Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २१
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मुख स्वास्थ्य अनि कोरोना संक्रमण

HNN Staff by HNN Staff
March 22, 2020
in News
Reading Time: 1 min read
A A
4
received 198384948114983
625
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

हाम्रो शरीरको मूल ढोका अर्थात मुखको माध्यमबाट विभिन्न रोगहरुले प्रबेश पाउदछ। विश्व स्वास्थ्य संगठनले विश्व ब्यापी रुपमै एन-कोभिड १९ महामारी घोसना गरेको परिपेक्ष्यमा आज २० मार्च अर्थात विश्व मुख स्वास्थ्य दिवसका अवसरमा केहि सान्दर्भिक तथ्य केलाउन चाहन्छौ।

सन् २०१९ को अन्त्यमा चीनको हुवेइ (Hubei) प्रान्तमा एन-कोभिड १९ कोरोना भाइरसको संक्रमण देखा पर्यो। नोबल कोरोना (एन-कोभिड १९) कोरोना भाइरस अन्तर्गत पर्ने एउटा प्रजाति हो। यसले मानब शरीर अनि जीव जन्तुहरुमा स्वास प्रस्वास तथा आन्द्राको संक्रमण निम्त्याउने गर्दछ। सन् २००२ अघि कोरोना भाइरसका कुनै पनि प्रजातिलाई घातक सिद्ध मानिएको थिएन। चीनको ग्वान्दोंग (Guangdong) प्रान्तमा सन् २००२ नोवेम्बर र २००३ जुलाई मा पहिलो पटक सार्स (SARS)का रुपमा देखा परेको थियो। त्यसबेला संक्रमित ८,०९८ मध्ये ७७४ जनाको मृत्यु भएको थियो । त्यसैगरी कोरोना भाइरस कै नया प्रजाति (MERS) साउदी अरेबियामा सन् २०१२ मा देखापरेको थियो, जसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ८६६ पुगेको छ भने संक्रमितको संख्या २,५१९ रहेको छ। कोरोना भाइरसहरु मध्ये हाल सम्मकै घातक एन-कोभिड १९ ले ८६४८ को ज्यान लिईसकेको छ। विश्व स्वास्थ्य संगठनको मिति २०२० मार्च १९ को प्रतिबेदन अनुसार १९,११२७ संक्रमित मध्ये ७,८०७ जनाको मृत्यु भैसकेको छ र बिगत २४ घण्टामा मृत्यु हुनेको संख्या ७८६ रहेको छ ।

यो भाइरसको संक्रमण भएको अवस्थामा मुख्यत जोरो आउने, सुख्खा खोकी लाग्ने साथ साथै कलेजो बाट उत्पादन हुने तत्व (enzymes) को ब्रिधि हुने देखिएको छ । यसका साथ साथै घाटी दुख्ने, टाउको दुख्ने, छाती कस्सिएको महसुस हुने, पखाला लाग्ने र थकाई लाग्ने जस्ता सामान्य लक्ष्णहरु पनि देखा पर्न सक्छन। यी लक्ष्णहरु मध्ये जोरो तथा खोकी अरु स्वास प्रस्वास सम्बन्धि रोगहरु जस्तै इन्फ्लुएन्जा (influenza), सिन्सैतियेल भाइरस (respiratory syncytial virus) लगाएत अन्य स्वास प्रस्वास सम्बन्धि समस्या गराउने भाइरसहरुको संक्रमणमा पनि देखिन सक्छ।
ए१९ कोरोना भाइरस संक्रमण महामारीको अवस्थामा स्वास तथा यरोसोल (हावा र पनि मिस्रित सुक्ष्म कण) का माध्येमबाट एक अर्कामा सर्ने तथ्य हामी मझ आएको छ। एक अध्ययन अनुसार कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दा २ देखि १० दिन पछि मात्र यसका लक्ष्णहरु देखा पर्ने हुनाले दन्त उपचारका लागि आउने बिरामीहरु संक्रमणको स्रोतका रुपमा प्रस्तुत हुन सक्छन। सोहि अध्ययन अनुसार निर्जीव बस्तु जस्तै धातु, सिसा र प्लास्टिक मा ९ दिन सम्म पनि यो जीवाणु रहिरहन सक्छ। यस कारणले आज विश्व मुख स्वास्थ्य दिवस मनाईरहदा दन्त चिकित्सकहरु उच्च जोखिममा रहेका छन्। दन्त उपचारका लागि दाँत सफा तथा भर्ने क्रममा प्रयोग हुने साधनहरुले उत्पन्न गर्ने यरोसोल र स-साना पानीका बुंदाहरु बिरामी, दन्त चिकित्सक र दन्त सहायकहरुमा छरिने गर्दछ। तेसैलेगर्दा पनि उपचार का लागि आउने बिरामीहरु क्रस कन्टामीनेशन (cross-contamination) को जोखिममा रहन्छन्।

यस अवस्था मा अत्यावाश्यक बाहेक का अन्य सामान्य दन्त उपचारहरु संक्रमण रोक थाममा नआएसम्मका लागि पछि सर्दा वा स्थगित गर्दा नै बेश हुने देखिन्छ। दन्त चिकित्सलायमा हुने संक्रमण नुइनिकरनका लागि ६२-७१% इथानोल (ethanol), ०.५% हाईड्रोजन पेरोअक्साइड (hydrogen peroxide) अथवा ०.१% सोडियम हाइपोक्लोराइट (sodium hypochlorite) संक्रमित निर्जीव बस्तुहरुमा एक मिनेट भित्र प्रयोग गर्न अवाश्यक छ।
दन्त उपचारमा आइपर्ने आपत कालिन अवस्थाहरु यस प्रकार हुन सक्छन:
१) कुनै कारण बस मुख तथा गिजाबाट रक्त श्राप भएमा र रगत बग्ने क्रम नरोकिएमा,
२) अत्याधिक मात्रमा मुख तथा दाँतमा साहन नसकिने गरि दुखाई भएमा,
३) दुर्घटना अथवा अन्य कुनै कारण बस दाँत अथवा मुखमा चोट पट लागेमा,
४) मुख अड्किएर बन्द गर्न नसकिएको अवस्थामा,
५) मुख को हड्डी भाचियेमा,
६) कुनै पनि चोटपटक तथा संक्रमणको कारणले गाला, अनुहार तथा घाटीको ओरिपरि सुन्निएर थुक निल्न/ सास फेर्न गारो भएमा।
यस जोखिम पूर्ण अवस्थामा पनि बिरामी प्रतिको जिम्बेवारीलाई बहन गरिरहेका चिकित्सकहरुको स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्न का निम्ति बिसेस पहलकदमी आजको आवश्येकता हो। साथ साथै बिरामीहरुमा संक्रमण हुन नदिनका लागि जोखिम न्युनिकारणका उपायहरु कडा रुपमा अपनाउनु पर्ने देखिन्छ। यसका लागि उपयुक्त सावधानीका साधनहरु जस्तै मास्क (mask), फ्येश सिल्ड (face shield), हेड क्याप (head cap), पन्जा (glove), गाउँन (gown) आधी पर्याप्त मात्रामा उपलब्ध हुन जरुरि छ।
सरोकारवाला निकयेहरु बीच समन्वय तथा आपसी समझधारी हुन जरुरि देखिन्छ। साथै बिरामीहरु बाट पनि यस कठिन घड मा उत्तिकै सहयोगको आवश्यकता पर्दछ। यस सम्बन्धि ज्ञान देश भरका दन्त चिकित्सक साथ साथै जना मानश मा पुर्याउनु पर्दछ।
डा. नशिब पाण्डेय
डा. सुस्मित कोजु
✍️ लेख द्वय कान्तिपुर डेन्टल कलेज,
बसुन्धारा काठमाडौमा कार्यरत हुनुहुन्छ।

Tags: Corona Virus #Covid19Oral Health
SummarizeShare273ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

by Nam Raj Bhatta
October 7, 2026
0

मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.