आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बिश्व धूम्रपानरहित दिवसको सन्दर्भमा विभिन्न सरोकारवाला संग वेविनार

HNN Staff by HNN Staff
May 31, 2020
in Disease, News
A A
0
बिश्व धूम्रपानरहित दिवसको सन्दर्भमा विभिन्न सरोकारवाला संग वेविनार
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, १८ जेठ ।

विश्व धूमपानरहित दिवसको अवसरमा बढ्दो क्रममा रहेको कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोगको नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारलाई कसरी जवाफदेही र उत्तरदायी बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच बृहत अन्तरक्रिया भएको छ । अघिल्ला बर्षहरुमा यो दिवस सभा हलमा सबै सरोकारवाला उपस्थित भएर हुने गर्दथ्यो तर यसपटक कोभिड १९ को महामारी र त्यसलाई रोक्न सरकारले गरेको लकडाउनका कारण जुम सफ्टवेर (वेविनार) माध्यमद्धारा सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका मुख्य आयोजक जनामा भएको कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपाल, एक्सन नेपाल, दि युनियन, एपीक्याट, एपीक्याट पार्लियामेन्ट, एपीक्याट मिडिया ग्लोबल टिवि कोकस लगायतका संस्थाहरुको साझेदारीमा भएको थियो ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री एवं एपीक्याट पार्लियामन्ेटका अध्यक्ष खगराज अधिकारी, प्रदेश नं १ का समाािजक विकास मन्त्री जीवन घिमिरे, कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचन, दि युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बम, विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डिलियर, ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियन, एक्सन नेपालका आनन्द चन्द, स्वास्थ्य पत्रकार मञ्चका महासचिव रामप्रसाद न्यौपाने लगायतले कोभिड १९, नसर्ने रोग र धूमपान तथा क्षयरोग नियन्त्रणको विषयमा आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहिसकेका सांसद अधिकारीले धूमपान तथा सूर्तिजन्य पदार्थसंग नसर्ने रोग अन्तरसम्वन्धित रहेको बताए । उनले पछिल्लो समयमा देखा परेको कोभिड १९ को समेत यससंग सम्वन्धीत रहेको भन्दै सरकारले नियन्त्रणका लागि विशेष ध्यान दिन आग्रह गरे । उनले बार्षिक २७ हजार बढीको ज्यान लैजाने सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले यो बेला कानूनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो प्रदेशले सूर्तिजन्य पदार्थ नियन्त्रणमा गरेका प्रयासहरुको चर्चा गरे । उनले विद्यालयको शौचालयको अनुगमनबाट आफूले सूर्तिजन्य पदार्थको प्रयोग युवापुस्तामा कुन रुपमा भएको रहेछ भन्ने बुझेर नै कडाईका साथ कानून कार्यान्वनयको प्रयास गरेको बताए । उनले कोभिड १९ को बारेमा प्रदेश सरकारले गरेको कदमबारे समेत जानकारी दिए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाललले महानगरले सूर्तिजन्य पदार्थ नियन्त्रण र पछिल्लो समय कोभिड १९ को उपचार रोकथाम र परीक्षणका लागि गरेका कार्यहरुको बारेमा जानकारी दिइन । महानगर भित्र सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम गर्ने देखि महानगर भर नै सूर्तिजन्य पदार्थ निषेध गर्ने सम्मका योजना र थालिएका प्रयासका बारेमा चर्चा गरिन ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सूर्ति नियन्त्रणका लागि सरकारले गरेको प्रयास र चालेका कदमबारे जानकारी दिए । उनले केही कानूनहरु कार्यान्वनयमा आएको र केही आउने क्रममा रहेको समेत बताए । नसर्ने रोग तथा कोभिड १९को नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागले गरेका कार्यका बारेमा समेत उनले चर्चा गरे ।
दि युनियन एसिया प्यासेफिक क्षेत्रका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा चालेका केही प्रयासहरु राम्रा भएपनि धेरै काम गर्न बाँकी रहेको बताए । उनले कानून कार्यान्वनय गर्ने बाटोमा सरकार फितलो भएको, कानून कार्यान्वयन गर्न अघि सर्नुपर्ने सरकार सूर्ति उद्योगीको इशारामा चलेको समेत आरोप लगाए । उनले कोभिड १९को पछिल्लो महामारीमा सरकारले अरु प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्यका कार्यक्रमहरुलाई विर्सेको भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

डव्लुएचओका नेपाल प्रतिनिधि डा. जोशले सूर्तिजन्य पदार्थको प्रयोगकर्तामा कोभिड १९को संक्रमण हुने जोखिम बढी हुनसक्ने भन्दै यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने बताए ।
क्षयरोग केन्द्रका निर्देशक डा अनुज भट्टचनले सूर्तिजन्य पदार्थ र क्षयरोगको अन्तरसम्वन्ध प्रस्तुत गर्दै यसको प्रयोगलाई नियन्त्रण गर्न केन्द्रले गरेका प्रयास रणनीतिका बारेमा जानकारी दिए ।
कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द र स्वास्थ्य पत्रकार मञ्च नेपालका महासचिव रामप्रसाद न्यौपानेले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्न सरकारले बनाएको कानून र कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरेका थिए । उनीहरुले सरकारले कानूनको कार्यान्वयन गर्ने विषयमा खुट्टा कमाएको आरोप समेत लगाए ।

ग्लोबल टिवी ककसका तुसार नायर, द युनियनको क्षयरोग विभाग प्रमुख डा ग्रानिया ब्रिगेडियनले अन्तराष्ट्रिय अनुभव र गरिएका कामको जानकारी दिदै नेपालले त्यसबाट सिक्न सक्ने बताएका थिए ।
कार्यक्रमको मोडरेटर भने स्वास्थ्य पत्रकार मञ्च नेपालकी अध्यक्ष कल्पना आचार्यले गरेकी थिइन । कार्यक्रममा दुई सय बढीको प्रत्यक्ष सहभागिता थियो ।

Tags: World No Tobacco Day
Nisarga hospital Dhangadhi
Previous Post

पछिल्लो २४ घण्टामा: दुईको मृत्यु, १६६ जना कोरोना संक्रमीत #Covid19

Next Post

डडेल्धुराका एक युवकले १० दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज #Covid19

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

19 hours ago
942
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

2 days ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

3 days ago
855
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

3 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 days ago
801
Next Post
अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

डडेल्धुराका एक युवकले १० दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.