मङ्सिर , ७ , महेन्द्रनगर
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटी बाट खटिएको प्राबिधिक हरुको टिमले कंचनपुर जिल्लाको बेद्कोट नगर पालिका वार्ड न.६ र ७ मा किटजन्य रोग सार्ने किटहरुको अध्ययन गरेको छ ।
औलो , हात्तीपाईले , जापानिज इन्सेफ्लाईटिस , डेंगु , चिकनगुनिया रोग सार्ने लामखुट्टे र कालाजार रोग सार्ने स्यान्ड फ्लाई को खोजि गरि अध्ययन कार्य गरिएको कुरा सुडा स्वास्थ्य चौकीमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य निर्देशनालय राजपुर डोटी मा कार्यरत भेक्टर कन्ट्रोल निरीक्षक श्री हेमराज जोशीले बताउनु भएको छ ।
२१ देखि २७ कार्तिक २०७७ सम्म संचालन भएको अध्ययनमा बेद्कोट न पा को वार्ड न ६ र ७ को मुसेपानी ,गाउजी र घोर्सुवा गाउमा मा Purposive Sampling को आधारमा घर तथा गोठ हरु छनौट गरि औलो रोग सार्ने एनोफिलिज , डेंगु र चिकनगुनिया सार्ने एडिज एजिप्टाई र एडिज आल्बोपिक्टस, तथा हात्तीपाईले , जापानिज इन्सेफ्लाईटिस रोग सार्ने क्युलेक्स लामखुट्टे अनि कालाजार रोग सार्ने स्यान्ड फ्लाई को खोजि गरि अध्ययन गरिएको हो । किट हरुको नमुना संकलनको काम बिहान को समयमा , दिउसोको समयमा , साझको समयमा र रातको समय समेत गरिएको कुरा सुडा स्वास्थ्य चौकी कन्चनपुरका प्रमुख जन स्वास्थ्य निरीक्षक श्री विशेश्वर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।
नेपालमा ४३ किसिमको एनोफिलिज लामखुट्टे पाइन्छन , जस मध्ये जम्मा ४ वटा पोथी एनोफिलिज लामखुट्टे ले रोग सार्ने कुरा प्रमाणित भएको थियो । चार वटा एनोफिलिज मध्ये एनोफिलिज मिनिमस नामक रोग सार्ने लामखुट्टेको औलो उन्मुलनको समयमा बंश बिनाश भएको र बिगत लामो समय देखि नेपालमा नपाउने भएको हुनाले हाल जम्मा तिन वटा एनोफोलिज प्रजातिको लामखुट्टेले औलो रोग सारिरहेको छन् । बेदकोट नपा मुसेपानीमा भएको अध्ययन अनुसार औलो सार्ने एनोफिलिज समुहपय तिन वटै प्रजाति सहित अन्य दुइ वटा गरि जम्मा एनोफिलिज का ५ वटा प्रजाति भेटिएको छ भने त्यसै गरि गाउजी मा भएको अध्ययनमा औलो रोग सार्ने एनोफिलिजका तिन वटा प्रजाति सहित कुल चार समुहका लामखुट्टे भेटिएको र घोर्सुवा गाउमा औलो राग सार्ने तिन वटा प्रजाति सहित सात प्रजातिको एनोफिलिज लामखुट्टे भेटिएको कुरा अध्ययनमा संलग्न स्वास्थ्य कार्यालय कंचनपुरमा कार्यरत औलो निरीक्षक श्री सिद्ध राज भट्टले जानकारी दिनु भएको छ ।
अध्ययन टोलीले अधययन क्षेत्र बाट कालाजार रोग सार्ने स्यान्डफ्लाई पनि समातेको छ । हाल बर्षातको मौसम नभएको हुनाले डेंगु र चिकनगुनिया रोग सार्ने एडिज समुहको लामखुट्टे भने नभेटिएको कुरा जनाएको छ ।त्यसै गरि हात्तीपाईले , जापानिज इन्सेफ्लाईटिस रोग सार्ने बाहक क्युलेक्स लामखुट्टे पनि अध्ययन को समयमा भेटिएको छैन तथापि अन्य क्युलेक्स लामखुट्टे भने एनोफिलिजको तुलनामा कम मात्रामा भेटिएको छ ।
अध्ययनको निस्कर्ष अनुसार अध्ययन क्षेत्रमा औलो रोग सार्ने लामखुट्टेको प्रशस्त उपस्थिति रहेको र समुदायमा औलो रोगीको समयमै पहिचान हुन् नसके र प्रभावकारी उपचार सेवा रोगीले नपाएमा कुनै पनि बेला औलोको स्थानीय रोगी देखा पर्न सक्ने र औलो रोग निवारणको लक्ष्य अनुसार सन् २०२२ सम्ममा स्थानीय औलो रोगी लाइ शुन्यमा पुर्याउने अभियानमा असर पर्ने कुरा बेद्कोट न पा स्वास्थ्य शाखा प्रमुख श्री हरिशा पाल चन्द ले बताउनु भएको छ ।
कार्यक्रम समापनको को क्रममा बोल्दै श्री चन्दले औलो रोग निवारण गर्ने लक्ष्य नेपाल सरकार ले लिएको र सो लक्ष्य समयमै प्राप्त गर्नु पर्ने भएकोले बेदकोट न पा मा औलो रोग सार्ने भेक्टरको उपस्थिति प्रशस्त रहेको हुनाले स्वास्थ्य कर्मीले ज्वरो आएको व्यक्तिको चाडो भन्दा चाडो औलोको जांच गरि रोगीको उपचार गर्ने कुरामा स्वास्थ्यकर्मी चनाखो हुनु पर्ने र समुदायले पनि ज्वरो आएको व्यक्तिमा औलो हुन सक्ने भएकोले समयमै नजिकको स्वास्थ्य संस्थामा गएर औलो जांच गराउनमा सहयोग गर्नु पर्ने कुरामा समेत जोड दिनु भएको छ ।
Comments 2