Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मद्यपान तथा धुम्रपानले रोगप्रतिरोधात्मक शक्ति घटाउँछ

HNN Staff by HNN Staff
July 28, 2020
in News
Reading Time: 1 min read
A A
3
विश्वमा प्रत्येक दस वटा मृत्यु मध्ये एक मृत्यु धूम्रपान : विश्व स्वास्थ्य संगठन
619
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं  , १३ श्रावण

अहिले कतिपय क्वारेन्टाइनमा बसेका व्यक्तिले धुम्रपान तथा मद्यपान गरेको समाचार सार्वजनिक भएको छ । यो निकै दुःखद छ । मद्यपान तथा धुम्रपानले रोगप्रतिरोधात्मक शक्ति घटाउँछ । त्यसैले मद्यपान तथा धुम्रपानबाट टाढै बस्नु पर्छ । मानसिक एवं शारिरीक रुपमा स्वस्थ राख्न व्यवस्थापन पक्षले सम्बन्धित चिकित्सकहरुसँग पनि परामर्श गर्ने वा जाँच गर्ने व्यवस्था गर्नु पर्छ ।

हालकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नुपरे कसरी गर्ने भनेर विभागले नयाँ निर्देशिका तयार गरेको छ । यस बिषयमा केन्द्रीत रहेर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत सह प्राध्यापक एवं वरिष्ठ छाति रोग विशेषज्ञ डा. निरज बमसँग गरेको कुराकानीको आधारमा

१.सार्वजनिक सवारी साधन प्रयोगमा के–के सावधानीका उपाय अपनाउनु पर्छ ?

निजी वा सार्वजनिक सवारी साधन प्रयोग गर्दा सावधानि अपनाउनु पर्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसारका उपायहरु अपनाउनु पर्छ । गाडिमा चढ्नु अघि र पछि साबुन पानीले हात मिचिमिचि धुने गर्नुपर्छ । साबुन पानी नभएको अवस्थामा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । त्यस्तै सवारी साधनको ह्याण्डिल, स्टेरिङ लगायतलाई डिसइन्फेक्सन गर्नु पर्छ । सवारी साधन भरसक एकजनाले मात्र चलाउनु पर्छ । यदि , सार्वजनिक सवारी साधन प्रयोग गर्ने हो भने यात्रा गर्नु अघि र पछि साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ । सामाजिक तथा भौतिक दुरी कायम गर्नु पर्छ । सार्वजनिक यातायातमा पहिला जस्तो कोचाकोच गरि यात्रु राख्नु हुँदैन । आधा यात्रु राखेर दुरी कायम गरि साधन चलाउनु पर्छ । यात्रु चढने र झर्ने क्रममा पनि सामाजिक तथा भौतिक दुरी कायम राख्नु पर्छ ।

२. गाडिमा पैसा दिने लिने क्रममा कोरोना भाइरस सर्छ की सर्दैन ? कसरी जोगिने ?

पैसाबाट सर्छ ÷सर्दैन भन्ने बारे अझैं पुष्टि भइसकेको छैन । हामीसमेत अनविज्ञ छौं । तर, पैसा लेनदेन गर्दा सामाजिक तथा भौतिक दुरी कायम राख्नु पर्छ । पैसा गन्दाखेरी र पैसा लिंदा तथा दिंदा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

३. एटीएम मेसिन कसरी प्रयोग गर्ने ?

एटिएम मेशिनमा प्रवेश गर्दा भौतिक तथा सामाजिक दुरी कायम गर्नु पर्छ । एटीएम कार्ड मेशिनमा प्रवेश गराएर घर फर्किसकेपछि अनिवार्य हात धुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

४. होटल–रेस्टुँरा जाँदा वा खानेकुरा मगाउँदा ध्यान दिनुपर्ने कुरा के–के हुन् ?

होटल तथा रेष्टुरेन्ट भीडभाड हुने स्थलमा पर्छन । होटल तथा रेष्टुरेन्टमा कार्यरत कामदार संक्रमण मुक्त रहेको ग्राहकलाई थाहा पनि हुँदैन । त्यसैले भरसक जानु हुँदैन । जानै पर्ने अवस्था आए भौतिक तथा सामाजिक दुरी कायम गर्नु पर्छ । यदि प्याकिंग गरिएको र सुरक्षित छ भन्ने निश्चित भएमा पनि सतर्कता अपनाउनु पर्छ । प्याकिंग खोले पछि हात हुने वा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । खाइसकेपछि पनि सुरक्षित ढंगल बिसर्जन गर्नु पर्छ ।

५. मोबाइल अरूलाई (फोटो खिच्न, टिकटक बनाउन, नम्बर सेभ गर्न, आफ्नो फोनबाट अरूलाई कुरा गर्न आदि) दिने कि नदिने?

मोबाइल व्यक्तिगत हुन्छ । आफुले मात्र प्रयोग गर्नु पर्छ फोटो खिच्न, टिकटक बनाउन, नम्बर सेभ गर्न वा आफ्नो फोनबाट अरुलाई कुरा गर्न भरसक दिनु हुँदैन । मोबाइलको सतहमा भाइरस रहन सक्ने भएकोले सकेसम्म अरुलाई दिनु हुँदैन ।

६. मास्क, सेनिटाइजर र पानीको अभाव भएका ठाउँमा रहेका व्यक्तिले कसरी सावधानी अपनाउने ?

मास्क , सेनिटाइजर र पानीको अभाव भएका ठाउँमा रुमाल, टिस्यु पेपरको प्रयोग गर्न सकिन्छ । हाँच्छिउँ आयो वा खोकी लाग्यो भने कुहिनोको भागतिर गर्नु पर्छ । भरसक, साबुन पानीले हात धुने वा सेनिटाइजर अन्यत्रबाट मगाएर भएपनि पकेटमा राखिराख्ने र प्रयोग गर्नु पर्छ । जहाँसुकै पनि सामाजिक तथा भौतिक दुरी कायम राख्नु पर्छ ।

७. क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्नुपर्छ ?

यो व्यवस्थापकीय पक्ष हो । व्यवस्थापन पक्षले यस कुरामा गम्भीर भएर शीघ्र व्यवस्थापन गर्नुपर्छ । क्वारेन्टाइनमा रहँदा व्यवस्थापनका साथै व्यक्ति स्वयंले पनि सावधानि अपनाउनु पर्छ । भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्छ । आवश्यक परेको अवस्थामा साबुन पानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्नु पर्छ । रुमाल , टिस्यु पेपरको प्रयोग गर्नु पर्छ । व्यक्तिगत सरसफाईमा पनि ध्यान दिनु पर्छ । नियमित नुहाउनुपर्छ।

Tags: #Health and population ministryCorona Virus #Covid19Self Isolation
SummarizeShare265ScanTweet148

Related articles

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
September 11, 2026
0

हालै गएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७, रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ। मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज् र मनमोहन मेमोरियल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    877 shares
    Share 351 Tweet 219
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी
  • बाढी प्रभावित नुवाकोटको बेलकोटगढी–७ रातमाटेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.