नमस्ते म डा. व्यापक पौडेल, हाडजोर्नी, नशा तथा मेरुदण्ड रोग विशेषज्ञ
चिकित्सा क्षेत्रमा लागेको ३० बर्षे अनुभवको आधारमा कम्मर दु:खाई अर्थात् Low Back Pain को बारे छोटकरीमा केही जानकारी दिदैछु।
कम्मर नदु:ख्ने मानिस विरलै पाइन्छ, जीवनको कुनै न कुनै एक समयमा कम्मर दु:ख्ने अनुभव अधिकांश सबै मानिसले गरेकै हुन्छन् ।
तर खुशीको कुरा कम्मर दु:खाईको कारण मध्ये निदान गर्न नसकिने ( Nonspecific Low Back Pain) ९०- ९५ प्रतिशत हुन्छ। जुन यदि समयमै उपचार गरेमा समय स-सँगै आफै समालिन्छ ।
निदान गर्न सकिने अर्थात Specific Low Back Pain कुनै विशेष कारणले हुन्छ । जस्तै:
* चोटपटक ( Trauma)
* संक्रमण ( Infection)
* ट्युमर (Tumor)
* तन्तु खिइएर वा क्षय भएर (Degeneration)
* सुजन उत्पन्न गर्ने बाथ जस्ता रोगले ( Inflammatory)
* हड्डी मड्किएर वा पातलो भएर ( Osteoporosis)
* जन्मजात समस्या ( Congenital)
* मेरुदण्डको असफल शल्यक्रिया वा अवैज्ञानिक उपचार पछि ( Iatrogenic)।
मेरुदण्डको आफ्नै समस्याबाहेक अरु कारणले पनि कम्मर दु:ख्न सक्छ। जस्तै:
– मेरुदण्डको आसपासमा भएका अंगका रोगको कारणले ( Referred / Visceral pain) जस्तै:
* पिसाबको संक्रमण
* पाठेघरको समस्या
* मिर्गौलाको पत्थरी
* पेटको समस्या आदि आदि
– अनियन्त्रित सुगरको कारणले
– थाइरोइडको समस्याले
– भिटामिन डि को कमिले
– प्युँठ वा खुट्टामा भएका समस्याले जस्तै:
* खुट्टा लामो छोटो भएमा
* खुट्टा बाङ्गोटिङ्गो भएमा
* हिप वा घुँडामा समस्या भएमा
* प्युँठको जोर्नीमा( Buttock)समस्या भएमा आदि आदि
-भाइरल इन्फेक्सनको कारणले ।
कहिलेकाहीँ छालामा भएको रोगले मात्रै पनि कम्मर दु:खाइ हुन सक्छ। जस्तै जनैखटिरा आएमा मात्रै पनि कम्मर दुख्न सक्छ ।छाला देखि मुल नशा सम्मका दु:खाइ उत्पन्न गर्ने कुनै पनि तन्तु बाट कम्मर दुखाई हुनसक्छ।
कम्मर दु:खाइमा खाली कम्मर दुखाइ मात्रै नभएर कहिलेकाहीँ खुट्टा वा प्युँठको दुखाइ संगै देखापर्छ । बिरलै दिसा पिसाबमा समस्या आउँछ वा चलिरहेको खुट्टा एक्कासि कमजोर वा नचल्ने हुन सक्छ।
कम्मर दुखाइ सँगसँगै खुट्टाको दु:खाई भएमा (Radiating pain) मुल नशाको हाँगा (Nerve root) मा केही समस्या आएको बुझ्नुपर्दछ । खुट्टा दुख्ने समस्या Nonspecific Low Back Pain मा हुदैन अर्थात् ९० देखि ९५ प्रतिशत low back pain मा मूल नसामा समस्या हुँदैन ।
कम्मर दु:खाइ सँगसँगै प्युँठको दु:खाइ भएमा कि त Disc (कम्मरको हड्डीको विच बिचमा हुने washer जस्तो तन्तु) को बाहिरी खोल च्यातिएको (Annular tear) वा मुल नसाको बिच भागमा केही कुराले साँघुरो (Central stenosis) भएको अवस्था हुन्छ ।
कम्मर दु:खाइ सँगसँगै दिसा पिसाबमा समस्या आएमा वा चलिरहेको खुट्टा एक्कासि कमजोर वा नचल्ने भएमा यो आपतकालिन (emergency condition) हो । जसको तुरुन्त शल्यक्रियामार्फत उपचार गर्नुपर्छ।
तन्तु खिइएर वा क्षय भएर भएको कम्मर दु:खाइमा कम्मर दुखाइ सँगसँगै दिसा पिसाबमा समस्या आउने वा चलिरहेको खुट्टा एक्कासि कमजोर वा नचल्ने समस्या हुने दर अत्यन्त न्यून हुन्छ। जसरी आकाशमा लाखौं हवाइजहाज उडिरहेका हुन्छन् तर कहिलेकाहीँ आक्कल झुक्कल Crash हुन्छन् त्यसरी नै कहिलेकाहीँ यी समस्या आउन सक्छन् । त्यसैले कम्मर दुख्दैमा डराउनु हुदैन तर सतर्क हुन अत्यन्तै जरुरी छ।
हाम्रा क्लिनिकमा अधिकाशं बिरामीहरु
निदान गर्न नसकिने (Nonspecific Low Back Pain ) र चोटपटक, संक्रमण, ट्युमर र अन्य Specific Low Back Pain का कारण बाहेक कि त Disc भित्रको चाप (Pressure) बढी भएर भित्री रुपमै च्यातिएर अर्थात् Discogenic Back Pain भएर , कि त नशाको घर वा बाटो सॅाघुरो भएर (Spinal stenosis) वा कि त sciatica / Disc herniation भएर (Disc को र्याल वाहिर निस्किएर नशालाई थिचेको अवस्था ) आएको पाइएको छ।
कम्मर दु:खाइको समयमै निदान र उपचार गर्न आवश्यक छ।
कम्मर दु:खाइ लम्बिएर दीर्घरोगमा परिणत भएमा कम्मर दुखाइ सँगसँगै मानसिक तनाव समेत उत्पन्न हुन्छ जसको उपचार गर्न गाह्रो हुन्छ किनकि तनको समस्या मनमा छिरेपछि निकाल्न गाह्रो हुन्छ।
९० देखि ९५ प्रतिशत कम्मर दु:खाईमा शल्यक्रिया चाहिदैन। आसन (पोस्चर -Posture) सुधारेर , फिजियोथेरापी गरेर र मेडिसिनले ठिक हुन्छ।
केही कम्मर दु:खाइमा ढाडमा इन्जेक्सन ( Epidural injection) लगाउन आवश्यक पर्न सक्छ।
MRI गर्दा MRI मा ३० देखि ४० प्रतिशत मानिसहरुमा तन्तु खिइएको वा क्षय भएको देखिन सक्छ। तर त्यसले समस्या नगरेको हुन सक्छ। त्यसैले समस्या छैन भने MRI को रिपोर्ट हेरेर आत्तिनु पर्दैन।
कम्मर दु:खाइमा पेटी भन्दा पटुकाको प्रयोग उत्तम विकल्प हो। तर आवश्यकता अनुसार छोटो समयको लागि पेटी प्रयोग गर्न सकिन्छ।
Specific कम्मर दु:खाइमा आवश्यकता ( Indication) अनुसार शल्यक्रिया आवश्यक पर्न सक्छ।
मेरुदण्डको शल्यक्रिया निम्न यी उद्देश्यहरु परिपुर्ति गर्न गरिन्छ।
१) नशामा समस्या देखा परेको छ भने Recovery को लागि वा नशाको समस्या बढ्न नदिनको लागी।
२) मेरुदण्डको सन्तुलन ( Stability/Balance) बिग्रेको छ भने सन्तुलन कायम गर्न
३) अन्य उपचार असफल भए पश्चात अत्याधिक कम्मर दुखाइ निको पार्न वा कम गर्न
४) Specific Condition हरुको उपचार गर्न
मेरुदण्डको शल्यक्रिया पुरै खोलेर (Open/ Conventional) वा थोरै खोली तन्तु बचाएर (Minimally Invassive) वा सानो प्वाल बनाएर दुर्बिन बाट ( Endoscopic) गर्न सकिन्छ।
मेरो बारेमा थप जानकारी लिनको मेरो Website : https://drbyapakpaudel.com.np/ मा visit गर्न सक्नु हुनेछ। धन्यवाद।