Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कम्मरको दु:खाई (Low Back Pain) बारे जान्नैपर्ने जानकारी

Nam Raj Bhatta by Nam Raj Bhatta
August 19, 2023
in News
Reading Time: 2 mins read
A A
0
कम्मरको दु:खाई (Low Back Pain) बारे जान्नैपर्ने जानकारी
638
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

नमस्ते म डा. व्यापक पौडेल, हाडजोर्नी, नशा तथा मेरुदण्ड रोग विशेषज्ञ

चिकित्सा क्षेत्रमा लागेको ३० बर्षे अनुभवको आधारमा कम्मर दु:खाई अर्थात् Low Back Pain को बारे छोटकरीमा केही जानकारी दिदैछु।

कम्मर नदु:ख्ने मानिस विरलै पाइन्छ, जीवनको कुनै न कुनै एक समयमा कम्मर दु:ख्ने अनुभव अधिकांश सबै मानिसले गरेकै हुन्छन् ।

तर खुशीको कुरा कम्मर दु:खाईको कारण मध्ये निदान गर्न नसकिने ( Nonspecific Low Back Pain) ९०- ९५ प्रतिशत हुन्छ। जुन यदि समयमै उपचार गरेमा समय स-सँगै आफै समालिन्छ ।

निदान गर्न सकिने अर्थात Specific Low Back Pain कुनै विशेष कारणले हुन्छ । जस्तै:

* चोटपटक ( Trauma)
* संक्रमण ( Infection)
* ट्युमर (Tumor)
* तन्तु खिइएर वा क्षय भएर (Degeneration)
* सुजन उत्पन्न गर्ने बाथ जस्ता रोगले ( Inflammatory)
* हड्डी मड्किएर वा पातलो भएर ( Osteoporosis)
* जन्मजात समस्या ( Congenital)
* मेरुदण्डको असफल शल्यक्रिया वा अवैज्ञानिक उपचार पछि ( Iatrogenic)।

मेरुदण्डको आफ्नै समस्याबाहेक अरु कारणले पनि कम्मर दु:ख्न सक्छ। जस्तै:

– मेरुदण्डको आसपासमा भएका अंगका रोगको कारणले ( Referred / Visceral pain) जस्तै:
* पिसाबको संक्रमण
* पाठेघरको समस्या
* मिर्गौलाको पत्थरी
* पेटको समस्या आदि आदि
– अनियन्त्रित सुगरको कारणले
– थाइरोइडको समस्याले
– भिटामिन डि को कमिले
– प्युँठ वा खुट्टामा भएका समस्याले जस्तै:

* खुट्टा लामो छोटो भएमा
* खुट्टा बाङ्गोटिङ्गो भएमा
* हिप वा घुँडामा समस्या भएमा
* प्युँठको जोर्नीमा( Buttock)समस्या भएमा आदि आदि
-भाइरल इन्फेक्सनको कारणले ।

कहिलेकाहीँ छालामा भएको रोगले मात्रै पनि कम्मर दु:खाइ हुन सक्छ। जस्तै जनैखटिरा आएमा मात्रै पनि कम्मर दुख्न सक्छ ।छाला देखि मुल नशा सम्मका दु:खाइ उत्पन्न गर्ने कुनै पनि तन्तु बाट कम्मर दुखाई हुनसक्छ।

कम्मर दु:खाइमा खाली कम्मर दुखाइ मात्रै नभएर कहिलेकाहीँ खुट्टा वा प्युँठको दुखाइ संगै देखापर्छ । बिरलै दिसा पिसाबमा समस्या आउँछ वा चलिरहेको खुट्टा एक्कासि कमजोर वा नचल्ने हुन सक्छ।

कम्मर दुखाइ सँगसँगै खुट्टाको दु:खाई भएमा (Radiating pain) मुल नशाको हाँगा (Nerve root) मा केही समस्या आएको बुझ्नुपर्दछ । खुट्टा दुख्ने समस्या Nonspecific Low Back Pain मा हुदैन अर्थात् ९० देखि ९५ प्रतिशत low back pain मा मूल नसामा समस्या हुँदैन ।

कम्मर दु:खाइ सँगसँगै प्युँठको दु:खाइ भएमा कि त Disc (कम्मरको हड्डीको विच बिचमा हुने washer जस्तो तन्तु) को बाहिरी खोल च्यातिएको (Annular tear) वा मुल नसाको बिच भागमा केही कुराले साँघुरो (Central stenosis) भएको अवस्था हुन्छ ।

कम्मर दु:खाइ सँगसँगै दिसा पिसाबमा समस्या आएमा वा चलिरहेको खुट्टा एक्कासि कमजोर वा नचल्ने भएमा यो आपतकालिन (emergency condition) हो । जसको तुरुन्त शल्यक्रियामार्फत उपचार गर्नुपर्छ।

तन्तु खिइएर वा क्षय भएर भएको कम्मर दु:खाइमा कम्मर दुखाइ सँगसँगै दिसा पिसाबमा समस्या आउने वा चलिरहेको खुट्टा एक्कासि कमजोर वा नचल्ने समस्या हुने दर अत्यन्त न्यून हुन्छ। जसरी आकाशमा लाखौं हवाइजहाज उडिरहेका हुन्छन् तर कहिलेकाहीँ आक्कल झुक्कल Crash हुन्छन् त्यसरी नै कहिलेकाहीँ यी समस्या आउन सक्छन् । त्यसैले कम्मर दुख्दैमा डराउनु हुदैन तर सतर्क हुन अत्यन्तै जरुरी छ।

हाम्रा क्लिनिकमा अधिकाशं बिरामीहरु
निदान गर्न नसकिने (Nonspecific Low Back Pain ) र चोटपटक, संक्रमण, ट्युमर र अन्य Specific Low Back Pain का कारण बाहेक कि त Disc भित्रको चाप (Pressure) बढी भएर भित्री रुपमै च्यातिएर अर्थात् Discogenic Back Pain भएर , कि त नशाको घर वा बाटो सॅाघुरो भएर (Spinal stenosis) वा कि त sciatica / Disc herniation भएर (Disc को र्याल वाहिर निस्किएर नशालाई थिचेको अवस्था ) आएको पाइएको छ।

कम्मर दु:खाइको समयमै निदान र उपचार गर्न आवश्यक छ।

कम्मर दु:खाइ लम्बिएर दीर्घरोगमा परिणत भएमा कम्मर दुखाइ सँगसँगै मानसिक तनाव समेत उत्पन्न हुन्छ जसको उपचार गर्न गाह्रो हुन्छ किनकि तनको समस्या मनमा छिरेपछि निकाल्न गाह्रो हुन्छ।

९० देखि ९५ प्रतिशत कम्मर दु:खाईमा शल्यक्रिया चाहिदैन। आसन (पोस्चर -Posture) सुधारेर , फिजियोथेरापी गरेर र मेडिसिनले ठिक हुन्छ।

केही कम्मर दु:खाइमा ढाडमा इन्जेक्सन ( Epidural injection) लगाउन आवश्यक पर्न सक्छ।

MRI गर्दा MRI मा ३० देखि ४० प्रतिशत मानिसहरुमा तन्तु खिइएको वा क्षय भएको देखिन सक्छ। तर त्यसले समस्या नगरेको हुन सक्छ। त्यसैले समस्या छैन भने MRI को रिपोर्ट हेरेर आत्तिनु पर्दैन।

कम्मर दु:खाइमा पेटी भन्दा पटुकाको प्रयोग उत्तम विकल्प हो। तर आवश्यकता अनुसार छोटो समयको लागि पेटी प्रयोग गर्न सकिन्छ।

Specific कम्मर दु:खाइमा आवश्यकता ( Indication) अनुसार शल्यक्रिया आवश्यक पर्न सक्छ।

मेरुदण्डको शल्यक्रिया निम्न यी उद्देश्यहरु परिपुर्ति गर्न गरिन्छ।‌

१) नशामा समस्या देखा परेको छ भने Recovery को लागि वा नशाको समस्या बढ्न नदिनको लागी।‌
२) मेरुदण्डको सन्तुलन ( Stability/Balance) बिग्रेको छ भने सन्तुलन कायम गर्न
३) अन्य उपचार असफल भए पश्चात अत्याधिक कम्मर दुखाइ निको पार्न वा कम गर्न
४) Specific Condition हरुको उपचार गर्न

मेरुदण्डको शल्यक्रिया पुरै खोलेर (Open/ Conventional) वा थोरै खोली तन्तु बचाएर (Minimally Invassive) वा सानो प्वाल बनाएर दुर्बिन बाट ( Endoscopic) गर्न सकिन्छ।

मेरो बारेमा थप जानकारी लिनको मेरो Website : https://drbyapakpaudel.com.np/ मा visit गर्न सक्नु हुनेछ। धन्यवाद।

Tags: Corona Virus #Covid19Dr. Byapak paudelLow back pain
SummarizeShare283ScanTweet148

Related articles

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने

by Nam Raj Bhatta
May 29, 2026
0

आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४...

बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 

by Nam Raj Bhatta
May 29, 2026
0

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेय प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहमा बढुवाका लागि सिफारिस हुनुभएको छ । प्रदेश लोकसेवा आयोग, लुम्बिनी प्रदेशले प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिष्ट...

किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित

किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित

by Nam Raj Bhatta
May 29, 2026
0

किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल अन्तर्गतको किष्ट ट्रान्सप्लान्ट सेन्टरले अंगदानमार्फत जीवन बचाउन योगदान गर्ने व्यक्तिहरूको सम्मान तथा कृतज्ञता प्रकट गर्न बुधबार भव्य ‘अर्गान डोनर सम्मान कार्यक्रम’ आयोजना...

बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
May 27, 2026
0

महिलामा बढ्दो स्तन तथा पाठेघर क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सी एफ सी हेल्थ सोलुसन प्रा.लि.को आयोजनामा बुटवलमा स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    772 shares
    Share 309 Tweet 193
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    679 shares
    Share 272 Tweet 170
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    632 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    682 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने
  • बर्दियाका अस्पतालका मेसु डा. पाण्डेय एघारौँ तहमा बढुवा 
  • किष्ट अस्पतालद्वारा ‘अर्गान डोनर सम्मान कार्यक्रम’, २०० भन्दा बढी अंगदाता सम्मानित
  • बुटवलमा स्तन एवं पाठेघर क्यान्सर सम्बन्धी स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न
  • ‘एनएमएकन २०२६’ चितवनमा जेठ १६ देखि शुरु हुँदै

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.