Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चिकित्सकीय अनुसन्धानका विषयमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
February 22, 2023
in News
Reading Time: 1 min read
A A
0
चिकित्सकीय अनुसन्धानका विषयमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण
634
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौँ, १० फागुन २०७९

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा चिकित्सकीय अनुसन्धान (क्लिनिकल रिसर्च) गर्ने क्रम बढी रहँदा धुलिखेलमा स्वास्थ्य पत्रकारलाई दुईदिने प्रशिक्षण कार्यक्रम गरेको छ।

कतिपय सञ्चारकर्मीहरुले अनुसन्धान प्रतिवेदनको सहि विश्लेषण गर्न नजान्दा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको सरोकारवालाले बताउने गरेका छन् ।

Sarathi hotel

स्वास्थ्य पत्रकार मञ्च नेपालले सरोकारवालाको यहि गुनासो र स्वास्थ्य पत्रकारहरुको चासोलाई ध्यान दिएर दुई दिने कार्यशालाको आयोजना गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्संगको सहकार्यमा धुलिखेलमा आयोजित कार्यशालालाई प्राविधिक तर्फ सोलिड नेपालको सहयोग थियो ।

कार्यशालाको पहिलो दिन सोमबार उद्घाटन सत्रमा बोल्दै मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारहरुको ज्ञानको दायरा बढाउनका लागि कार्यशालाको आयोजना गरिएको बताए । उनले स्वास्थ्य विषय बढी प्राविधिक विषय रहेको भन्दै भविस्यमा पनि विभिन्न संस्थासंग सहकार्य गर्दै यस्ता खालका तालीम गोष्ठी र प्रशिक्षणलाई निरन्तरता दिने बताए ।

received 1521362021686932

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले राज्यको स्वास्थ्य नीति स्वास्थ्य अनुसन्धानले निर्देशित हुनुपर्ने बताए । उनले नेपालमा भने नीतिले अनुसन्धानलाई निर्देशित गर्न खोजेको टिप्पणी गरे । राज्यले स्वास्थ्य अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) का सहप्राध्यापक डा. खेम बहादुर कार्कीले चिकित्सकीय अनुसन्धान र यसले स्वास्थ्य क्षेत्रका लागि दिने योगदानको चर्चा गर्दै सञ्चारमाध्यमले विषय बस्तुको गाम्भिर्यतालाई समेत ध्यान दिनु पर्ने बताए । डा. कार्कीले अनुसन्धानमा सहभागिता भएका स्वयंसेवकहरुको गोपनीयताका विषय, अनुसन्धानको प्रकार तथा तरिकाका विषयमा समेत सञ्चारकर्मीले विशेष ध्यान दिनु पर्ने बताए ।

Dhulikhel sarathi hotel

मञ्चका निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारितालाई थप परिस्कृत र विश्वसनीय बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि आवश्यक रहेको बताए । उनले भविस्यमा पनि मञ्चले स्वास्थ्यका विविध विषयमा पत्रकारहरुलाई प्रशिक्षण दिने व्यवस्था मिलाउन सुझाव दिए ।

दोस्रो दिन प्रशिक्षण सत्रमा प्राडा. रमेशकान्त अधिकारी, सह प्रा.डा. खेमबहादुर कार्की र स्वास्थ्य पत्रकार प्रवीण ढकालले स्वास्थ्य अनुसन्धानका विषयमा प्रस्तुति राखेका थिए ।

प्रशिक्षणका क्रममा परिषद्का इथिकल रिभ्यु बोर्डका अध्यक्ष समेत रहेका प्राडा. अधिकारीले कुनै पनि अध्ययन अनुसन्धान गर्दा त्यसको नैतिकतालाई भुल्न नहुनेमा जोड दिए । उनले अनुसन्धानको बैद्यता, तरिका र महत्वको बारेमा समेत चर्चा गरे । प्राडा. अधिकारीले सञ्चारमाध्यमले अनुसन्धानका विषय उठान गर्दा ध्यान दिनु पर्ने विषयका बारेमा समेत प्रशिक्षण दिए ।

यस्तै आइओएमका सहप्राडा. कार्कीले चिकित्सकीय अनुसन्धानबारे प्रस्तुतीकरण दिएका थिए । उनले कुनै पनि औषधि वा खोपको अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्षलाई समाचार बनाउनुअघि कुन चरणको ट्रायल हो भन्ने कुरा बुझ्न जरुरी रहेको उनले बताए ।

परिषदका निमित्त प्रशासकिय प्रमुख नमिता घिमिरेले विगतको तुलनामा परिषदले प्रभावकारी कार्य गर्दै आएको दाबी गरिन् । ‘विगतमा परिषदले अध्ययन अनुसन्धानसम्बन्धी मापदण्ड कार्यान्वयन नहुँदा सम्म आफ्नै खालको अनुसन्धान गर्ने र विचार प्रस्तुत गर्ने प्रवृत्ति थियो,’ उनले भनिन्, ‘मापदण्ड बनेपछि त्यसैअनुरुप काम हुँदै आएको छ ।’

received 1250696308857453

स्वास्थ्य पत्रकार प्रविण ढकालले सञ्चार माध्यमले स्वास्थ्य अनुसन्धानका विषय कसरी प्रस्तुत गरिरहेको छ ? गर्नु पर्ने के छ ? भन्ने विषयमा प्रस्तुति राखेका थिए । कार्यशालामा ४५ जना भन्दा बढी स्वास्थ्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

Tags: Corona Virus #Covid19Health journalistNepal Health Research CouncilSarathi Hotel Dhulikhel
SummarizeShare282ScanTweet147

Related articles

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त

by Nam Raj Bhatta
September 22, 2026
0

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक पदमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेल निमित्त महानिर्देशकको...

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    707 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त
  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.