आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

क्यान्सर के हो र यो रोग बाट मानिसहरू किन डराउछ्न त? डा. चालिसे

HNN Staff by HNN Staff
March 8, 2020
in Disease, Health
A A
0
Dr Ujjwal Chalise
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा .उज्ज्वल चालिसे, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल

१) क्यान्सर कस्तो रोगलाई भन्छ्न?
क्यान्सर रोग एक जटिल रोगहरुको समुह हो।  क्यान्सर एक समस्यागत रोग हो ।जुन हाम्रो शरीरमा भएका तन्तुहरुमा बड्दै जाने र अनियन्त्रित भएर शरीरको अन्य भागमा फैलिने रोग हो ।यसलाई नेपालीमा अर्बुद रोग पनि भनिन्छ ।
अहिलेको अवस्थामा मेडिकल सेवाले धेरै बिकास गरेको छ।त्यसकारण धेरै क्यान्सरहरु  निर्मूल पार्न सकिन्छ भने अर्कोतिर मेडिकल साईन्सले बिश्वमा नै यसलाई जटिल रोग मान्दै आएका छ्न ।यो रोग अझैसम्म परास्त गर्न सकिएको छैन ।जुन ज्यान लिन सक्ने एउटा जटिल रोग पनि हो।
२) क्यान्सर रोग कति किसमका हुन्छ्न ?
क्यान्सर रोगहरु यति किसिमका हुन्छ्न भनेर भन्न सक्ने स्थिति छैन ।हरेक अङ्गको क्यान्सर दशौ बिशौको संख्यामा हुन्छन् ।समग्रमा एक सय भन्दा बढी किसिमका हुन्छन् ।जस्तैः उदाहरणका लागि छालाको क्यान्सर , फोक्सोको क्यान्सर आन्द्राको क्यान्सर ,पाठेघरको क्यान्सर ,स्तनको क्यान्सर जस्ता क्यान्सर हुन्छन् ।
यसलाई वर्गीकरण गर्न नसकिए पनि  मांसपेशीको हड्डी ,कुरकुरे हड्डी जस्ता अनेकौं अङ्गबाट हुने क्यान्सर आदि हुन्छन् । यो रोग पहिलेको भन्दा अहिले तुलनात्मक रुपमा बिकास भइरहेको छ।पहिले क्यान्सरको उपचार एउटै किसिमबाट हुन्थ्यो जुन हो किमोथेराफी। तर अहिले धेरै प्रबिधिबाट हुने गरेको छ।
३) क्यान्सर रोग लाग्दा कस्ताकस्ता लक्षणहरु देखापर्छन ?
क्यान्सर रोगका लक्षणहरु अङ्ग अनुसार फरक फरक हुन्छ्न ।
 -छालामा छ भने घाउ हुन्छ घाउ जुन ठुलो ठुलो हुँदै जानू
 – पाठेघरमा छ भने  योनीबाट गन्हाउने पानी बगिरहन्छ रगत देखापर्छ।
 – फोक्सोमा छ भने खोकी वा रगतमा देखा पर्छ र मानिस  दुब्लाउदै जान्छ।
– पेटमा छ भने दिशामा रगत देखापर्छ।  यो लक्षण देखापर्यो भने लामो समयसम्म उपचार गर्नुपर्छ।
– स्तन सम्बन्धिको क्यान्सर छ भने स्तनमा नयाँ गाठागुठी देखापर्ने मुन्टो  बाङ्गिदै जाने ,काखीमा गिर्खा देखापर्ने समस्या हुन्छ ईत्यादी लक्षणहरु देखापर्न सक्छ्न।
४) क्यान्सर रोग हो भनेर पत्ता लगाउने उपाय के छ त ?
मानिसलाई लक्षण देखिएपछी डाक्टर लाई देखाउनुपर्छ।डाक्टरलाई देखाएपछि जाँच अनुसारको क्यान्सर पत्ता लाग्छ।जुन पत्ता लगाउन बायोप्सी गराउनु पर्ने हुन्छ।बायोप्सी नगराउन्जेल सम्म क्यान्सर पत्ता लाग्दैन र क्यान्सर भन्न मिल्दैन ।बायोप्सी गर्न मासुको टुक्राबाट पत्ता लाग्छ।यदि भित्री अंगमा छ भने विभिन्न किसिमको जाँच गर्नुपर्छ। जस्तो सिटिस्क्यान , अल्ट्रासाउन्ड , इन्डोसकोपी  ,एफएनसी गर्नुपर्छ। यसबाट क्यान्सर रोग  हो भनी पत्ता लाग्छ।
५)  मानिसहरु क्यान्सर रोग बारे किन डराउछ्न ?
वास्तवमा यो रोग बारे डराउनुको मुख्य कारण भ्रम र अत्यधिक महँगो हुने भएकाले हो।समाजमा क्यान्सर भएपछी वा अन्तिम अवस्थामा  मात्रै डाक्टरको कहाँनेर आउछ्न । डाक्टरले बिरामीलाई भेट्दा अन्तिम अवस्थामा पुगेको देख्दा यो सजिलो छ भन्ने स्थिति नै देखिदैन ।जसले गर्दा बिरामीको आफन्त डराउनु स्वभाबिक हो ।यस्ता कयौं उदाहरण बनी सकेका छ्न।अझै हुनेछ्न ।
यदि क्यान्सर रोग सुरुको अवस्था हो भने पूर्ण रुपमा निको हुन्छ र क्यान्सरलाई जित्छ तर अन्तिम अवस्था छ भने सयमा पाँच प्रतिशत मात्रै निर्मुल हुनसक्छ। क्यान्सर रोगको उपचार महँगो हुन्छ किनभने सुरुवात अवस्थामा छ भने समान्य खर्छ हुन्छ र अन्तिम अवस्थामा छ भने त्यही  प्रबिधि अनुसार महँगो हुन्छ।लामो समय सम्म उपचार गरिरहनु पर्द्छ।
६) क्यान्सर सम्बन्धि बच्ने उपायहरु :       
सबैभन्दा पहिले सबै ब्यक्तिके सचेत हुनुपर्दछ। यदि तथ्यांकलाई मान्ने हो भने प्रत्येक १०० जनामा कमसेकम ५ देखि १० जनामा क्यान्सर भेटिने तथ्यांक रहेको छ।जसले गर्दा क्यान्सर जसलाई पनि हुन सक्छ त्यसैले मानिसलाई लक्षण नदेखिएपनी चेकजाँच गर्न आवस्यक छ।यदि ४० उमेरको मानिस छ भने उसले   लक्षण कुरेर बस्न हुँदैन ।
सधारण चेकजाँच वर्षको एकपटक भएपनी गर्न आवश्यक हुन्छ।  परिवारमा कुनै सदस्यलाई यो रोग लागेको थियो भने बशाणुगत बाट पनि हुने गर्छ।त्यो भनेको जुन उच्च जोखिम गर्नुलर्छ भनी बुझ्नु जरुरी हुन्छ ।
किनकी बशानुगतबाट हुने रोग हो।घरको सदस्यले यदि मद्दपान , मदिराको सेवन गर्छ भने त्यसलाई सचेत गराउनु पर्छ।जसले गर्दा रोग राम्रो  हुँदैन एकातिर शरीरको नास त अर्कोतिर पैसा धेरै खर्छ हुन्छ र अन्त्यमा ज्यान नै जान्छ।
Tags: Cancer
Nisarga hospital Dhangadhi
Previous Post

बिश्वमा कोरोना भाइरसको कारण अहिलेसम्म कुन देशमा कति छ ।(हेर्नुस पूरा विवरण )

Next Post

9 things you need to know about Renal Transplantation

Related articles

Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

2 days ago
850
Dr Nabin Poudel Medical Officer
Health

सरुवा रोग: जनस्वास्थ्यको मौन चुनौती #CommunicableDiseases

2 months ago
810
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने
Health

स्वास्थ्य मन्त्रालयले काठमाडौंमा पौष ११ र १२ गते स्वास्थ्य सम्मेलन गर्ने

6 months ago
904
2. TB Communicable Disease
Health

Tuberculosis Awareness in Nepal by National Tuberculosis Control Center (NTCC)

11 months ago
970
आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने
Health

आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराइने

12 months ago
803
Health ministry
Health

स्वास्थ्यका के-के शीर्षकमा कति बजेट पूरा विवरण सहित

12 months ago
788
Next Post
Dr. Sumit Acharya, Consultant Nephrologist and Renal transplant Physician

9 things you need to know about Renal Transplantation

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.