आज मिति : २०८२ जेष्ठ १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

चिकित्सा आयोगमा एमडी एमएसको भर्नामा खुल्ला तर्फ विद्यार्थीहरु मर्कामा #MedicalEducationCommission

Nam Raj Bhatta by Nam Raj Bhatta
December 27, 2022
in News
A A
0
Doctor

Doctor

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १२ पुस २०७९

चिकित्सा शिक्षा आयोगलाई MD/ MS भर्ना सम्बन्धी सूचनामा र मनोनयन सम्बन्धमा विद्यार्थीहरुले ध्यानआकर्षण गराएका छन्।

हाल चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरी अनलाईन म्याचिङ प्रणालीको लागि आवेदन मागेको थियो।

आयोगले बिगतको भन्दा फरक व्यवस्था गर्दै यसपाली म्याचिङ प्रणालीबाट स्वत: माथिल्लो क्रममा उपग्रेट हुने व्यवस्था हटाइएको छ। यो पटक केवल दुई भर्ना सुची प्रकाशित हुने र सो भर्ना छाडेमा स्वत अन्य थप भर्ना लिन नपाइने किसिमको व्यवस्था राखिएको छ। यो व्यवस्थाले गर्दा पहिलो पटकमा छात्रवृत्ति वा पुर्ण शुल्किय जुनमा म्याच हुन्छ स्वत: त्यँही पढ्नुपर्ने अबस्था सिर्जना भएको छ।

यो व्यवस्थाले मेरिट भर्ना भन्दा पनि भाग्यको खेल बढी हुने देखिन्छ। यो व्यवस्थाले अघिल्लो एकीकृत प्रवेश परीक्षामा हासिल भएको उपलब्धिहरु समेत गुम्ने अवस्था सिर्जना गरेको छ। बिगतमा भएका र अब झनै टड्कारो रुपमा हुने केही कमजोरीहरु यहाँ उदाहरणका निम्ति विद्यार्थीले प्रस्तुत गरेका छन्। अहिले नेपाल बाहिर स्नातकोत्तर गर्न जानेको ठुलो लहर भएको छ।

नेपाल मेडिकल काउन्सिलको उपलब्ध तथ्याङ्कले सयौँको सङ्ख्यामा चिकित्सकहरु USMLE र PLAB जस्ता परीक्षाको तयारी गरिरहेको देखिन्छ। यी चिकित्सकहरुको स्नातकोत्तर म्याचिङ आउने मार्च १० तारिखमा हुन्छ। यदि बिगतको प्रवृत्तिलाई पछ्याउने हो भने प्रष्ट सँग भन्न सकिन्छ कि यी आवेदनकर्ता मध्ये धेरैले स्नातकोत्तरको अवसर बिदेशमै पाउनेछन्।

यी चिकित्सकहरुको बिगतमा विभिन्न सजायको व्यवस्था हुँदा समेत दोहोरो लाभको स्वार्थले प्रेरित भइ CEE को म्याचमा सिट रोक्ने अनि बिदेशीने गरेको देखिन्छ। यस्तो टड्कारो उदाहरण हुँदाहुँदै पनि बिगतको भन्दा अझै अवैज्ञानिक र सिट रोकेर राख्ने प्रवृत्तिलाई नै प्रोत्साहित गर्ने व्यवस्था अंगिकार गर्न खोज्न आफैमा उचित नदेखिएको पिडित विद्यार्थीहरुको भनाई छ।

हाल प्रस्तावित व्यवस्थाले हुन सक्ने नोक्सानीको एउटा उदाहरण पेश गरेका छन्। कुनै २५० को र्याङकको व्यक्तिले पुर्ण छात्रवृत्तिमा कुनै विषय पढ्न पायो, अनि २५१ कोले पुर्ण पैसा तिरेर पढ्न पायो। पहिलो लिष्टमा भने दुवैले अनिवार्य भर्ना गर्नुपर्ने हुन्छ। तरपछि २५० कोले सिट छोडेको अवस्थामा सो सिटमा २५१ मा उपग्रेट नभई त्यो भन्दा निकै तलको र्याङ्कले दोस्रो लिष्टमा पाउने अवस्था सिर्जना हुन जान्छ। यो वर्ष विगतको जस्तो जरिवाना र सजाय समेत हटाएर दुई भर्ना लिष्ट मात्रै प्रकाशित गर्ने र उपग्रेट गर्न नदिने व्यवस्था गर्नाले यो सिट रोक्ने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा अझ बढी प्रोत्साहित भएको छ।

यो मात्रै नभई सरकारी सेवामा कार्यरत तर दुइ वर्षको सेवा सर्त पूरा नगरेका चिकित्सकहरुले समेत सिट रोकेर पछि दोस्रो काउन्सिलिङमा जाने अनि पहिलो पटक बसेकाहरुले अपग्रेड हुन नपाउने अवस्था पनि रहेको छ। तसर्थ अहिलेको अवस्थालाई अबिलम्ब सच्याई पुर्ववत व्यवस्था नै कायम गर्न विद्यार्थीले माग गरेका छन्।

विद्यार्थीहरुको धेरै लामो मेहनत र संघर्ष केवल भाग्यको खेल मात्रै भएको छ त्यसैले आयोगका पदाधिकारीहरू रिसपोन्सिबल नभएको जसले गर्दा विद्यार्थीहरुको जीवन माथि खेलवाड गरेको छ।

Tags: #government of NepalCorona Virus #Covid19Medical education commission
Nisarga hospital Dhangadhi
Previous Post

सुदूरपश्चिममा पहिलो निजी अस्पताल खोल्ने डा. निरज अर्याल चिकित्सक संघमा भिड्दै #NmaElection2079

Next Post

सेती प्रादेशिक अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु #Setihospital

Related articles

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित
News

स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कारबाट सात जना नगद सहित सम्मानित

14 hours ago
813
पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला
News

पाल्पा पूर्णखोप सुनिश्चितता, दिगोपनायुक्त जिल्ला

21 hours ago
783
नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै
News

नेपाल डेन्टल एशोसिएसनको निर्वाचन आज काठमाडौ उपत्यका भित्र हुँदै

23 hours ago
804
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत उत्तीर्ण

2 days ago
783
Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

3 days ago
792
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

3 days ago
790
Next Post
Seti Provincial Hospital

सेती प्रादेशिक अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु #Setihospital

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,048)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.