१९ मङ्सिर , २०७७ धनगढी ,
सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालाय राजपुर डोटीले गौरिगंगा नगर पालिका कैलालीमा बिभिन्न किटहरुको अध्ययन गरेको छ ।
मङ्सिर महिनाको पहिलो साता गौरिगंगा नगर पालिका वडा नम्बर ३ कैलालीमा एकीकृत भेक्टर सर्भिलेन्सको काम स्वास्थ्य निर्देशनालयले सम्पन्न गरेको छ ।
गौरिगंगा नगर पालिकाको वडा नम्बर ३ मा स्थानीय औलो रोग देखा परेको हुनाले उक्त वडामा औलो रोग सार्ने लामखुट्टे लगायतको अन्य किटहरु बारेमा अध्ययन गर्नु परेको चौमाला प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा अध्ययन टोलीका संयोजक स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेम राज जोशीले बताउनु भएको छ ।
औलो रोग संक्रमित पोथी एनोफिलिजको टोकाइले एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्ने गर्दछ । हाल नेपालमा एनोफिलिज फ्लुभियाटिलिस, एनोफिलिज एनुलारिस , र एनोफिलिज म्याकुलेट्सले मात्र औलो रोग सार्ने गर्दछ । गौरिगंगामा भएको अध्ययन अनुसार औलो रोग सार्ने उपरोक्त ३ प्रजाति सहित कुल ७ प्रजातिको एनोफिलिज लामखुट्टे भेटिएको छ । गौरिगंगा नगरपालिकाको वडा नम्बर ३ मा रहेका घर गोठ हरु Purposive Sampling को आधारमा छनौट गरि अध्ययन गरिएको र अध्ययनको नतिजा अनुसार कुल समातेका लामखुट्टे मध्ये ५८ प्रतिशत औलो रोग सार्ने लामखुट्टे भेटिएको छ । कुल समातेका लामखुट्टे मध्ये ५८ प्रतिशत औलो रोग सार्ने लामखुट्टे भेटिनु औलो रोग निवारणका लागि चुनौती हुने कुरा समेत उक्त कार्यक्रममा व्यक्त गरिएको छ ।
समुदायमा निरोगी मानिसको उपस्थिति हुने नै गर्दछ । त्यसै गरि औलो रोग सार्ने भेक्टर लामखुट्टेको पनि प्रशस्त उपस्थिति भएको अवस्थामा कुनै पनि औलो रोगि समुदायमा समयमै उपचार नगरी बसेमा औलो रोगको स्थानीय संक्रमण देखिन सक्ने र औलो रोग निवारणको लक्ष्य प्राप्तिमा कठिनाइ हुन् सक्ने भएकोले स्वास्थ्यकर्मीले समयमै औलो रोगीको पहिचान गरि उपयुक्त उपचार गर्नुपर्ने र समुदायका सदस्यले पनि ज्वरो आउने बितिक्कै स्वास्थ्य संस्थामा सम्पर्क राखी औलोको जांच तथा उपचार गराउनमा सक्रिय भूमिका खेल्नुपर्ने पर्ने कुरा मा जोड दिइएको छ ।
नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०२० सम्ममा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य लिएको छ भने कालाजार रोग निवारणको समेत लक्ष्य लिएको छ । रोग निवारण गर्नको रोगको सर्भिलेन्स संगै रोग सार्ने भेक्टरको सर्भिलेन्स पनि अति आवश्यक हुन्छ । त्यहि उद्देश्य पुरा गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा एकीकृत भेक्टर सर्भिलेन्सको कार्यक्रम तय गरेको छ ।
किटजन्य रोगका भेक्टर हरुको सर्भिलेन्स तथा खोजपड्ताल शुरु
गौरिगंगा नगरपालिका वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष श्री जगत राम चौधरीको अध्यक्षतामा कुल ३० जना सरोकारवालाहरुको उपस्थितिमा एकीकृत भेक्टर सर्भिलेन्सको नतिजा चौमाला प्राथमिक स्वास्थ्य केन्द्रको सभा हलमा प्रस्तुतीकरण गरिएको थियो ।
Comments 1