आज मिति : २०८२ मंसिर १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

पोखरा विश्वविद्यालयमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
May 20, 2024
in News
A A
0
पोखरा विश्वविद्यालयमा १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कास्की, ७ जेठ २०८१

पोखरा विश्वविद्यालयले आफ्नो मातहतमा सञ्चालन गर्न पाउने गरी १०० बेडको शिक्षण अस्पताल सुरु गरेको छ।

२०८० भदौ २२ मा आंशिक रुपमा सञ्चालन गरे पनि भवन निर्माण सकिएपछि सोमबारदेखि पूर्ण रुपमा अस्पताल सञ्चालन गरेको हो । सो अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

पोखरा महानगरपालिका–३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो

बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालमा डेन्टल कार्यक्रम चलाउन पूर्वाधार तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।

चिकित्सा शिक्षाका कार्यक्रमहरुलाई प्रयोगात्मक अभ्यास गर्न अस्पताल आवश्यक पर्ने भएकाले विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमसँग जोड्ने र विशिष्टीकृत सेवा प्रदान गर्ने विश्वविद्यालयको योजना छ।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।

आगामी दिनमा अस्पतालले शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा. दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो।

अस्पतालमा ४० कर्मचारीमध्ये ६ जना कन्सल्टेन्ट डाक्टर, ६ जना मेडिकल अफिसर, डेन्टल अफिसर र प्रयोगशालातर्फका जनशक्ति रहेका पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन सह.प्रा.डा. अमर नागिलाले जानकारी दिए ।

एमबीबीएस अध्यापन सुरु गर्न कम्तीमा ३०० बेडको अस्पताल चाहिने र आगामी दिनमा त्यो लक्ष्य पूरा गर्ने डा. नागिलाले बताउनुभयो।

१०० बेडसम्मको शिक्षण अस्पतालको अनुमति गण्डकी प्रदेश सरकारले दिएको मुख्यमन्त्री खगराज अधिकारीले बताए । मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गरेर नागरिकको विश्वास जित्न अधिकारीले अस्पताललाई आग्रह गरे ।

विश्वविद्यालयका विद्यार्थीले अन्य अस्पतालमा गएर प्रयोगात्मक अभ्यास गर्नुपर्ने परिस्थितिको अन्त्य गर्दै यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा सुलभ र सहजता प्रदान गर्ने उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले बताए ।

अन्य विश्वविद्यालयले खर्चको ८० प्रतिशत अनुदान पाए पनि पोखराले १० प्रतिशत मात्रै अनुदान पाएको अर्यालको गुनासो छ ।

अस्पताल चलाउन पहिलेकै एउटा भवनसँगै ७ करोड रुपैयाँ लगानीमा नयाँ भवन बनाइएको छ । उपकरणसहित करिब १५ करोड रुपैयाँ लगानीमा अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको हो । अस्पतालका लागि भारतीय दूताबासले एउटा एम्बुलेन्स प्रदान गरेको छ भने विभिन्न संघसंस्थाले उपकरण दिएका थिए ।

पोखरा विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय अन्तर्गत स्कुल अफ हेल्थ एण्ड एलाइट साइन्स र शिक्षण अस्पताल रहेको छ । स्कुल अफ हेल्थ एण्ड एलाइट साइन्स अन्तर्गत स्नातक तहमा नर्सिङका दुई कार्यक्रम (बीएनएफ र बिएस्सी नर्सिङ), बीफार्मेसी, बीपीएच र बीपीटी गरी ६ वटा कार्यक्रम सञ्चालनमा छ । स्नातकोत्तर तहमा ६ वटा कार्यक्रम सञ्चालनमा छन् । यसै शैक्षिक सत्रदेखि हेल्थ साइन्समा विद्यावारिधी (पीएचडी) कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ।

Tags: #Teaching HospitalPokhara university
Nisarga hospital Dhangadhi
Previous Post

बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

Next Post

गर्मी अत्यधिक बढेपछि उदयपुरका अस्पतालमा बिरामीको चाप

Related articles

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान
News

नवजीवन अस्पताललाई सामाजिक सुरक्षा कोष द्वारा सम्मान

12 hours ago
776
नेपालमा अहिलेसम्म ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण #Hivaidsday2022
News

नेपालमा एचआइभीको संक्रमण दर घट्दै

1 day ago
777
नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न
News

नेपाल र भारतीय चिकित्सकहरूको २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन काठमाडौंमा धुमधामसहित सम्पन्न

1 day ago
811
प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon
News

प्राडा. राजीव झाको अध्यक्षता नेपाल न्यूरोसर्जन समाजको नयाँ कार्यसमिति चयन #Neurosurgeon

3 days ago
780
मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी
News

मेडिकल काउन्सिलको सदस्य पदका लागि डा. निशान भुर्तेलको उम्मेदवारी

5 days ago
866
बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

बुटवलमा मृगौला र मुत्ररोग सम्बन्धि स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

5 days ago
825
Next Post
गर्मी अत्यधिक बढेपछि उदयपुरका अस्पतालमा बिरामीको चाप

गर्मी अत्यधिक बढेपछि उदयपुरका अस्पतालमा बिरामीको चाप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,313)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.