10th Nepal Pharma Expo 2026 Kathmandu
  • Login
  • Register
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19

HNN Staff by HNN Staff
April 23, 2020
in News
Reading Time: 1 min read
A A
0
औषधि तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाको चीन सरकार सँग सम्झौता #Covid19
606
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं ११,बैशाख

कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिदका लागि नेपाली सेनाले चीन सरकारसँग सम्झौता गरेको छ ।
‘जीटुजी’ प्रक्रियाबाट स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न करिब सवा दुई अर्ब रुपियाँ (एक करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर)को सम्झौता गरिएको हो । चीन सरकारको स्वामित्वमा रहेको चाइना सिनोफर्म कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । सम्झौताअनुसार चीनबाट ३४२ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । आइतबारै सो सम्झौता सम्पन्न भए पनि मङ्गलबार नेपाली सेनाले सो जानकारी दिएको हो ।
नेपालले सम्झौता अनुसारको रकम राष्ट्र बैङ्कको स्वीकृति लिएर भुक्तानी गरिसकेको छ । सम्झौतामा नेपालका तर्फबाट नेपाली सेनाका सम्भार रथी प्रभुराम शर्मा र चीनका तर्फबाट वाणिज्य मन्त्रालयका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो । चीनसँग कोरोना उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिद गर्ने सूचीमा नेपाल ८१औँ मुुलुक हो ।
कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि, उपकरण लगायतका स्वास्थ्य सामग्री खरिदबारे जानकारी दिन नेपाली सेनाद्वारा मङ्गलबार आयोजित भिडियो संवादमा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिदका लागि चीनसँग गरिएको उक्त सम्झौताबारे जानकारी दिनुभयो । चीनसँग ६७ प्रकारका स्वास्थ्य सामग्रीका लागि यो सम्झौता भएको हो ।
नेपाल आउने सामग्रीको गुणस्तर मापदण्ड पूरा गरिएको बताउँदै प्रवक्ता पाण्डेले सम्झौताअनुसार आयात गरिएको सामान गुणस्तरहीन पाएको अवस्थामा पाँच दिनभित्र फिर्ता गर्न सक्ने अधिकार पनि सेनासँग सुरक्षित रहेको स्पष्ट पार्नुभयो । मन्त्रिपरिषद्को चैत १६ को निर्णयबमोजिम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी निर्णय कार्यान्वयन गर्न रक्षा मन्त्रालयबाट चैत १९ गते प्राप्त पत्रअनुसार सार्वजनिक खरिद ऐन र नियमावली पालना गर्दै चीनसँग सो सम्झौता गरिएको उहाँले एडुकास्टलाई बताउनुभयो।
उहाँका अनुसार ३४२ टन सामग्री ल्याउन एकै पटक ढुवानी गर्न सम्भव नहुने भएकाले विभिन्न चरणमा ढुवानी गरिनेछ । पहिलो चरणमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क, पीसीआर परीक्षण किट लगायतका अति आवश्यकीय सामग्री हवाई मार्गमार्फत अबको एक हप्ताभित्र नेपाल आइपुग्नेछ । अन्य सामग्री स्थल मार्गबाट ल्याइनेछ ।
चीनले सम्पूर्ण स्वास्थ्य सामग्री गोन्जाउमा उपलब्ध गराउनेछ । जहाँबाट स्थल मार्ग भएर तातोपानीसम्म सामग्री ल्याउन कम्तीमा एक हप्ता लाग्नेछ । हवाई मार्गबाट ढुवानीका लागि नेपाल वायुसेवा निगम र श्री एयरलाइन्ससँग उडान मूल्यसूची (फ्लाइट चार्टर रेट) माग गरिएको छ । उहाँले भन्नुभयो, “वाइड बडी जहाजमा १८ देखि २० टनसम्म मात्र ल्याउन सकिने रहेछ, त्यसैले प्राथमिकता तय गरेर अहिलेलाई कम्तीमा दुई खेप हवाई मार्गबाट सामान ल्याउनेछौँ, त्यसपछि स्थल मार्गबाट पनि सामान ल्याइनेछ ।”
“अहिले मुलुकमा कोरोना सङ्क्रमणको भयावह स्थिति उत्पन्न भइनसकेकाले स्थल मार्गबाट पनि सामग्री ल्याउनेछौँ”, प्रवक्ता पाण्डेले भन्नुभयो, “अहिले अत्यावश्यकचाहिँ हवाई मार्गबाटै ल्याउनेछौँ ।” परिस्थिति जटिल बन्दै गएको अवस्थामा हवाई मार्गबाट सबैै सामग्री ल्याउन सकिने विषयमा समेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि भारतसँग औषधि खरिद प्रक्रिया अगाडि बढिसकेको जानकारी प्रवक्ता पाण्डेले दिनुभयो । उहाँका अनुसार औषधि खरिदका लागि भुक्तानी दिन जङ्गी अड्डाको खरिद एकाइले भारतलाई ‘मोड अफ पेमेन्ट’का लागि पत्र पठाए पनि भारतबाट अहिलेसम्म मूल्यसूची प्रस्तावलगायत कुनै प्रतिक्रिया आउन सकेको छैन । भारतसँग ५३ प्रकारका औषधि खरिद गर्न लागिएको हो । भारतसँग खरिद गर्न लागिएको औषधि कोरोना उपचारका लागि चाहिएको हुनाले स्वास्थ्य सामग्री खरिदलाई पहिलो प्राथमिकतामा राखिएको प्रवक्ता पाण्डेले स्पष्ट पार्नुभयो ।

Tags: Corona Virus #Covid19Health equipment
SummarizeShare255ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
February 11, 2026
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
February 10, 2026
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
February 10, 2026
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    नेपाल औषधिगत बिक्री प्रबन्धक संघले गति लियो

    589 shares
    Share 236 Tweet 147
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    586 shares
    Share 234 Tweet 147
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    586 shares
    Share 234 Tweet 147
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    586 shares
    Share 234 Tweet 147
  • Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

    586 shares
    Share 234 Tweet 147
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.