Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बिश्व धूम्रपानरहित दिवसको सन्दर्भमा विभिन्न सरोकारवाला संग वेविनार

HNN Staff by HNN Staff
May 31, 2020
in Disease, News
Reading Time: 1 min read
A A
0
बिश्व धूम्रपानरहित दिवसको सन्दर्भमा विभिन्न सरोकारवाला संग वेविनार
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, १८ जेठ ।

विश्व धूमपानरहित दिवसको अवसरमा बढ्दो क्रममा रहेको कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोगको नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच बृहत अन्तरक्रिया भएको छ । अघिल्ला बर्षहरुमा यो दिवस सभा हलमा सबै सरोकारवाला उपस्थित भएर हुने गर्दथ्यो तर यसपटक कोभिड १९ को महामारी र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनका कारण जुम सफ्टवेर (वेविनार) माध्यमद्धारा सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका मुख्य आयोजक जनामा भएको कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, दि युनियन, एपीक्याट, एपीक्याट पार्लियामेन्ट, एपीक्याट मिडिया ग्लोबल टिवि कोकस लगायतका संस्थाहरुको साझेदारीमा भएको थियो ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री एवं एपीक्याट पार्लियामन्ेटका अध्यक्ष खगराज अधिकारी, प्रदेश नं १ का समाािजक विकास मन्त्री जीवन घिमिरे, कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन, दि युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डिलियर, ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियन, एक्सन नेपालका आनन्द चन्द, स्वास्थ्य पत्रकार मञ्चका महासचिव रामप्रसाद न्यौपाने लगायतले कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोग नियन्त्रणको विषयमा आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका सांसद अधिकारीले धूमपान तथा सूर्तिजन्य पदार्थसंग नसर्ने रोग अन्तरसम्वन्धित रहेको बताए । उनले पछिल्लो समयमा देखा परेको कोभिड १९ को समेत यससंग सम्वन्धीत रहेको भन्दै सरकारले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गरे । उनले बार्षिक २७ हजार बढीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले यो बेला कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सूर्तिजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरुको चर्चा गरे । उनले विद्यालयको शौचालयको अनुगमनबाट आफूले सूर्तिजन्य पदार्थको प्रयोग युवापुस्तामा कुन रुपमा भएको रहेछ भन्ने बुझेर नै कडाईका साथ कानून कार्यान्वनयको प्रयास गरेको बताए । उनले कोभिड १९ को बारेमा प्रदेश सरकारले गरेको कदमबारे समेत जानकारी दिए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललले महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड १९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको बारेमा जानकारी दिइन । महानगर भित्र सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम गर्ने देखि महानगर भर नै सूर्तिजन्य पदार्थ निषेध गर्ने सम्मका योजना र थालिएका प्रयासका बारेमा चर्चा गरिन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सूर्ति नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदमबारे जानकारी दिए । उनले केही कानूनहरु कार्यान्वनयमा आएको र केही आउने क्रममा रहेको समेत बताए । नसर्ने रोग तथा कोभिड १९को नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले गरेका कार्यका बारेमा समेत उनले चर्चा गरे ।
दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयासहरु राम्रा भएपनि धेरै काम गर्न बाँकी रहेको बताए । उनले कानून कार्यान्वनय गर्ने बाटोमा सरकार फितलो भएको, कानून कार्यान्वयन गर्न अघि सर्नुपर्ने सरकार सूर्ति उद्योगीको इशारामा चलेको समेत आरोप लगाए । उनले कोभिड १९को पछिल्लो महामारीमा सरकारले अरु प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्यका कार्यक्रमहरुलाई विर्सेको भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

डव्लुएचओका नेपाल प्रतिनिधि डा. जोशले सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड १९को संक्रमण हुने जोखिम बढी हुनसक्ने भन्दै यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।
क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनले सूर्तिजन्य पदार्थ र क्षयरोगको अन्तरसम्वन्ध प्रस्तुत गर्दै यसको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रले गरेका प्रयास रणनीतिका बारेमा जानकारी दिए ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्च नेपालका महासचिव रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले बनाएको कानून र कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरेका थिए । उनीहरुले सरकारले कानूनको कार्यान्वयन गर्ने विषयमा खुट्टा कमाएको आरोप समेत लगाए ।

ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियनले अन्तराष्ट्रिय अनुभव र गरिएका कामको जानकारी दिदै नेपालले त्यसबाट सिक्न सक्ने बताएका थिए ।
कार्यक्रमको मोडरेटर भने स्वास्थ्य पत्रकार मञ्च नेपालकी अध्यक्ष कल्पना आचार्यले गरेकी थिइन । कार्यक्रममा दुई सय बढीको प्रत्यक्ष सहभागिता थियो ।

Tags: World No Tobacco Day
SummarizeShare234ScanTweet146

Related articles

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी

by Nam Raj Bhatta
August 4, 2026
0

विश्व भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसनले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल गरेको जनाएको छ। भ्रमणका...

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता

by Nam Raj Bhatta
August 4, 2026
0

भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्र अनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य...

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ

by Nam Raj Bhatta
August 3, 2026
0

✍️ डा. दीपक मिश्र नेपालको बालस्वास्थ्य क्षेत्रलाई गुणात्मक रूपमा रूपान्तरण गर्न अब कान्ति बाल अस्पताललाई Institute of Child Health का रूपमा विकास गर्नु अपरिहार्य भइसकेको छ। यो केवल...

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

by Nam Raj Bhatta
August 3, 2026
0

सोपान फर्मास्युटिकल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदमा राजीव कुमार शर्मालाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । साउन...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    837 shares
    Share 335 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    697 shares
    Share 279 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    680 shares
    Share 293 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    641 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    693 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकासले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा
  • नेपाल भेटेरिनरी एसोसिएसन र एसियाली भेटेरिनरी एसोसिएसनबीच ‘वन हेल्थ’ सम्बन्धी ऐतिहासिक समझदारी
  • भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक तथा शैक्षिक सहकार्यको सम्झौता
  • कान्ति बाल अस्पताललाई शीघ्र Institute of Child Health मा रूपान्तरण गरौँ
  • सोपान फर्मास्युटिकल्सको सीइओमा राजीव कुमार शर्मा नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.