महेन्द्रनगर , १६ पौष २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको आयोजनामा प्रयोगशालाकर्मिहरुको लागि औलो माइक्रोस्कोपी सम्बन्धि एक महिने तालिम स्वास्थ्य कार्यालय कन्चनपुरको मलेरिया माइक्रोस्कोपिक तालिम हलमा संचालन भएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाका औलो रोग बढी प्रभावित क्षेत्रबाट र हाल सम्म उक्त तालिम नपाएका कुल १० जना सहभागी रहेको प्रयोगशालाकर्मी हरुको लागि आधारभूत मलेरिया परीक्षण तालिम १६ पौष देखि १६ माघ २०७७ सम्म संचालन हुने गरि कार्यक्रम आयोजना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याब असिस्टेन्ट हिक्मत सिंह बडालले जानकारी दिनु भएको छ ।

संघियता पश्चात स्थानीय तहले स्वास्थ्य चौकी स्तर सम्म ल्याब सेवा बिस्तार गरे संगै त्यहा कार्यरत ल्याब प्राबिधिक हरुको औलो माइक्रोस्कोपिकमा क्षमता अभिबृद्धि गर्नु अती नै आवश्यक पक्ष रहेको छ । नेपालबाट सन् २०२५ सम्म मा औलो निवारण गरि सक्नु पर्ने लक्ष्य रहेको छ । उक्त लक्ष्य हासिल गर्न सन् २०२२ सम्ममै स्थानीय औलोको संख्या शुन्यमा झर्नु पर्दछ । स्थानीय स्तरमा औलोको रोगि भए नभएको पत्ता लगाउन र रोगको प्रभावकारी निदानको लागि ल्याब प्राबिधिक हरुको औलो स्लाइड जांच गर्ने क्षमता बढाउन जरुरि कुरा हो, सोहि कुरालाई परिपूर्ति गर्न सुदूरपश्चिम प्रदेश सरकारले पहिलो पटक औलो माइक्रोस्कोपिक तालिमको आयोजना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका नि निर्देशक राम प्रसाद ओझाले जानकारी दिनु भएको छ ।
तालिम उद्घाटनको सत्रमा प्रयोगशालाका निमित्त निर्देशक श्री राम प्रसाद ओझाले औलो माइक्रोस्कोपिक सम्बन्धि तालिम लिए पश्चात सहभागीहरु औलोको पहिचान गर्न सक्षम हुने , औलो मात्रै नभइ अन्य हेमाटोलोजी समेतको बारेमा थप ज्ञान हासिल हुनु यस तालिमको महत्वपुर्ण पक्ष भएको हुनाले अबै सहभागीहरुले तालिम अवधिभर आफ्नो सम्पूर्ण ध्यान तालिमकै बिषयबस्तुमा दिनु पर्ने र सिकाईको लागि सुबिधा सम्पन्न तालिम केन्द्र भएको हुनाले यस तालिम केन्द्रबाट औलोको स्लाइड जाँचमा बिज्ञता हासिल गरेर मात्र फर्किनु पर्नेमा सबै सहभागीहरुलाई जोड दिनु भएको छ ।

तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले तालिमका सहभागी हरुलाई कार्यक्रम र तालिमले समेटेका बिषय बस्तु हरु बारेमा सबैले ध्यान दिएर सिक्नु पर्ने , समग्र देशको औलो रोगीहरु मध्ये ५० प्रतिशत भन्दा बढी औलो रोगीहरु सुदूरपश्चिम प्रदेशमा रहेको हुनाले हामी सबैले मिलेर सुदूरपश्चिम प्रदेशको औलो निवारणको लक्ष्य समयमै प्राप्तिका लागि जोड बल गर्नुपर्ने , निर्धारित क्रियाकलाप समयमै सम्पन्न गर्नु पर्ने , हरेक औलो रोगीको केस बेस अनुसन्धान हुनु पर्ने , औलो रोगीको १,३,७, सिद्धान्तमा आधारित भै सर्भिलेन्सको काम गरिनुपर्ने , सरकारले निशुल्क वितरण गरेको किटनाशक झुलको उचित प्रयोग गर्नु पर्ने , हरेक ज्वरोको बिरामी लाइ औलो हो कि भनि संका गरेर रगत नमुना अनिवार्य जाँच गरिनु पर्ने र रगत जाँचको लागि प्रयोगशालाकर्मिहरुको भूमिका अनिवार्य हुने बताउनु भएको छ ।
Comments 1