आज मिति : २०८२ कार्तिक १६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

HNN Staff by HNN Staff
July 4, 2021
in News
A A
2
Janai khatira - Herpes Zoster

Janai khatira - Herpes Zoster

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

जनै खटिरा अर्थात हर्पिस जोस्टर वा सिगेल्स, एक प्रकारको भाइरल सङ्क्रमण हो। यो छालामा देखिने एक प्रकारको रोग हो। जसमा स-साना पानीफोका जस्ता खटिराहरू आउने र चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ।

✍ डा. लोकेन्द्र अवस्थी, BPKIHS

चिकनपोक्स अर्थात ठेउला गराउने भेरिसेला जोस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। मेडिकल भाषामा यसलाई हर्पिस जोस्टर भनिन्छ र सामान्य बोलचालीको भाषामा जनैखटिराका नामले चिनिन्छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ त्यसबेला यो भाईरस स्नायुमार्गको /नर्भस पाथवेको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढि हुन्छ ।

जनै खटिरा लक्षणहरु :

१) दाना निस्किनुभन्दा अगाडि बिमिरा आउने ठाउँमा दुख्नु यस रोगको प्रमुख लक्षण हो ।
१) छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा स-साना बिमिरा निस्कनु र अधिकांश रुपमा बिमिराहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छन ।
२) बिमिरा निस्केको ठाउँमा चिलाउने, पोल्ने र दुख्ने हुनु ।
३) बिमिरा बिस्तारै ठूला हुँदै जाने र स-साना घाऊ जस्ता देखिनु ।
४) ती घाऊहरु मा पोलेका घाऊ मा झैं पानी भरिने, फुट्ने र दुख्ने ।
५) साथै सामान्य ज्वरो आउने र टाउको दुख्नु ।

जनै खटिरा निदान :

चिकित्सकले सामान्य परीक्षणको माध्यमबाट नै जनै खटिराको निदान/पत्ता लगाउने गर्छन। जनै खटिरा आउन सुरु भएको ७२ घन्टा भित्र पत्ता लगाइ औषधि सेवन सुरु गर्नु पर्ने हुन्छ ।

कसलाई सम्पर्क गर्ने :

छाला रोग विशेषज्ञ अथवा जनरल प्रयाक्टिसनर

जनै खटिरा उपचार :

१) घाउ तथा बिमिराको लागि एन्टिबायोटिक र एसाइक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
२) दुखाईका लागि दुखाई कम गर्ने इबुप्रोफेन, पृगाबालिन, पारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
३) बिमिरा चिलाउदा नङले वा कुनै तिखो बस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको अवस्थामा सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुम्सुम्याउदा चिलाउने अलि कम हुन्छ ।
४) घाऊलाई सफा राख्ने र सरसफाइमा ध्यान

जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामै आफै ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एक/दुई वर्षसम्म पनि यसले दु:ख दिइरहन सक्छ ।

जनै खटिरा जटिलताहरु :

बेलैमा जनैखटिराको उचित उपचार गरिएन भने यस रोगबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने, बिरामीको मुख बांगो हुने / बेल्स पाल्सी हुने, घाउमा बेक्टेरिएल संक्रमण हुने र लामो समयसम्म दुखाइ रहिरहने हुनसक्छ ।

जनै खटिरा भ्रमहरु तथा यथार्थहरु :

१. जनै खटिरा जनै लागाउने ठाउँमा मात्रै आउने हैन , यो शरीरको जुनसुकै भागमा पनि आउन सक्छ ।
२. शरीरमा बिबिरा आएको बिपरित भागतिर बाघ / सिंह को चित्र बनाउने र ती दुबै एक अर्कासङ जोडिए मृत्यु हुने भन्ने होइन ।
३. धामीझाँक्री र झारपातहरुको प्रयोग गरेर यो निको हुने हैन त्यसैले जति सक्दो चाडो चिकित्सकको सल्लाह लिनु पर्छ ।

Tags: Skin CareSkin Disease
Nisarga hospital Dhangadhi
Previous Post

Declaration of Seventh National Summit of Health and Population Scientists in Nepal

Next Post

संघीय दाँत तथा मुख रोग अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी

Related articles

Nepal Medical Association
News

नेपाल चिकित्सक संघको नयाँ कार्यसमितिको निर्वाचन माघमा हुने

8 minutes ago
777
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव
News

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक संघको सुझाव

7 hours ago
789
वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षणको नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न
News

वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षणको नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न

2 days ago
786
नर्सको आन्दोलन अझै जारी, दुई घण्टा अत्यावश्यक बाहेकका सेवा बन्द
News

नर्सको आन्दोलन अझै जारी, दुई घण्टा अत्यावश्यक बाहेकका सेवा बन्द

2 days ago
789
ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत
News

ग्राण्डी इन्टरनेसनल अस्पतालका नर्सलाई सरकारी सरह तलब दिने सहमत

4 days ago
795
चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे
News

चितवन जनस्वास्थ्य कार्यालयको प्रमुखमा निर्मल घिमिरे

4 days ago
1.3k
Next Post
Federal Dental and Mouth Disease Hospital related workshop

संघीय दाँत तथा मुख रोग अस्पताल स्थापना सम्बन्धी कार्यशाला गोष्ठी

Comments 2

  1. Jwstina Gurung says:
    3 months ago

    Molai ni janai khatira aako xa moh k garna sakxu vannidinu hola

    Reply
    • HNN Staff says:
      2 months ago

      Hamro article padera, clinic ma janu hola Jwstina ji

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,285)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.