आज मिति : २०८२ जेष्ठ २१
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19

HNN Staff by HNN Staff
April 23, 2020
in News
A A
0
औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं ११,बैशाख

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ ।
‘जीटुजी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपियाँ (एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर)को सम्झौता गरिएको हो । चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । सम्झौताअनुसार चीनबाट ३४२ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । आइतबारै सो सम्झौता सम्पन्न भए पनि मङ्गलबार नेपाली सेनाले सो जानकारी दिएको हो ।
नेपालले सम्झौता अनुसारको रकम राष्ट्र बैङ्कको स्वीकृति लिएर भुक्तानी गरिसकेको छ । सम्झौतामा नेपालका तर्फबाट नेपाली सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनका तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो । चीनसँग कोरोना उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिद गर्ने सूचीमा नेपाल ८१औँ मुुलुक हो ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, उपकरण लगायतका स्वास्थ्य सामग्री खरिदबारे जानकारी दिन नेपाली सेनाद्वारा मङ्गलबार आयोजित भिडियो संवादमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग गरिएको उक्त सम्झौताबारे जानकारी दिनुभयो । चीनसँग ६७ प्रकारका स्वास्थ्य सामग्रीका लागि यो सम्झौता भएको हो ।
नेपाल आउने सामग्रीको गुणस्तर मापदण्ड पूरा गरिएको बताउँदै प्रवक्ता पाण्डेले सम्झौताअनुसार आयात गरिएको सामान गुणस्तरहीन पाएको अवस्थामा पाँच दिनभित्र फिर्ता गर्न सक्ने अधिकार पनि सेनासँग सुरक्षित रहेको स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद्को चैत १६ को निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी निर्णय कार्यान्वयन गर्न रक्षा मन्त्रालयबाट चैत १९ गते प्राप्त पत्रअनुसार सार्वजनिक खरिद ऐन र नियमावली पालना गर्दै चीनसँग सो सम्झौता गरिएको उहाँले एडुकास्टलाई बताउनुभयो।
उहाँका अनुसार ३४२ टन सामग्री ल्याउन एकै पटक ढुवानी गर्न सम्भव नहुने भएकाले विभिन्न चरणमा ढुवानी गरिनेछ । पहिलो चरणमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क, पीसीआर परीक्षण किट लगायतका अति आवश्यकीय सामग्री हवाई मार्गमार्फत अबको एक हप्ताभित्र नेपाल आइपुग्नेछ । अन्य सामग्री स्थल मार्गबाट ल्याइनेछ ।
चीनले सम्पूर्ण स्वास्थ्य सामग्री गोन्जाउमा उपलब्ध गराउनेछ । जहाँबाट स्थल मार्ग भएर तातोपानीसम्म सामग्री ल्याउन कम्तीमा एक हप्ता लाग्नेछ । हवाई मार्गबाट ढुवानीका लागि नेपाल वायुसेवा निगम र श्री एयरलाइन्ससँग उडान मूल्यसूची (फ्लाइट चार्टर रेट) माग गरिएको छ । उहाँले भन्नुभयो, “वाइड बडी जहाजमा १८ देखि २० टनसम्म मात्र ल्याउन सकिने रहेछ, त्यसैले प्राथमिकता तय गरेर अहिलेलाई कम्तीमा दुई खेप हवाई मार्गबाट सामान ल्याउनेछौँ, त्यसपछि स्थल मार्गबाट पनि सामान ल्याइनेछ ।”
“अहिले मुलुकमा कोरोना सङ्क्रमणको भयावह स्थिति उत्पन्न भइनसकेकाले स्थल मार्गबाट पनि सामग्री ल्याउनेछौँ”, प्रवक्ता पाण्डेले भन्नुभयो, “अहिले अत्यावश्यकचाहिँ हवाई मार्गबाटै ल्याउनेछौँ ।” परिस्थिति जटिल बन्दै गएको अवस्थामा हवाई मार्गबाट सबैै सामग्री ल्याउन सकिने विषयमा समेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग औषधि खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो । उहाँका अनुसार औषधि खरिदका लागि भुक्तानी दिन जङ्गी अड्डाको खरिद एकाइले भारतलाई ‘मोड अफ पेमेन्ट’का लागि पत्र पठाए पनि भारतबाट अहिलेसम्म मूल्यसूची प्रस्तावलगायत कुनै प्रतिक्रिया आउन सकेको छैन । भारतसँग ५३ प्रकारका औषधि खरिद गर्न लागिएको हो । भारतसँग खरिद गर्न लागिएको औषधि कोरोना उपचारका लागि चाहिएको हुनाले स्वास्थ्य सामग्री खरिदलाई पहिलो प्राथमिकतामा राखिएको प्रवक्ता पाण्डेले स्पष्ट पार्नुभयो ।

Tags: Corona Virus #Covid19Health equipment
Nisarga hospital Dhangadhi
Previous Post

लकडाउनलाई मध्यनजर गर्दै बृहत रक्तदान कार्यक्रम सम्पन्न #Blood-donation

Next Post

कोरोना महामारी : मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो #Covid19

Related articles

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ
News

कीर्तिपुरका मेयर डंगोलद्वारा विष्णुदेवी अस्पतालमा २४ घन्टे आकस्मिक सेवाको शुभारम्भ

7 hours ago
808
नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै
News

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

2 days ago
805
विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली
News

विश्व धूम्रपानरहित दिवसमा  डब्लुएचओ नेपाल र नेपाल हेल्थ कोर्प्सको ‘वाल्क द टक’ जनचेतना र्‍याली

2 days ago
780
जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर
News

जनस्वास्थ्य: सामुदायिक स्वास्थ निरुपण कार्यक्रम गाउँ गाउँमा डाक्टर

3 days ago
869
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई ९० दिनको लागि रोजगारीको अवसर

3 days ago
800
नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित
News

नेपाल डेन्टल एसोसिएसनको अध्यक्षमा डा. अजय शाह निर्वाचित

3 days ago
836
Next Post
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

कोरोना महामारी : मृत्यु हुनेको संख्या १ लाख ८४ हजार नाघ्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,054)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.