Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ भाद्र २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुदूरपश्चिममा इन्टोमोलोजी ल्याब स्थापना

Nam Raj Bhatta by Nam Raj Bhatta
August 10, 2021
in News
A A
0
Sudurpaschim entomology laboratory

Sudurpaschim entomology laboratory

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

महेन्द्रनगर, २६ श्रावण २०७८

सुदूरपश्चिम प्रदेश सरकारले करीब १५ लाख लगानीमा स्वास्थ्य कार्यालय कञ्चनपुरको हाता भित्र इन्टोमोलोजी ल्याब स्थापना गरेको छ ।

मानव स्वास्थ्यमा हानी पुर्याउने विभिन्न किटहरुको अध्ययन गर्ने एक मात्र प्रयोगशाला नेपालमा मकवानपुर जिल्लाको हेटौंडामा मात्र रहेको र उक्त प्रयोगशालाले देश भरिका विभिन्न स्थानमा पुगी अध्ययन गर्ने गरेको भए पनि सबै प्रदेशमा आवश्यकतानुसार अध्ययन गर्न नसक्ने हुनाले सुदूरपश्चिम प्रदेशमा फैलिने विभिन्न किटजन्य रोगहरुको अध्ययनको सहजताको लागि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको अगुवाइमा कञ्चनपुर जिल्लामा इन्टोमोलोजी ल्याब स्थापना गरिएको हो ।

नेपालमा रोग फैलाउने बाहकहरु जस्तैः लामखुट्टे, भुसुना लगायत अन्य किट हरुको अध्ययन गर्ने गरि ल्याब स्थापना गरिएको हो ।

औँलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाको बारेमा बिस्तृत रुपमा अध्ययन गर्न ल्याब सहयोगी हुने कुरा स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।

साथै उँहाले कञ्चनपुरमै औँलो माइक्रोस्कोपिक तालिम केन्द्र पनि भएकोले यी दुवै ल्याब एक ठाउँमा स्थापना भएको हुनाले विभिन्न किटजन्य रोग निवारणको लक्ष्य हासिल गर्नमा सहयोगी सिद्ध हुने कुरामा जोड दिनु भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ मा प्रदेश स्वास्थ्य निर्देशनालयले औँलो रोग बढी प्रभावित क्षेत्रमा हरेक महिना एक हप्ताको कार्यतालिका निर्धारण गरि १२ महिना सम्म लामखुट्टेको आनीबानी अध्ययन गर्ने कार्यक्रम तय गरे बमोजिम श्रावण २५ गते देखि भिमदत्त नगरपालिका वडा नम्बर ०९ र १० लाई केन्द्र बिन्दु मानि औँलो रोग सार्ने लामखुट्टेको अध्ययन शुरु गरिएको स्वास्थ्य निर्देशनालयका कार्यक्रम फोकल पर्सन हेमराज जोशीले बताउनु भएको छ ।

उक्त अध्ययनबाट औँलो रोग सार्ने लामखुट्टेको कुनै नयाँ प्रजाति पहिचान हुन् सक्ने, हाल रोग सार्ने भनि प्रमाणित भएका लामखुट्टे हरुको थप आनी बानि पत्ता लाग्ने, किटनाशक बिषादी एबम् किटनाशक झुलको प्रभावकारिता पत्ता लाग्ने भएको हुनाले प्राप्त अध्ययन निष्कर्षबाट भविष्यमा औँलो रोग निवारणको लागि प्रमाणमा आधारित निर्णय गर्न सहज हुने कुरा समेत बिज्ञहरु बताउँछन ।

Tags: Entomology-laboratorylaboratorySudurpashchim Province
Nisarga hospital Dhangadhi
Previous Post

काठमाडौंको पानीपोखरीमा‌ अत्याधुनिक डाइग्नोष्टिक सेन्टर खुल्यो

Next Post

नेपाल चिकित्सक संघको इतिहासमा पहिलो पटक एकेडमिक एक्सीलेंस अवार्ड #ExcellenceAward

Related articles

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको अध्यक्षमा डा. पुनेश्वर केशरी
News

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजको अध्यक्षमा डा. पुनेश्वर केशरी

6 hours ago
779
नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान
News

नेपालमै पहिलोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डिजिटल पीसीआर मेसिन जडान

21 hours ago
783
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुरु

22 hours ago
778
यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न
News

यतिकेम डिस्ट्रिब्युटर्सका अध्यक्ष प्रभुराज वैद्यको संयोजनमा स्वास्थ्य पत्रकारलाई तीन दिने ह्याप्पीनेश कोर्ष सम्पन्न

1 day ago
788
१०औं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं फूटसल कप सम्पन्न
News

१०औं नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं फूटसल कप सम्पन्न

1 day ago
819
परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब
News

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले मनायो ६६ औं वार्षिकोत्सब

2 days ago
787
Next Post
NMA Excellence Award Distribution

नेपाल चिकित्सक संघको इतिहासमा पहिलो पटक एकेडमिक एक्सीलेंस अवार्ड #ExcellenceAward

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,207)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.