आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

कोभिड -१९ परीक्षण सम्बन्धि भ्रम र यथार्थ#Covid19

HNN Staff by HNN Staff
April 19, 2020
in News
A A
0
कोभिड -१९ परीक्षण सम्बन्धि भ्रम र यथार्थ#Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️  डि.एन भट्ट

कोभिड–१९ को परिक्षण कसरी गरिन्छ ?

कोभिड–१९ को लागि २ किसिमको परिक्षण गर्न सकिन्छ ।

१) Screening Test : 
रोगिको सम्पर्कमा आएका वा उच्च जोखिममा रहेका तर रोगको विशेष लक्षण, चिह्नहरु नदेखिएका हेर्दा स्वस्थ देखिने व्यक्तिहरुमा गरिने परिक्षण लाई Screening भनिन्छ । यसले रोग भएको सम्भावना देखाउछ तर कन्फर्म भने गर्दैन । यो परिक्षण Rapid Diagnostic Kit (RDT)  को विधिद्धारा रगत बाट गरिन्छ । यसले भाईरस विरुद्ध शरिरमा बनेको antibody मात्र देखाउछ तर भाईरस भए नभएको भने थाहा हुदैन । यसले तत्कालै नतिजा दिन्छ । सामान्यतया धेरै जनामा एकै पटक परिक्षण गर्दा यो विधि अपनाईन्छ । यो विधि समुदायस्तरमा पनि प्रयोग गर्न सकिन्छ ।

२)  Confirmative Test : 
RDT बाट पोजेटिभ आएका वा अन्य रोगको सम्भावना उच्च भएका व्यक्तिहरुलाई रोग भए नभएको सुनिस्चित गर्न PCR टेष्ट गरिन्छ । यो टेष्ट सुविधा सम्पन्न प्रयोगशालामा गरिन्छ । यो जाँच थ्रोट स्वाबको नमुना बाट गरिन्छ । यसको रिपोर्ट आउन १ देखि २ घण्टा लाग्न सक्छ । यसबाट भाइरस नै हेर्ने भएकोले भाईरस शरीरमा हुदा मात्र पोजेटिभ आउछ तथापी भाईरस विरुद्ध बनेको Antibody यसमा देखाउदैन । हाल ७ वटै प्रदेशमा RDT र PCR परिक्षण भैरहेको छ ।

यि २ विधि RDT र PCR  विचमा अरु के भिन्नता छ ?
कोरोनाको भाईरस मानिसको शरिर भित्र थुकको छिटा मार्फत मुख, नाक वा आँखा बाट प्रवेश गर्छ । त्यसको करिब ५ देखि ७ दिनसम्म शरिरमा भाईरसको संख्या वृद्धि भैसक्छ र यो बेला मानिसको घाँटी, नाक वा स्वासनलीबाट खकारको नमुना लिई PCR विधिबाट परिक्षण गर्दा भाइरस देखिन्छ । यो भाईरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ । अनि तेस्रो हप्ता देखि विस्तारै कम हुदै जान्छ । त्यसैले ३ हप्ता पछि PCR गर्दा यसमा भाईरस नेगेटिभ हुन सक्छ । तर शरिरमा भाइरस  प्रवेश गरेपछि शरिरले यसको विरुद्धमा एक किसिमको प्रोटिन बनाउछ जसलाई Antibody वा immunoglobulin वा Ig  भनिन्छ । अध्ययन का अनुसार यो Antibody २ किसिमको हुन्छ : IgG र  IgM

IgG भाईरस छिरेको करिब ७ देखि बन्दछ र एक महिना सम्म रहन सक्छ, यसले भर्खरै संक्रमण भएको संकेत गर्दछ ।  त्यसैगरी IgM करिब १४ दिन देखि उत्पादन हुन्छ जुन केहि लामो समय सम्म रहन सक्छ, यसले केहि पुरानो संक्रमण भन्ने बुझाउछ । हाल कोरोनाको लागि प्रयोग गरिएको द्रुत परिक्षण RDT ले पनि यहि antibody देखाउने हो ।

RDT  बाट पोजेटिभ आउदा PCR मा कसरी पोजेटिभ आउछ ?
माथि उल्लेख गरिए अनुसार RDT ले रगतमा antibody उत्पादन भएको मात्र देखाउछ, संक्रमण को तेस्रो हप्ता पछि शरिरमा भाइरस नहुन सक्ने भएकोले PCR नेगेटिभ आउने तर भाइरस विरुद्ध बनेको antibody पछि सम्म रहने भएकोले RDT मा यहि antibody देखिन्छ र पोजेटिभ आउछ । त्यसैले यो अवस्थामा RDT पोजेटिभ आउदा डराईहाल्नु पर्दैन, पहिला नै बनेको antibody  रगतमा देखिएकोले पनि यो पोजेटिभ  आएको हुन सक्छ ।

RDT बाट नेगेटिभ आउदा PCR मा कसरी पोजेटिभ आउछ ?
भाईरस शरीरमा प्रवेश पछि यसको विरुद्ध antibody बन्न केहि समय लाग्ने भएको ले पहिलो हप्तामा RDT नेगेटिभ पनि आउन सक्छ तर शरिरमा भाईरस भएपछि PCR त पोजेटिभ आउनेनै भयो । त्यसैले RDT नेगेटिभ आएर कोरोना संक्रमण छैन पनि भन्न सकिन्न, RDT बाट नेगेटिभ आएको तर निज कोरोना संक्रमित व्यक्ति संग सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुनः RDT गर्नुपर्दछ । संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबैलाई PCR बाट सुनिस्चित गर्नुपर्दछ ।

यसलाई तलको तालिका बाट थप प्रष्ट पार्न सकिन्छ : 

१—७ दिन ९—१४दिन १५—३९ दिन
PCR पोजेटिभ : संक्रमण छ । पोजेटिभ : संक्रमण छ । पोजेटिभ : संक्रमण छ । ( भाइरस हराउदै जाने हुदा  नेगेटिभ पनि हुन सक्छ )
RDT नेगेटिभ : संक्रमण भएको तर Antibody नबनेको ।
पोजेटिभ : संक्रमण  भएको र Antibody  पनि बनेको ।
पोजेटिभ : संक्रमण  नभएको तर Antibody ले गर्दा  पोजेटिभ आएको हुन सक्छ ।

यसबाट के प्रष्ट हुन्छ भने संक्रमणको सुरुको र अन्तिम अवस्थामा यि दुबै परिक्षणको नतिजा फरक फरक आउन सक्छ तर विचको अवस्थामा दुबैको नतिजा एउटै अर्थात पोजिटिभ आउन सक्छ । तरपनि पहिले RDT गरि पोजेटिभ आएकालाई PCR बाट कन्फर्म गर्दा लागत कम हुन्छ । IgG र  IgM  रगतमा रहने समय फरक फरक समय सम्म रहने हुदा नयाँ कि पुरानो संक्रमण यकिन गर्न गाह्रो भएकोले नेपाल सरकारले IgG र  IgM को लागि छुट्टा छुट्दै किट प्रयोग गर्ने नेपाल सरकार ले निर्णय गरिसकेको छ ।

Reference :

  •  Juanjuan Zhao.et al. Antibody Response to SARS-COV-2 in patients of Novel
    Corona Virus 2019, March 28, 2020
  • Government of Nepal, Ministry of Health and population website.
    www.mohp.gov.np

(डि.एन भट्ट, ईटहरी अस्पतालमा कार्यरत हेल्थ असिष्टेन्ट तथा जनस्वास्थ्यकर्मी हुनुहुन्छ)

Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

विश्वभर २८ जना नेपालीको कोरोना भाइरसले मृत्यु, ११६६ गैरआवासीय नेपाली संक्रमित#Covid19

Next Post

कैलाली लम्की चुहाका २१ वर्षिय युवकले कोरोना जितेर डिस्चार्ज हुँदै #Covid19

Related articles

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

2 days ago
791
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

3 days ago
861
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न
News

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न

4 days ago
801
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

6 days ago
803
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
News

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

6 days ago
807
खोज र खोप अभियानमा दक्षिणकाली नगरपालिकाले ४५ बालबालिकालाई खोप लगायो
News

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

1 week ago
790
Next Post
कैलाली लम्की चुहाका २१ वर्षिय युवकले कोरोना जितेर डिस्चार्ज हुँदै #Covid19

कैलाली लम्की चुहाका २१ वर्षिय युवकले कोरोना जितेर डिस्चार्ज हुँदै #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.