बिश्वब्यापी महामारी फैलिरहएको बेला सेती प्रादेशिक अस्पताल कोरोना सन्क्रमितका बिरामी र अन्य बिरामी एकै ठाउँमा जाच्दा समस्या भइरहेकोले तत्काल कोरोना अस्पताल खोल्नु जरुरी देखिएको छ।
अहिले सुदुरपश्चिम प्रदेशमै कोरोना सन्क्रमितका बिरामीहरुको उपचार लागि सेती प्रादेशिक अस्पताल मात्रै रहेको छ। नेपालका धेरै ठाउँमा कोरोना बिशेषका लागि छुट्टै अस्पतालमा खोलिएका छ्न र बिरामीहरु हेर्न अलग्गै अस्पताल छ भने सेती प्रादेशिक अस्पतालमा भने कुन के को बिरामी हो भनि छुट्याउनु गाह्राे भइरहेको र अहिले कोभिड १९ को कारणले अन्य बिरामी मर्कामा परेको र आवश्यक उपचार नपाउन सक्ने जोखिम बढीरहेको अस्पतालका प्रवक्ता एवं इमर्जेन्सी बिभाग प्रमुख डा.जगदीश जोशीले बताए।
सरकारले चाडो भन्दा चाडो कोभिड १९ को लागि छुट्टै अस्पताल खुल्नुपर्ने र चाहिने जति आवश्यक सामग्री र जनशक्ति को पनि व्यवस्थापन गर्न जरुरी छ जसका लागि संघीय सरकार बाट छात्रवृत्तिका डाक्टर र रेजिडेन्ट डाक्टर लगायत जिल्ला बाट नर्स ,पारामेडिक स्टाफ अनिवार्य खटाउने ब्यबस्था यथासिग्र गर्न जरुरी देखिएको डा.जोशीले बताए।
महामारीको दोस्रो चरणमा पुगिसकेकोले अहिले नै यस्ता कार्यक्रम अगाडि नबढार ठूलो दुर्घटना हुनु सक्ने डा.जोशीले चिन्ता व्यक्त गर्नुभयो। तत्काल बढी भन्दा बढी संकाशपद व्यक्ति र समुदाय तहमै आर.डि.टी. पद्धतिबाट टेष्ट र पिसिआर पद्धति बाट चेक हुनु आवश्यक रहेको डा.जोशीले बताए। यसैगरी अस्पतालका मेसु डा.हेमराज पाण्डेका अनुसार अहिले कोरोना संक्रमणले सुदूरपश्चिम प्रदेश निकै जोखिमपूर्ण छ। धनगढीमा लकडाउनको कडा कार्यान्वयन गरिएको छ।
मान्छेहरूलाई घर बाहिर निस्किन दिइएको छैन। कोरोनासँग लड्ने सिपाही चिकित्सक हुन्। देशभर चिकित्सकीय सामग्री र जनशक्ति अभाव रहेको गुनासो व्यापक छ। सामग्रीबिनै र थोरै जनशक्ति उपचारमा खटिरहेको छ।
सुदूरपश्चिमको सबैभन्दा ठूलो सेती प्रादेशिक अस्पतालमा दिनहुँ सयौं बिरामीको उपचार हु्न्छ। सरकारले पनि त्यही अस्पताललाई कोरोनाको उपचारका लागि तोकेको छ। सेती अस्पतालमा अहिले चार जना कोरोना संक्रमितको उपचार पनि भइरहेको छ।
लकडाउन अझै केही समय लम्ब्याउने र बिस्तारै आन्तरिक खुल्ला गरेर सिमामा चाहिँ लामो समयसम्म बन्द गर्नुपर्ने देखिन्छ ।