाममा यसको व्यवसायिक रुपमै उत्पादन हुँदै आएको रहेछ।

# कस्तो ठाउँमा खेती गर्न सकिन्छ त यो फल ?

यो फलको खेती समुद्रि सतहदेखि ४००० मिटरसम्मको उचाइमा गर्न सकिन्छ र नेपालमा चितवन, नवलपरासी, नुवाकोट, मकवानपुर, कञ्चनपुर र तराईका लगभग सबैजसो जिल्लाहरूमा वा गर्मी स्थानमा सफलतापूर्वक खेती गर्न सकिन्छ। फूल फुल्नकालागि यस फललाई कम्तिमा पनि ६०° फरेनहाईट तापक्रम आवश्यक पर्ने भएकाले जाडो स्थानमा यसको फल लाग्न समस्या हुन सक्छ। रोपेको छोटो समयमा (५वर्षमा) फल दिने र स्वपरागसेचन हुने यो फल सदाबहार बनस्पति हो जसलाई अन्य फलफूलजस्तो धेरै स्याहारसुसार चाहिँदैन र भौगोलिक विविधता भएको फराकिलो स्थानमा खेती गर्न सकिन्छ। माटोको पि.एच. (pH) मान ५.५-६.५ भएको, प्राङ्गारिक पदार्थ प्रशस्त र पानी निकासीको राम्रो प्रबन्ध भएको जग्गा यस फलको खेतीकालागि अनुकूल रहन्छ।

# कसरी-कसरी प्रयोग गर्न सकिन्छ त !:

यो फललाई धेरै तरिकाबाट उपभोग गर्न सकिन्छ ; टिपेपछी तेर्सोगरि काटेर सलाद वा स्वादअनुसारको नुन, खुर्सानी, मसला राखी सिधै यसको स्वाद लिन सकिन्छ। अथवा यसलाई जुस बनाएर खान वा केहि दिनका लागि भण्डारण गरेर राख्न पनि सकिन्छ । यसलाई तरकारी, चट्नि, अचार, आयुर्वेदिक औषधी लगायत विभिन्न खानेकुराका साथै कस्मेटिक सामान तयार गर्न पनि प्रयोग गर्न सकिन्छ। यो फल पहेँलो (पाकेको) वा हरियो रङ्गको हुन्छ भने स्वाद पनि अमिलो (काँचो) र पाकिसकेपछीको ठूलो पहेँलो फल गुलियो र रसिलो हुने गर्दछ।

#स्वास्थ्यवर्द्धक फाईदाहरू:

– star fruit मा अत्यन्तै कम क्यालोरी र सुगर (३.७२ग्राम) पाइने हुँदा सुगरका बिरामीका लागि पनि यो फल सुरक्षित साबित भएको छ।

– यो फल विभिन्न पौष्टिक तत्व, विशेषगरी रेसा (२.८ ग्राम रेसा प्रति १०० ग्राम ताराफलमा, जबकि कागतीमा मात्र २.३ ग्राम रेसा पाईन्छ) र भिटामिन “सि” (५७%) को उत्कृष्ट स्रोत हो जसका कारण यसले पाचन प्रकृया नियमित गराउन रोग प्रतिरोधात्मक शक्ति बढाउन पनि धेरै सहयोग गर्दछ। यसमा पाइने भिटामिन “सि”ले गर्दा रुघा खोकी लागेका बेला तारा फल तपाईंको गज्जबको औषधी पनि बन्न सक्छ। भिटामिन “सि”ले कोलाजिन (collagen) बन्नमा पनि मद्दत गर्ने भएकाले यो फलको छाला, कपाल र नङलाई स्वस्थ र बलियो राख्न पनि भूमिका रहन्छ।

– यसमा पाइने पाच्य रेसाहरुले कम घनत्वका कोलेष्टेरोल (cholesterol) सोस्न नदिई दीर्घ मुटुरोगको जोखिम समेत घटाउन सक्छ।

– विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार रक्तअल्पता(anaemia) केटाकेटी र गर्भवती महिलामा बढी लाग्ने गर्दछ, जसमध्ये पनि सामान्यतया फलामको (iron) को कमीले हुने रक्तअल्पता बढी देखिन्छ । तारा फलमा फलामको मात्रा कम (०.०८ मि.ग्रा.) हुने भएपनि यसमा पाइने भिटामिन “सि”ले फलाम सोसिने प्रक्रियालाई बढाइदिन्छ र रक्तअल्पता नियन्त्रणमा समेत ठूलो मद्दत पुर्याउँदछ।

– यसमा पाइने विभिन्न बानस्पतिक रसायनहरूले यसमा एन्टिमाइक्रोबियल (antimicrobial), एन्टिब्याक्टेरियल (anti-bacterial) र एन्टिफङ्गल (anti-fungal) विशेषताहरूले भरिपूर्ण पारेका हुन्छन्। काँचो तारा फलमा यो गुण अझ बढी सशक्त हुने मानिन्छ ।

ताराफलको पातको स्वरसमा उत्कट फल (passion fruit) र मेवाको पातको स्वरसमा भन्दा पनि धेरै रोगाणुरोधी (anti-microbial) विशेषता रहेको एक अध्ययन जनाएको छ।

– अनिद्राको समस्या, गोडा सुन्निने (inflammation), पाचन प्रक्रियामा समस्या र मोटोपनजस्ता समस्याहरूको निवारणमा तारा फल अति उपयोगी सिद्ध भइसकेको छ।
– यसमा पाइने ९१.४% पानी (तौलका आधारमा)ले गर्मीयाममा शरीरमा पानीको मात्रा पनि प्रशस्त प्रदान गर्दछ। यसैकारण तारा फललाई जन्डिसको घरेलु औषधीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।

# ताराफल कसले खान हुँदैन? :

मृगौला (kidney) सम्बन्धि समस्या हुने व्यक्तिहरूकालागि ताराफल हानिकारक हुन्छ किनकि मृगौलाले यसमा पाइने केहि यौगिकहरू छान्न सक्दैन। यसमा प्रशस्त अक्जालिक एसिड (oxalic acid) पाइने हुँदा मृगौलाको पत्थरी हुनेहरूले यो फल खानु हुँदैन। अन्य कुनै समस्याको औषधी लिइरहेका व्यक्तिले पनि यो फल खानु अघि डाक्टर वा विज्ञहरूको सल्लाह लिनुपर्दछ।

लेखक : कृषिविज्ञानको बिद्यार्थी  हुन ।

Tags: Asmita bhusal
Nisarga hospital Dhangadhi
Previous Post

बाजुरामा एकैदिन ६३ जनामा कोरोनाको पुष्टि , कुल सन्क्रमितको संख्या १९२ पुग्यो #Covid19

Next Post

Dark urine could indicate a liver problem

Related articles

Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

5 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
969
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

11 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
डा. गोबिन्द केसी धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसे
Health

‘सरकारले तिन साता भित्र माग पुरा नगरे डा. केसीले दिए सत्याग्रह गर्ने चेतावनी’

1 year ago
776
Next Post
news9

Dark urine could indicate a liver problem

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,007)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.