काठमाडौं, ९ वैशाख २०८०
अप्रिल महिनामा मुख क्यान्सर जनचेतना सम्बन्धी मुल विषयमा आधारित रहि मुख क्यान्सर जनचेतनामुलक कार्यक्रम मनाउने गरिन्छ।
शनिबार हनुमान ढोका दरबार स्क्वायर डबलीमा मुख तथा अनुहार शल्यचिकित्सक संघ नेपाल, मुख तथा अनुहार प्याथोलोजिष्ट संघ नेपाल र सार्क फेडेरेसन अफ अनकोलोजीको आयोजना र काठमाडौँ क्यान्सर अस्पताल, सम्यक डायगनोस्टिक प्रालिको आर्थिक सहयोगमा कार्यक्रम गरिएको मुख तथा अनुहार शल्यचिकित्सक डा. सुरेन्द्र कुमार आचार्यले बताउनुभयो।
मुख तथा अनुहार शल्यचिकित्सक, मुख तथा अनुहार प्याथोलोजिस्ट, ओरल फिजिसियन, दाँत तथा मुख जनस्वास्थ्य विद, मुख चिकित्सा सम्बन्धी विद्यार्थीहरुको सहभागीता रहेको डा. आचार्यले बताए।
मुख क्यान्सरले विश्वभर भयाबह रूप लिदैछ। नेपाल पनि अछुतो रहन सकेन । यो विश्वमा सोह्रौं स्थानमा छ र नेपालमा छैटौँ स्थानमा छ। मुखको क्यान्सर मृत्युको टप ८ कारणमा पर्छ।
यसका कारणहरू: पान, गुट्खा, खैनी, सुर्ती, हुक्का, तम्बाखु, चुरोट, जाँड रक्सी, सुपारी, चुच्चा दाँत, एचपीभी भाइरस र जेनेटिक हुन।
लक्षणहरू: लामो समय देखि सञ्चो नहुने घाउ खटिरा, सुन्निने, दाँत हल्लिनु, रगत आउनु, श्वास गन्हाउनु, पिप जम्नु, थुक निल्न गाह्रो हुनु र धेरै थुक आउनु हो। मुखको क्यान्सर समयमै पत्ता लागेमा यसको राम्रो उपचार हुन्छ त्यसैले समय समयमा मुख रोग विशेषज्ञ सँग परामर्श लिनुपर्छ।
यसको उपचार विधि: अप्रेसन, सेकाउने, केमाे, या यी एक दुई या सबै विधि संगै बाट पनि उपचार गरिन्छ या अंतिम स्टेजमा प्यालीयटिभ केयर मात्र हुन्छ।
मुखको क्यान्सर भए मुख तथा अनुहार अंग भंग हुने, खाना गार्हो हुने, श्वास फेर्न गार्हो हुने, बास्ना थाहा नपाउने र बोल्न गार्हो हुने हुन्छ।
यसको उपचारको लागि टीम चाहिने हुन्छ। सर्जन (मुख तथा अनुहार शल्यचिकित्सक, ENT सर्जन, सर्जिकल अन्कोसर्जन), बेहोशी डाक्टर, पुनर्संरचना सर्जन, मेडिकल oncologist, radiation oncologist, radiologist, pathologist, dentist, prosthodontist र आहारबिद हुन्।
विडम्बना मूलतः मुखको क्यान्सर पत्ता लगाउने मुख तथा अनुहार सर्जन, ओरल प्याथोलोजिस्ट हुन तर नेपालको सरकारी तथा प्राइभेट अस्पतालहरूमा यी विषयको कुनै दरबन्दी छैन।
भक्तपुर क्यान्सर अस्पताल, विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पनि यो विषयको सेवा छैन।