Magnus pharma
आज: २०८३ बैशाख ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड

Nam Raj Bhatta by Nam Raj Bhatta
March 5, 2024
in News
Reading Time: 1 min read
A A
0
नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २२ फागुन २०८०

नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरोकारवालाले जोड दिएका छन्।

स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानूनी प्रावधान’ बिषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउन जोड दिएका हुन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाले सरकारले औषधिमा मुलुकलाई आत्मनिर्भर बनाउने पहल गरिरहेको बताए।dr. Devkota

डा. देवकोटाले आफ्नै देशमा उत्पादित औषधिबाटै नै आत्मनिर्भर हुनु पर्छ भन्ने सरकारको धारणा भएको बताउदै यसका लागि नियमनकारी निकायको क्षमता वृद्धी गर्ने र सार्वजनिक खरिद ऐनको बाधा कसरी फुकाउने भन्नेमा काम भइरहेको बताए।

उनले भने ‘सार्वजनिक खरिद ऐनका केही प्रवधानले हाल चाहेर पनि सरकारले निःशुल्क वितरण गर्ने ९८ वटा औषधि स्वदेशी उद्योगको मात्र खरिद गर्न सकिइरहेको छैन।’ डा. देवकोटाले गुणस्तर तथा खरिद लगायतका विषयमा औषधी व्यवस्था विभागको नेतृत्वमा सरोकारवाला सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको गुणस्तर भनेको एक पटक केही मापदण्डमा नापेर मात्र नहुने बिरामीले खाएपछी शरिरमा कसरी काम गर्यो भन्ने बेला सम्मको औषधिको गुणस्तर मापन निर्धारण गर्ने बताए।Narayan dhakal

उनले गुणस्तर सुधार्न विभागले नयाँ नयाँ प्रविधि ल्याइरहेको भन्दै उद्योगले पनि सुधार गरिरहेको, ‘रिसर्च, विज्ञलाई राखेर औषधिको फर्मुलेसन भइरहेको सुनाए। ढकालले भने ‘सर्टेन टेष्ट गरेर मात्र गुणस्तर भन्ने मिल्दैन त्यसको होल लाइफसाइकललाई हेर्नुपर्दछ। जिवन पथमा त्यो औषधिले काम गरेर मात्र त्यो गुणस्तर हुन्छ।’

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले नेपालमा उत्पादन गने औषधि गुणस्तर भएको बताए।औषधि उद्योग संचालन गर्न त्यति सजिलो नभएको भन्दै बाहिर बसेर औषधि उद्योगभित्र पिडा नबुझ्ने गरेको गुनासो गरे।

उनले नेपालका औषधि उद्योगमा ६० अर्ब रुपिया लगानी रहेको तर स्वदेशी उद्योगले उत्पादन गरेका औषधिको वार्षिक ३० अर्बको मात्र बिक्री हुने गरेको जानकारी दिए। उनले भने, “६० अर्ब लगानी गरेर ३० अर्बको व्यापार हुन्छ। कुनै पनि बिजनेशले प्रगती गर्न लगानीको ३ देखी ६ गुणाको ट्रान्जेक्सन गर्नुपर्दछ, नेपालमा लगानिको आधा मात्र व्यापार छ। यसले गर्दा नेपाली औषधी उद्योगलाई समस्या छ।”Group apon

उनले सरकारले खरिद गर्ने औषधि स्वदेशी उद्योगले उत्पादन गरेको खण्डमा औषधि उद्योग फस्टाउने बताए। उनले सरकारले खरिद गर्ने औषधि किनेमा आफुहरु छ बर्षभित्रमा मुलुकलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र बाहिरबाट कुनै पनि औषधि खरिद गर्न नपर्ने अवस्थाको सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रमममा आयुर्वेदिक औषधि उत्पादन संघका अध्यक्ष सुमन पाण्डेले औषधिको गुणस्तरमा संवेदशनलि रहेको छ। उनले सरकारले बनाएको मापदण्ड पुरा गरेर नै विरामी सम्म पुर्याएको बताए।

नेपाल फर्मास्युटिकल्स एसोसिएसनका महासचिव संजिव कट्टेलले औषधिको लागि गुणस्तरिय प्रयोगशालामा ध्यान दिनुपर्ने बताए।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले नेपाली औषधि उद्योगको संरक्षण आवश्यक रहेको बताए।

कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका अध्यक्ष सरोज ढुंगेलले औषधि मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने भएकोले गुणस्तरिय औषधि उत्पादनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।

Tags: #government of NepalNepal medicine company
SummarizeShare234ScanTweet146

Related articles

इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

इरानमा अत्यावश्यक औषधिको अभाव #Iran

by Nam Raj Bhatta
April 16, 2026
0

इरानमा युद्धका कारण अत्यावश्यक औषधिको अभाव र मूल्यमा तीव्र वृद्धि भएको रिपोर्ट आएको छ, जसका कारण सर्वसाधारणलाई उपचार पाउन गाह्रो हुँदै गएको छ। रिपोर्टहरूका अनुसार, देशमा क्यान्सर र...

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

by Nam Raj Bhatta
April 16, 2026
0

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं शाखाले अस्पतालहरूले कार्यालय समयमा औषधि प्रतिनिधिलाई प्रवेश निषेध गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै समाधानका लागि सरोकारवाला पक्षसँग पहल गर्न आग्रह गरेको...

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

by Nam Raj Bhatta
April 16, 2026
0

नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन सुरु गरेको छ। यसअघि सोपानले वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तालिका भए पनि सरकारले...

डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

by Nam Raj Bhatta
April 15, 2026
0

नेपाल डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. द्वारिका बजगाई र महासचिवमा डा. बसन्त न्यौपाने चयन भएका छ्न। गत चैत्र २९ गते बसेको वैठकबाट नयाँ कार्यसमिति चयन भएको हो।...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
Madira sewan ko asarharu DPHO Office Lalitpur
× Full size view
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    682 shares
    Share 273 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    631 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    628 shares
    Share 251 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    674 shares
    Share 301 Tweet 156
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    617 shares
    Share 247 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • इरानमा अत्यावश्यक औषधिको अभाव #Iran
  • अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह
  • सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला
  • डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने
  • ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.