आज मिति : २०८२ बैशाख ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड

Nam Raj Bhatta by Nam Raj Bhatta
March 5, 2024
in News
A A
0
नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २२ फागुन २०८०

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन्।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए।dr. Devkota

डा. देवकोटाले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुनु पर्छ भन्ने सरकारको धारणा भएको बताउदै यसका लागि नियमनकारी निकायको क्षमता वृद्धी गर्ने र सार्वजनिक खरिद ऐनको बाधा कसरी फुकाउने भन्नेमा काम भइरहेको बताए।

उनले भने ‘सार्वजनिक खरिद ऐनका केही प्रवधानले हाल चाहेर पनि सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगको मात्र खरिद गर्न सकिइरहेको छैन।’ डा. देवकोटाले गुणस्तर तथा खरिद लगायतका विषयमा औषधी व्यवस्था विभागको नेतृत्वमा सरोकारवाला सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको गुणस्तर भनेको एक पटक केही मापदण्डमा नापेर मात्र नहुने बिरामीले खाएपछी शरिरमा कसरी काम गर्यो भन्ने बेला सम्मको औषधिको गुणस्तर मापन निर्धारण गर्ने बताए।Narayan dhakal

उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको, ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको सुनाए। ढकालले भने ‘सर्टेन टेष्ट गरेर मात्र गुणस्तर भन्ने मिल्दैन त्यसको होल लाइफसाइकललाई हेर्नुपर्दछ। जिवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर भएको बताए।औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने गरेको गुनासो गरे।

उनले नेपालका औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको वार्षिक ३० अर्बको मात्र बिक्री हुने गरेको जानकारी दिए। उनले भने, “६० अर्ब लगानी गरेर ३० अर्बको व्यापार हुन्छ। कुनै पनि बिजनेशले प्रगती गर्न लगानीको ३ देखी ६ गुणाको ट्रान्जेक्सन गर्नुपर्दछ, नेपालमा लगानिको आधा मात्र व्यापार छ। यसले गर्दा नेपाली औषधी उद्योगलाई समस्या छ।”Group apon

उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए। उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमममा आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनलि रहेको छ। उनले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै विरामी सम्म पुर्याएको बताए।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले नेपाली औषधि उद्योगको संरक्षण आवश्यक रहेको बताए।

कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरिय औषधि उत्पादनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।

Tags: #government of NepalNepal medicine company
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल मेडिकल कलेजमा कानको श्रवण सम्बन्धि निशुल्क जाँच

Next Post

नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

9 hours ago
1.5k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

16 hours ago
792
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

17 hours ago
792
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

2 days ago
843
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
784
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
798
Next Post
नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली

नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसंग प्रतिस्पर्धा गर्न योग्य छन् : एपोन महासचिव खेगुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...