काठमाडौं, ०३ बैशाख २०७८
राजधानीको त्रिपुरेश्वर स्थित स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यमा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा पुनर्स्थापना तथा सहायक सामाग्री सम्बन्धि तिन दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कुष्ठरोग तथा अपाङ्गता व्यस्थापन शाखा स्वास्थ्य अन्तर्गत अपाङ्गता तथा पुनर्स्थापना सेवा हेर्ने फोकल एकाइ हो। यस एकाइले अपाङ्गता तथा पुनर्स्थापना सम्बन्धि विभिन्न गतिविधि हरु गर्दै आइरहेको छ।
स्थापनाको केही वर्ष विभिन्न नीति र रणनीति बनाउनमा जोड दिएको यस एकाइले हाल भने उक्त प्रतिबद्धताको कार्यान्वयन गर्दै गएको देख्न सकिन्छ। यसै सन्दर्भमा भर्खरै मात्रै स्वास्थ्य सुचना तथा सञ्चार प्रणाली अन्तर्गत पुनर्स्थापनालाई समाहित गरी सकिएको छ। त्यसैगरी पुनर्स्थापना सेवालाई गुणस्तरीय र सेवाग्राही केन्द्रित बनाउने उदेश्यले गत वर्ष देखि नै पुनर्स्थापना सम्बन्धि अभ्यास पद्धति प्रक्रिया र मापदण्ड सम्बन्धी निर्माण भईरहेको छ। यसको अगुवाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हेन्डीक्याप इन्टरनेसनल , युएसएआइडी , विश्व स्वास्थ्य संगठनको सहयोगमा अघि बढाइरहेको छ। यसको मस्यौदामा स्वास्थ्यकर्मी , पुनर्स्थापना कर्मी , सेवा प्रदायक , अपाङ्गता भएका व्यक्ति र विश्वविद्यालयको संयुक्त सहभागितामा रहेको थियो।
चैत्र ३१ गते देखि वैशाख ३ गते सम्म प्रारम्भिक मस्यौदामा सरोकारवालाहरु संग अन्तिम छलफल गरी यसलाई छिट्टै मन्त्रालयमा पेश गरिने कुष्ठरोग तथा अपाङ्गता व्यस्थापन शाखाका प्रमुख डा.उत्तम घिमिरेले जानकारी दिनुभएको छ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले आज छलफल गरेका दस्तावेजहरू फेरि एकचोटि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च पदस्थ विज्ञहरुको सल्लाह सुझाव लिइ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्याशाला गोष्ठीमा सहभागि विज्ञहरुले दिएका सुझाव सल्लाह संकलन गरी मस्यौदालाई सोही अनुसार अध्यावधिक गर्ने निर्णय गरेको छ।
कार्यक्रममा परामर्शदाता अमित रत्न बज्राचार्यले साहायक सामाग्री सेवा प्रवाहमा एकरुपता कायम गर्न न्युनतम मापदण्डको आवश्यकता रहेको हुनाले सहायक प्रविधि सम्बन्धी राष्ट्रिय मापदण्ड अनिवार्य रहेको बताए। यसले सेवालाई गुणस्तरीय र सहज बनाउने छ।