Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चिकित्सा आयोगमा एमडी एमएसको भर्नामा खुल्ला तर्फ विद्यार्थीहरु मर्कामा #MedicalEducationCommission

Nam Raj Bhatta by Nam Raj Bhatta
December 27, 2022
in News
Reading Time: 1 min read
A A
0
Doctor

Doctor

623
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १२ पुस २०७९

चिकित्सा शिक्षा आयोगलाई MD/ MS भर्ना सम्बन्धी सूचनामा र मनोनयन सम्बन्धमा विद्यार्थीहरुले ध्यानआकर्षण गराएका छन्।

हाल चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरी अनलाईन म्याचिङ प्रणालीको लागि आवेदन मागेको थियो।

आयोगले बिगतको भन्दा फरक व्यवस्था गर्दै यसपाली म्याचिङ प्रणालीबाट स्वत: माथिल्लो क्रममा उपग्रेट हुने व्यवस्था हटाइएको छ। यो पटक केवल दुई भर्ना सुची प्रकाशित हुने र सो भर्ना छाडेमा स्वत अन्य थप भर्ना लिन नपाइने किसिमको व्यवस्था राखिएको छ। यो व्यवस्थाले गर्दा पहिलो पटकमा छात्रवृत्ति वा पुर्ण शुल्किय जुनमा म्याच हुन्छ स्वत: त्यँही पढ्नुपर्ने अबस्था सिर्जना भएको छ।

यो व्यवस्थाले मेरिट भर्ना भन्दा पनि भाग्यको खेल बढी हुने देखिन्छ। यो व्यवस्थाले अघिल्लो एकीकृत प्रवेश परीक्षामा हासिल भएको उपलब्धिहरु समेत गुम्ने अवस्था सिर्जना गरेको छ। बिगतमा भएका र अब झनै टड्कारो रुपमा हुने केही कमजोरीहरु यहाँ उदाहरणका निम्ति विद्यार्थीले प्रस्तुत गरेका छन्। अहिले नेपाल बाहिर स्नातकोत्तर गर्न जानेको ठुलो लहर भएको छ।

नेपाल मेडिकल काउन्सिलको उपलब्ध तथ्याङ्कले सयौँको सङ्ख्यामा चिकित्सकहरु USMLE र PLAB जस्ता परीक्षाको तयारी गरिरहेको देखिन्छ। यी चिकित्सकहरुको स्नातकोत्तर म्याचिङ आउने मार्च १० तारिखमा हुन्छ। यदि बिगतको प्रवृत्तिलाई पछ्याउने हो भने प्रष्ट सँग भन्न सकिन्छ कि यी आवेदनकर्ता मध्ये धेरैले स्नातकोत्तरको अवसर बिदेशमै पाउनेछन्।

यी चिकित्सकहरुको बिगतमा विभिन्न सजायको व्यवस्था हुँदा समेत दोहोरो लाभको स्वार्थले प्रेरित भइ CEE को म्याचमा सिट रोक्ने अनि बिदेशीने गरेको देखिन्छ। यस्तो टड्कारो उदाहरण हुँदाहुँदै पनि बिगतको भन्दा अझै अवैज्ञानिक र सिट रोकेर राख्ने प्रवृत्तिलाई नै प्रोत्साहित गर्ने व्यवस्था अंगिकार गर्न खोज्न आफैमा उचित नदेखिएको पिडित विद्यार्थीहरुको भनाई छ।

हाल प्रस्तावित व्यवस्थाले हुन सक्ने नोक्सानीको एउटा उदाहरण पेश गरेका छन्। कुनै २५० को र्याङकको व्यक्तिले पुर्ण छात्रवृत्तिमा कुनै विषय पढ्न पायो, अनि २५१ कोले पुर्ण पैसा तिरेर पढ्न पायो। पहिलो लिष्टमा भने दुवैले अनिवार्य भर्ना गर्नुपर्ने हुन्छ। तरपछि २५० कोले सिट छोडेको अवस्थामा सो सिटमा २५१ मा उपग्रेट नभई त्यो भन्दा निकै तलको र्याङ्कले दोस्रो लिष्टमा पाउने अवस्था सिर्जना हुन जान्छ। यो वर्ष विगतको जस्तो जरिवाना र सजाय समेत हटाएर दुई भर्ना लिष्ट मात्रै प्रकाशित गर्ने र उपग्रेट गर्न नदिने व्यवस्था गर्नाले यो सिट रोक्ने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा अझ बढी प्रोत्साहित भएको छ।

यो मात्रै नभई सरकारी सेवामा कार्यरत तर दुइ वर्षको सेवा सर्त पूरा नगरेका चिकित्सकहरुले समेत सिट रोकेर पछि दोस्रो काउन्सिलिङमा जाने अनि पहिलो पटक बसेकाहरुले अपग्रेड हुन नपाउने अवस्था पनि रहेको छ। तसर्थ अहिलेको अवस्थालाई अबिलम्ब सच्याई पुर्ववत व्यवस्था नै कायम गर्न विद्यार्थीले माग गरेका छन्।

विद्यार्थीहरुको धेरै लामो मेहनत र संघर्ष केवल भाग्यको खेल मात्रै भएको छ त्यसैले आयोगका पदाधिकारीहरू रिसपोन्सिबल नभएको जसले गर्दा विद्यार्थीहरुको जीवन माथि खेलवाड गरेको छ।

Tags: #government of NepalCorona Virus #Covid19Medical education commission
SummarizeShare271ScanTweet147

Related articles

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

कलेजो रोग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ। म्याक्स...

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्युट अफ हेल्थ साइन्सेजको Staff Development Plan अन्तर्गत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा आपत्कालीन अवस्थामा जीवनरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले Basic Life Support (BLS)...

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम

by Nam Raj Bhatta
September 27, 2026
0

ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना महिना सेप्टेम्बर २०२६ को अवसरमा “𝐎𝐮𝐫 𝐒𝐭𝐨𝐫𝐢𝐞𝐬. 𝐎𝐮𝐫 𝐌𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭” विषयक 𝐏𝐀𝐍𝐄𝐋 𝐃𝐈𝐒𝐂𝐔𝐒𝐒𝐈𝐎𝐍आयोजना गरिएको छ। कार्यक्रममा अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट प्रा. डा. राजीव कुमार...

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

by Nam Raj Bhatta
September 26, 2026
0

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा...

Please login to join discussion
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    881 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    700 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न
  • ग्राण्डी इन्टरनेशनल हस्पिटलमा स्त्रीरोगसम्बन्धी क्यान्सर सचेतना कार्यक्रम
  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.