Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गुणकारी कटट्याङ्ग्रो

HNN Staff by HNN Staff
June 28, 2020
in Health
Reading Time: 2 mins read
A A
0
गुणकारी  कटट्याङ्ग्रो
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  अस्मिता भुषाल

 

एउटा मिनरल वाटरको बोतलमा हल्का पहेँलो पहेँलो पातलो रस। के हो भनी सोध्दा बाबाले सानी मलाई औषधी हो भनेर जवाफ दिनु भो। पछि थाहा भयो, बाबालाई जन्डिस भएको रहेछ र त्यो रस हाम्रो गाउँघरको भाषामा “कटट्याङ्ग्रो”को रस रहेछ र जन्डिस लागेको बेला यो फलको र विशेषगरी फलको रसको बढी महत्व हुने रहेछ। मैले यो फल मेरो जिल्लाबाहिरका साथीहरूसँग हिँड्दा पनि धेरै देखेँ, तर कसैले यसको नाम थाहा छ? भन्दा मैले स्थानीय नाम भन्न हिच्किचाउथेँ, कारण- मलाई त्यो नाम राम्ररी भन्न नआएर। खोजौँला भनेको नाम अहिले लकडाउनले बल्ल सम्झायो, यसलाई तारा फल भनिँदो रहेछ, अङ्ग्रेजिमा star fruit। आफ्नै गाउँघरमा प्रशस्तै फलेको फलको बारेमा मलाईजस्तै अरूलाई पनि थाहा छैन कि भन्ने लाग्यो र यसको बारेमा लेख्ने जोस चढिहाल्यो।

तारा फल (Star Fruit ) लाई संसार भरि चिनाउन सकिने ( वैज्ञानिक नाम) चाहिँ Averrhoa carambola रहेछ र यो ओग्जालिडेशी (oxalidaceae) परिवारअन्तर्गत पर्ने रहेछ। यसको नेपाली नाम स्थान र समुदाय अनुसार फरकफरक हुन सक्छ, तर सामान्यतया यसलाई तारा फल, कन्तरा, आदि नाम दिइएको मैले भेटेँ। यसलाई तारा फल (star fruit) नाम दिनुको पछाडि यो फल काटेपछि तारा जस्तो आकार देखिनु रहेछ। विदेशतिर यो फलको चर्चा बढ्दो क्रममा रहेछ अझ विशेषगरी खाडी मुलुकतिर यो फल बढि लोकप्रिय रहेको भेटियो र भारतमै पनि लखनाउ लगायतका ठाउँहरुमा गर्मीयाममा यसको व्यवसायिक रुपमै उत्पादन हुँदै आएको रहेछ।

# कस्तो ठाउँमा खेती गर्न सकिन्छ त यो फल ?

यो फलको खेती समुद्रि सतहदेखि ४००० मिटरसम्मको उचाइमा गर्न सकिन्छ र नेपालमा चितवन, नवलपरासी, नुवाकोट, मकवानपुर, कञ्चनपुर र तराईका लगभग सबैजसो जिल्लाहरूमा वा गर्मी स्थानमा सफलतापूर्वक खेती गर्न सकिन्छ। फूल फुल्नकालागि यस फललाई कम्तिमा पनि ६०° फरेनहाईट तापक्रम आवश्यक पर्ने भएकाले जाडो स्थानमा यसको फल लाग्न समस्या हुन सक्छ। रोपेको छोटो समयमा (५वर्षमा) फल दिने र स्वपरागसेचन हुने यो फल सदाबहार बनस्पति हो जसलाई अन्य फलफूलजस्तो धेरै स्याहारसुसार चाहिँदैन र भौगोलिक विविधता भएको फराकिलो स्थानमा खेती गर्न सकिन्छ। माटोको पि.एच. (pH) मान ५.५-६.५ भएको, प्राङ्गारिक पदार्थ प्रशस्त र पानी निकासीको राम्रो प्रबन्ध भएको जग्गा यस फलको खेतीकालागि अनुकूल रहन्छ।

# कसरी-कसरी प्रयोग गर्न सकिन्छ त !:

यो फललाई धेरै तरिकाबाट उपभोग गर्न सकिन्छ ; टिपेपछी तेर्सोगरि काटेर सलाद वा स्वादअनुसारको नुन, खुर्सानी, मसला राखी सिधै यसको स्वाद लिन सकिन्छ। अथवा यसलाई जुस बनाएर खान वा केहि दिनका लागि भण्डारण गरेर राख्न पनि सकिन्छ । यसलाई तरकारी, चट्नि, अचार, आयुर्वेदिक औषधी लगायत विभिन्न खानेकुराका साथै कस्मेटिक सामान तयार गर्न पनि प्रयोग गर्न सकिन्छ। यो फल पहेँलो (पाकेको) वा हरियो रङ्गको हुन्छ भने स्वाद पनि अमिलो (काँचो) र पाकिसकेपछीको ठूलो पहेँलो फल गुलियो र रसिलो हुने गर्दछ।

#स्वास्थ्यवर्द्धक फाईदाहरू:

– star fruit मा अत्यन्तै कम क्यालोरी र सुगर (३.७२ग्राम) पाइने हुँदा सुगरका बिरामीका लागि पनि यो फल सुरक्षित साबित भएको छ।

– यो फल विभिन्न पौष्टिक तत्व, विशेषगरी रेसा (२.८ ग्राम रेसा प्रति १०० ग्राम ताराफलमा, जबकि कागतीमा मात्र २.३ ग्राम रेसा पाईन्छ) र भिटामिन “सि” (५७%) को उत्कृष्ट स्रोत हो जसका कारण यसले पाचन प्रकृया नियमित गराउन रोग प्रतिरोधात्मक शक्ति बढाउन पनि धेरै सहयोग गर्दछ। यसमा पाइने भिटामिन “सि”ले गर्दा रुघा खोकी लागेका बेला तारा फल तपाईंको गज्जबको औषधी पनि बन्न सक्छ। भिटामिन “सि”ले कोलाजिन (collagen) बन्नमा पनि मद्दत गर्ने भएकाले यो फलको छाला, कपाल र नङलाई स्वस्थ र बलियो राख्न पनि भूमिका रहन्छ।

– यसमा पाइने पाच्य रेसाहरुले कम घनत्वका कोलेष्टेरोल (cholesterol) सोस्न नदिई दीर्घ मुटुरोगको जोखिम समेत घटाउन सक्छ।

– विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार रक्तअल्पता(anaemia) केटाकेटी र गर्भवती महिलामा बढी लाग्ने गर्दछ, जसमध्ये पनि सामान्यतया फलामको (iron) को कमीले हुने रक्तअल्पता बढी देखिन्छ । तारा फलमा फलामको मात्रा कम (०.०८ मि.ग्रा.) हुने भएपनि यसमा पाइने भिटामिन “सि”ले फलाम सोसिने प्रक्रियालाई बढाइदिन्छ र रक्तअल्पता नियन्त्रणमा समेत ठूलो मद्दत पुर्याउँदछ।

– यसमा पाइने विभिन्न बानस्पतिक रसायनहरूले यसमा एन्टिमाइक्रोबियल (antimicrobial), एन्टिब्याक्टेरियल (anti-bacterial) र एन्टिफङ्गल (anti-fungal) विशेषताहरूले भरिपूर्ण पारेका हुन्छन्। काँचो तारा फलमा यो गुण अझ बढी सशक्त हुने मानिन्छ ।

ताराफलको पातको स्वरसमा उत्कट फल (passion fruit) र मेवाको पातको स्वरसमा भन्दा पनि धेरै रोगाणुरोधी (anti-microbial) विशेषता रहेको एक अध्ययन जनाएको छ।

– अनिद्राको समस्या, गोडा सुन्निने (inflammation), पाचन प्रक्रियामा समस्या र मोटोपनजस्ता समस्याहरूको निवारणमा तारा फल अति उपयोगी सिद्ध भइसकेको छ।
– यसमा पाइने ९१.४% पानी (तौलका आधारमा)ले गर्मीयाममा शरीरमा पानीको मात्रा पनि प्रशस्त प्रदान गर्दछ। यसैकारण तारा फललाई जन्डिसको घरेलु औषधीको रूपमा पनि प्रयोग गर्ने गरिन्छ ।

# ताराफल कसले खान हुँदैन? :

मृगौला (kidney) सम्बन्धि समस्या हुने व्यक्तिहरूकालागि ताराफल हानिकारक हुन्छ किनकि मृगौलाले यसमा पाइने केहि यौगिकहरू छान्न सक्दैन। यसमा प्रशस्त अक्जालिक एसिड (oxalic acid) पाइने हुँदा मृगौलाको पत्थरी हुनेहरूले यो फल खानु हुँदैन। अन्य कुनै समस्याको औषधी लिइरहेका व्यक्तिले पनि यो फल खानु अघि डाक्टर वा विज्ञहरूको सल्लाह लिनुपर्दछ।

लेखक : कृषिविज्ञानको बिद्यार्थी  हुन ।

Tags: Asmita bhusal
SummarizeShare234ScanTweet146

Related articles

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Dr Nabin Poudel Medical Officer

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

by HNN Staff
March 23, 2025
0

सरुवा रोग भनेको के हो? सरुवा रोग (Communicable Diseases) भन्नाले यस्ता रोगहरूलाई जनाइन्छ, जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन्। यी रोगहरू हावा, पानी, शारीरिक सम्पर्क, दूषित खाना वा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    633 shares
    Share 253 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा काठमाडौं क्यान्सर सेन्टर ‘सिटी क्लिनिक’ सञ्चालन
  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.