आज मिति : २०८२ कार्तिक १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

चिकित्सकीय अनुसन्धानका विषयमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
February 22, 2023
in News
A A
0
चिकित्सकीय अनुसन्धानका विषयमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, १० फागुन २०७९

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा चिकित्सकीय अनुसन्धान (क्लिनिकल रिसर्च) गर्ने क्रम बढी रहँदा धुलिखेलमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण कार्यक्रम गरेको छ।

कतिपय सञ्चारकर्मीहरुले अनुसन्धान प्रतिवेदनको सहि विश्लेषण गर्न नजान्दा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको सरोकारवालाले बताउने गरेका छन् ।

Sarathi hotel

स्वास्थ्य पत्रकार मञ्च नेपालले सरोकारवालाको यहि गुनासो र स्वास्थ्य पत्रकारहरुको चासोलाई ध्यान दिएर दुई दिने कार्यशालाको आयोजना गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्संगको सहकार्यमा धुलिखेलमा आयोजित कार्यशालालाई प्राविधिक तर्फ सोलिड नेपालको सहयोग थियो ।

कार्यशालाको पहिलो दिन सोमबार उद्घाटन सत्रमा बोल्दै मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुको ज्ञानको दायरा बढाउनका लागि कार्यशालाको आयोजना गरिएको बताए । उनले स्वास्थ्य विषय बढी प्राविधिक विषय रहेको भन्दै भविस्यमा पनि विभिन्न संस्थासंग सहकार्य गर्दै यस्ता खालका तालीम गोष्ठी र प्रशिक्षणलाई निरन्तरता दिने बताए ।

received 1521362021686932

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले राज्यको स्वास्थ्य नीति स्वास्थ्य अनुसन्धानले निर्देशित हुनुपर्ने बताए । उनले नेपालमा भने नीतिले अनुसन्धानलाई निर्देशित गर्न खोजेको टिप्पणी गरे । राज्यले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) का सहप्राध्यापक डा. खेम बहादुर कार्कीले चिकित्सकीय अनुसन्धान र यसले स्वास्थ्य क्षेत्रका लागि दिने योगदानको चर्चा गर्दै सञ्चारमाध्यमले विषय बस्तुको गाम्भिर्यतालाई समेत ध्यान दिनु पर्ने बताए । डा. कार्कीले अनुसन्धानमा सहभागिता भएका स्वयंसेवकहरुको गोपनीयताका विषय, अनुसन्धानको प्रकार तथा तरिकाका विषयमा समेत सञ्चारकर्मीले विशेष ध्यान दिनु पर्ने बताए ।

Dhulikhel sarathi hotel

मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारितालाई थप परिस्कृत र विश्वसनीय बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि आवश्यक रहेको बताए । उनले भविस्यमा पनि मञ्चले स्वास्थ्यका विविध विषयमा पत्रकारहरुलाई प्रशिक्षण दिने व्यवस्था मिलाउन सुझाव दिए ।

दोस्रो दिन प्रशिक्षण सत्रमा प्राडा. रमेशकान्त अधिकारी, सह प्रा.डा. खेमबहादुर कार्की र स्वास्थ्य पत्रकार प्रवीण ढकालले स्वास्थ्य अनुसन्धानका विषयमा प्रस्तुति राखेका थिए ।

प्रशिक्षणका क्रममा परिषद्का इथिकल रिभ्यु बोर्डका अध्यक्ष समेत रहेका प्राडा. अधिकारीले कुनै पनि अध्ययन अनुसन्धान गर्दा त्यसको नैतिकतालाई भुल्न नहुनेमा जोड दिए । उनले अनुसन्धानको बैद्यता, तरिका र महत्वको बारेमा समेत चर्चा गरे । प्राडा. अधिकारीले सञ्चारमाध्यमले अनुसन्धानका विषय उठान गर्दा ध्यान दिनु पर्ने विषयका बारेमा समेत प्रशिक्षण दिए ।

यस्तै आइओएमका सहप्राडा. कार्कीले चिकित्सकीय अनुसन्धानबारे प्रस्तुतीकरण दिएका थिए । उनले कुनै पनि औषधि वा खोपको अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्षलाई समाचार बनाउनुअघि कुन चरणको ट्रायल हो भन्ने कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

परिषदका निमित्त प्रशासकिय प्रमुख नमिता घिमिरेले विगतको तुलनामा परिषदले प्रभावकारी कार्य गर्दै आएको दाबी गरिन् । ‘विगतमा परिषदले अध्ययन अनुसन्धानसम्बन्धी मापदण्ड कार्यान्वयन नहुँदा सम्म आफ्नै खालको अनुसन्धान गर्ने र विचार प्रस्तुत गर्ने प्रवृत्ति थियो,’ उनले भनिन्, ‘मापदण्ड बनेपछि त्यसैअनुरुप काम हुँदै आएको छ ।’

received 1250696308857453

स्वास्थ्य पत्रकार प्रविण ढकालले सञ्चार माध्यमले स्वास्थ्य अनुसन्धानका विषय कसरी प्रस्तुत गरिरहेको छ ? गर्नु पर्ने के छ ? भन्ने विषयमा प्रस्तुति राखेका थिए । कार्यशालामा ४५ जना भन्दा बढी स्वास्थ्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

Tags: Corona Virus #Covid19Health journalistNepal Health Research CouncilSarathi Hotel Dhulikhel
Nisarga hospital Dhangadhi
Previous Post

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र स्थापना

Next Post

चिसापानी अस्पतालमा अब विशेषज्ञ सुविधासहितको सेवा

Related articles

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत
News

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत

10 hours ago
785
चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे
News

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे

12 hours ago
842
किष्ट अस्पतालमा भएको आक्रमणप्रति निजी मेडिकल कलेज संघको आपत्ति
News

किष्ट अस्पतालमा भएको आक्रमणप्रति निजी मेडिकल कलेज संघको आपत्ति

1 day ago
785
बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव
News

बैतडीमा १८ जनामा डेङ्गी संक्रमण पुष्टि #Dengue

2 days ago
780
नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण
News

नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गरिन पदभार ग्रहण

3 days ago
787
स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने
News

स्वास्थ्य मन्त्रीमा डा. सुधा शर्माको नाम सिफारिस, आजै सपथ दिइने

3 days ago
1k
Next Post
चिसापानी अस्पतालमा अब विशेषज्ञ सुविधासहितको सेवा

चिसापानी अस्पतालमा अब विशेषज्ञ सुविधासहितको सेवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,281)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...