Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोभिड -१९ परीक्षण सम्बन्धि भ्रम र यथार्थ#Covid19

HNN Staff by HNN Staff
April 19, 2020
in News
Reading Time: 3 mins read
A A
0
कोभिड -१९ परीक्षण सम्बन्धि भ्रम र यथार्थ#Covid19
611
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️  डि.एन भट्ट

कोभिड–१९ को परिक्षण कसरी गरिन्छ ?

कोभिड–१९ को लागि २ किसिमको परिक्षण गर्न सकिन्छ ।

१) Screening Test : 
रोगिको सम्पर्कमा आएका वा उच्च जोखिममा रहेका तर रोगको विशेष लक्षण, चिह्नहरु नदेखिएका हेर्दा स्वस्थ देखिने व्यक्तिहरुमा गरिने परिक्षण लाई Screening भनिन्छ । यसले रोग भएको सम्भावना देखाउछ तर कन्फर्म भने गर्दैन । यो परिक्षण Rapid Diagnostic Kit (RDT)  को विधिद्धारा रगत बाट गरिन्छ । यसले भाईरस विरुद्ध शरिरमा बनेको antibody मात्र देखाउछ तर भाईरस भए नभएको भने थाहा हुदैन । यसले तत्कालै नतिजा दिन्छ । सामान्यतया धेरै जनामा एकै पटक परिक्षण गर्दा यो विधि अपनाईन्छ । यो विधि समुदायस्तरमा पनि प्रयोग गर्न सकिन्छ ।

२)  Confirmative Test : 
RDT बाट पोजेटिभ आएका वा अन्य रोगको सम्भावना उच्च भएका व्यक्तिहरुलाई रोग भए नभएको सुनिस्चित गर्न PCR टेष्ट गरिन्छ । यो टेष्ट सुविधा सम्पन्न प्रयोगशालामा गरिन्छ । यो जाँच थ्रोट स्वाबको नमुना बाट गरिन्छ । यसको रिपोर्ट आउन १ देखि २ घण्टा लाग्न सक्छ । यसबाट भाइरस नै हेर्ने भएकोले भाईरस शरीरमा हुदा मात्र पोजेटिभ आउछ तथापी भाईरस विरुद्ध बनेको Antibody यसमा देखाउदैन । हाल ७ वटै प्रदेशमा RDT र PCR परिक्षण भैरहेको छ ।

यि २ विधि RDT र PCR  विचमा अरु के भिन्नता छ ?
कोरोनाको भाईरस मानिसको शरिर भित्र थुकको छिटा मार्फत मुख, नाक वा आँखा बाट प्रवेश गर्छ । त्यसको करिब ५ देखि ७ दिनसम्म शरिरमा भाईरसको संख्या वृद्धि भैसक्छ र यो बेला मानिसको घाँटी, नाक वा स्वासनलीबाट खकारको नमुना लिई PCR विधिबाट परिक्षण गर्दा भाइरस देखिन्छ । यो भाईरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ । अनि तेस्रो हप्ता देखि विस्तारै कम हुदै जान्छ । त्यसैले ३ हप्ता पछि PCR गर्दा यसमा भाईरस नेगेटिभ हुन सक्छ । तर शरिरमा भाइरस  प्रवेश गरेपछि शरिरले यसको विरुद्धमा एक किसिमको प्रोटिन बनाउछ जसलाई Antibody वा immunoglobulin वा Ig  भनिन्छ । अध्ययन का अनुसार यो Antibody २ किसिमको हुन्छ : IgG र  IgM

IgG भाईरस छिरेको करिब ७ देखि बन्दछ र एक महिना सम्म रहन सक्छ, यसले भर्खरै संक्रमण भएको संकेत गर्दछ ।  त्यसैगरी IgM करिब १४ दिन देखि उत्पादन हुन्छ जुन केहि लामो समय सम्म रहन सक्छ, यसले केहि पुरानो संक्रमण भन्ने बुझाउछ । हाल कोरोनाको लागि प्रयोग गरिएको द्रुत परिक्षण RDT ले पनि यहि antibody देखाउने हो ।

RDT  बाट पोजेटिभ आउदा PCR मा कसरी पोजेटिभ आउछ ?
माथि उल्लेख गरिए अनुसार RDT ले रगतमा antibody उत्पादन भएको मात्र देखाउछ, संक्रमण को तेस्रो हप्ता पछि शरिरमा भाइरस नहुन सक्ने भएकोले PCR नेगेटिभ आउने तर भाइरस विरुद्ध बनेको antibody पछि सम्म रहने भएकोले RDT मा यहि antibody देखिन्छ र पोजेटिभ आउछ । त्यसैले यो अवस्थामा RDT पोजेटिभ आउदा डराईहाल्नु पर्दैन, पहिला नै बनेको antibody  रगतमा देखिएकोले पनि यो पोजेटिभ  आएको हुन सक्छ ।

RDT बाट नेगेटिभ आउदा PCR मा कसरी पोजेटिभ आउछ ?
भाईरस शरीरमा प्रवेश पछि यसको विरुद्ध antibody बन्न केहि समय लाग्ने भएको ले पहिलो हप्तामा RDT नेगेटिभ पनि आउन सक्छ तर शरिरमा भाईरस भएपछि PCR त पोजेटिभ आउनेनै भयो । त्यसैले RDT नेगेटिभ आएर कोरोना संक्रमण छैन पनि भन्न सकिन्न, RDT बाट नेगेटिभ आएको तर निज कोरोना संक्रमित व्यक्ति संग सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुनः RDT गर्नुपर्दछ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैलाई PCR बाट सुनिस्चित गर्नुपर्दछ ।

यसलाई तलको तालिका बाट थप प्रष्ट पार्न सकिन्छ : 

१—७ दिन ९—१४दिन १५—३९ दिन
PCR पोजेटिभ : संक्रमण छ । पोजेटिभ : संक्रमण छ । पोजेटिभ : संक्रमण छ । ( भाइरस हराउदै जाने हुदा  नेगेटिभ पनि हुन सक्छ )
RDT नेगेटिभ : संक्रमण भएको तर Antibody नबनेको ।
पोजेटिभ : संक्रमण  भएको र Antibody  पनि बनेको ।
पोजेटिभ : संक्रमण  नभएको तर Antibody ले गर्दा  पोजेटिभ आएको हुन सक्छ ।

यसबाट के प्रष्ट हुन्छ भने संक्रमणको सुरुको र अन्तिम अवस्थामा यि दुबै परिक्षणको नतिजा फरक फरक आउन सक्छ तर विचको अवस्थामा दुबैको नतिजा एउटै अर्थात पोजिटिभ आउन सक्छ । तरपनि पहिले RDT गरि पोजेटिभ आएकालाई PCR बाट कन्फर्म गर्दा लागत कम हुन्छ । IgG र  IgM  रगतमा रहने समय फरक फरक समय सम्म रहने हुदा नयाँ कि पुरानो संक्रमण यकिन गर्न गाह्रो भएकोले नेपाल सरकारले IgG र  IgM को लागि छुट्टा छुट्दै किट प्रयोग गर्ने नेपाल सरकार ले निर्णय गरिसकेको छ ।

Reference :

  •  Juanjuan Zhao.et al. Antibody Response to SARS-COV-2 in patients of Novel
    Corona Virus 2019, March 28, 2020
  • Government of Nepal, Ministry of Health and population website.
    www.mohp.gov.np

(डि.एन भट्ट, ईटहरी अस्पतालमा कार्यरत हेल्थ असिष्टेन्ट तथा जनस्वास्थ्यकर्मी हुनुहुन्छ)

Tags: Corona Virus #Covid19
SummarizeShare259ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

by Nam Raj Bhatta
October 5, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विज्ञ समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (केन्द्रीय सदस्य) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सुदुरपश्चिम प्रदेशमा...

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै

by Nam Raj Bhatta
October 4, 2026
0

समाजसेवी एवम् मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्याङ्जा क्षेत्र न. २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी...

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त

by Nam Raj Bhatta
October 4, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा...

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    883 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
  • मेडिकल व्यवसायी तथा समाजसेवी खुमा अर्याल कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिदै
  • भेरी अस्पताल विकास समितिको अध्यक्षमा डा. लक्ष्मण सिग्देल नियुक्त
  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.