Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention का लागि तालिम सम्पन्न #Elephantsdiseases

यस वर्ष आम औषधि अभियान १२ जिल्लामा हुनेछ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 30, 2020
in News, Research & Study
Reading Time: 1 min read
A A
0
हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention का लागि तालिम सम्पन्न #Elephantsdiseases
632
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नेपालगञ्ज, १५ पौष ,२०७७

स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना, विश्व स्वास्थ्य संगठन नेपालको प्राबिधिक सहयोग तथा UKAID/ASCEND को आर्थिक एबम प्राबिधिक सहयोगमा हात्तीपाईले रोगको morbidity mapping तथा disability prevention गर्नको लागि प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम बाँकेको नेपालगन्जमा सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य संगठनको रणनीति अनुसार संसार बाट हात्तीपाईले रोग निवारण गर्नको लागि दुई वटा रणनीति अनुसार काम सम्पन्न गर्नुपर्दछ । जस अनुसार पहिलो रणनीति भनेको रोगको प्रिभ्यालेन्स बढी भएको जिल्लाहरुमा लगातार ६ वर्ष सम्म आम मानिसहरुलाई औषधि खुवाउनु पर्दछ भने अर्को रणनीति भनेको हरेक जिल्लामा रोगबाट प्रभावितहरुको दर पत्ता लगाउने र तिनीहरुको आवश्यक ब्यबस्थान गर्ने रणनीति हो । जसलाइ अंग्रेजीमा Morbidity mapping र Disability Prevention भनेर चिनिन्छ । नेपालमा हात्तीपाईले रोग निवारणको काम सन् २००३ मा पर्सा जिल्लाबाट आम औषधि खुवाउने अभियान शुरुवात गरे देखि भएको हो । नेपालका ६३ वटा जिल्ला हात्तीपाईले रोगबाट प्रभावित छन् । उक्त सबै जिल्लामा सन् २०१३ सम्ममा आम औषधि खुवाउने अभियान शुरु गरि हाल सम्म कम्तिमा सबै जिल्लाहरुमा ६ चरण औषधि खुवाउने काम सम्पन्न भै सकेको छ । ६ चरण औषधि खुवाई सकेपछी देशका १२ जिल्ला बाहेक अरु सबै जिल्लामा हात्तीपाईलेको निवारणको लक्ष्य प्राप्ति भैसकेको छ ।

यस वर्ष आम औषधि अभियान १२ जिल्लामा हुनेछ , किनकी ति जिल्लाहरुमा अहिले सम्म पनि हात्तीपाईलेको प्रभाव दर १ प्रतिशत भन्दा तल झरेको छैन । त्यसै गरि हात्तीपाईलेका कारणले मानिसहरुमा अन्डकोष सुन्निने , स्तन सुन्निने , खुट्टा हात्तीको जस्तो हुने , हातको पाखुरा सुन्निने जस्ता गम्भीर लक्षण देखा पर्दछन् । यसरि गम्भीर प्रभाव परेका बिरामीहरु मध्ये अन्डकोष सुन्निएका व्यक्तिहरुको लागि सरकारी अस्पतालहरुमा निशुल्क हाईड्रोसिलको अप्रेसन गरिन्छ । अन्य बिरामीहरुलाई भने घरमै कसरी स्याहार गरिनुपर्छ भन्ने कुरा सिकाउने र स्याहार किट समेत उपलब्ध गराउने गरि कार्यक्रम तय हुने कुरा स्वास्थ्य सेवा बिभाग , इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमान्डौ का VBD/NTD शाखा प्रमुख डा.प्रकाश प्रसाद शाहले जानकारी दिनु भएको छ ।

नेपालमा सन् २०१६ बाट हात्तीपाईले रोगको Morbidity mapping र Disability Prevention को काम कंचनपुर र धादिङ जिल्लाबाट शुरु भएको र हाल सम्म २५ वटा जिल्लामा सम्पन्न भैसकेको छ । चालु आर्थिक बर्षमा थप १८ वटा जिल्लामा Morbidity mapping र Disability Prevention को काम गरिने गरि कार्यक्रम तय भएको कुरा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका VBD/NTD शाखाका बरिष्ठ जन स्वास्थ्य अधिकृत लिला बिक्रम थापाले बताउनु भएको छ ।

Morbidity mapping र Disability Prevention सम्बन्धि नेपालगन्जमा भएको प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम तालिम मा UKAID/ASCEND का कार्यक्रम ब्यबस्थापक प्रदिप रिमाल लगायतले सहजीकरण गरेका थिए । प्रमुख प्रशिक्षक प्रशिक्षण तालिममा सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालयबाट सहभागिता रहेको थियो त्यसै गरि उक्त तिन वटा प्रदेशका Morbidity mapping र Disability Prevention को काम गरिने सुदूरपश्चिम प्रदेशका डडेल्धुरा , डोटी , दार्चुला, र बझांग , कर्णाली प्रदेशका रुकुम पश्चिम र बर्दिया तथा लुम्बिनी प्रदेशका प्युठान र रुकुम पुर्वका सहभागी बोलाएर कार्यक्रम सम्पन्न भएको छ ।

Tags: #government of Nepal#Health and population ministry#World health organizationCorona Virus #Covid19Dr.prakash prasad shahEpidiomologyMorbidity mapping Disability PreventionUKAID/ASCEND
SummarizeShare280ScanTweet147

Related articles

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग

by Nam Raj Bhatta
April 30, 2026
0

अष्ट्रेलियाको मेलबर्नमा चार दिनसम्म चलेको विश्वव्यापी सम्मेलन ‘विमेन डेलिभर २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। अप्रिल २७ देखि ३० सम्म आयोजित उक्त सम्मेलनको अन्तिम दिन नेपाल केन्द्रित विशेष सत्र...

किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै

by Nam Raj Bhatta
April 30, 2026
0

किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्य उपचार भइरहेको अस्पतालले जनाएको छ । बुधबार उपसभामुख ठाकुर स्वास्थ्यमा समस्या भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी थिइन्...

चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

by Nam Raj Bhatta
April 29, 2026
0

काठमाडौं महानगरपालिका वडा नं. ७, लामपोखरीस्थित माता पिता सेवा सदनमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सामुदायिक प्रहरी...

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

by Nam Raj Bhatta
April 27, 2026
0

नेपालका औषधि प्रतिनिधिहरुको गौरबशाली संगठन, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९ औँ केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ। पोखरामा भएको अधिवेशनबाट निरज पन्त अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै
  • चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.