आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भेटेरिनरी प्रयोगशालामा कोभिड-१९ को नमूना परिक्षण शुरु

HNN Staff by HNN Staff
April 5, 2020
in News
A A
0
National Birds Disease Research Laboratory Nepal

National Birds Disease Research Laboratory Nepal

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन ,चैत २३
चितवनको भरतपुर-१० स्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा आजबाट कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ। प्रयोगशालाको सञ्चालनको सम्भाव्यता अध्ययनका क्रममा चितवन स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय र राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाहरुको विज्ञहरुबाट निरिक्षण पश्चात राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालालाई कोभिड १९ को परिक्षणका लागि प्रयोग गर्न सकिने निष्कर्षमा पुगेका       थिए । विज्ञ सहितको अन्य प्राविधिक टोलीले शुक्रवार र शनिवार साँझसम्म खटेर आजदेखि प्रयोगशाला सञ्चालनमा आउने भएको छ ।

बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका मेडिकल अंकोलोजी विभागीय प्रमुख एवम् भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा कृष्ण सागर शर्माले दिउँसो औपचारिक कार्यक्रमगरि आजदेखि प्रयोगशाला शुभारम्भ गर्न लागिएको बताए । नमुना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका सिनियर भाइरोलोजिस्ट विमलेश झाको नेतृत्वमा तीव्र रूपमा काम भएको उनले बताए ।

Bharatpur Covid19 Test Laboratory
Bharatpur Covid19 Test Laboratory

प्रयोगशाला सञ्चालनको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट मदन पाण्डे र पुरानो मेडिकल कलेज भरतपुरका वायो टेक्नोलोजिस्ट डा ब्रजेस झालाई फोकल पर्सनका रुपमा जिम्मेवारी दिइएको डा।शर्माले जानकारी दिए । एक पटकमा ३ सयका दरले २४ घण्टा ९ १ दिन ० मा ९ सय नमुना परीक्षण गर्न सकिन्छ । प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि विज्ञ सहितको ७ सदस्यीय टोलि गठनगरि काम भैरहेको छ ।

भरतपुर महानगरपालिका लगायतका जनताको चाहना पुरा गर्ने महानगर प्रमुख रेणु दाहालको दृढता, स्वास्थ्यमन्त्री एवं बिज्ञ टोलीको सक्रियता र सबै क्षेत्रको सहयोगको कारण भरतपुरमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना गर्न सफल भएको संयोजक डा शर्माले जानकारी दिए । बिहीवार स्वास्थ्य मन्त्रालय सहितको स्थानीय सरोकारवाला टोलीले प्रयोगशाला कहाँ बनाउने भन्ने बारे निरीक्षण गरेको थियो । निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरलाई उपयुक्त भएको जनाएको थियो ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइएको छ । यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र केही दिनयता हेटौडा पठाइदै आएको थियो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । अब चितवनबाट कोरोना परीक्षण सुरु भएसँगै त्यसले बिरामी पत्ता लगाउन सहज हुने छ । यदि पोजेटिभ आइहालेमा बिरामीले उपचार पनि समयमै पाउने छन् ।

पूर्वस्वास्थ्य मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य गगन थापाले यस अघि नै प्रधानमन्त्रीलाई सम्भोधन गर्दै भेटेरिनरी तर्फका प्रयोगशालाहरुलाई समेत प्रयोग गर्न सुझाव दिएका थिए ।

यस अघि नेपाल भेटेरिनरी एशोसिएसनले अहिलेको संकटमा भेटेरिनरी सेवातर्फ रहेका प्रयोगशालाहरुलाई कोभिड १९ परिक्षणमा प्रयोग गर्न सकिने भन्दै गत साता नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।

राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालामा पन्छीका बर्ड फ्लू लगायत विभिन्न् रोगहरुको परिक्षण तथा अन्वेषण हुदै आएको थियो । स्मरण रहोस् पशु सेवा विभागका विभिन्न प्रयोगशाला र जनशक्ति यसअघि बर्ड फ्लू लगायत रोगको परिक्षण तथा अन्वेषण गरीरहेकाले यस संकटको घडीमा पशु सेवा विभागसंगको सहकार्य र समन्वयमा उक्त विभाग अन्तर्गत रहेका प्रयोगशाला र जनशक्तिको परिचालन गर्न सके कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा कोशेढुङ्गा स्थापित हुन सक्ने विश्वास गरिन्छ ।


>> कोरोनाबारे सम्पूर्ण कभरेज यँहा पढ्नुहोस्
Tags: Corona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

दाङमा डाक्टर लगायत अन्य निकाय द्वारा ७५ हजार बराबरको खाद्यान्न हस्तान्तरण

Next Post

एउटा स्वास्थ्यकर्मीको पिडा

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

8 hours ago
928
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

1 day ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

2 days ago
795
Next Post
Dr Bishnu Murti Bhattarai

एउटा स्वास्थ्यकर्मीको पिडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...