Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

HNN Staff by HNN Staff
July 4, 2021
in News
Reading Time: 1 min read
A A
2
Janai khatira - Herpes Zoster

Janai khatira - Herpes Zoster

698
SHARES
3.7k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

जनै खटिरा अर्थात हर्पिस जोस्टर वा सिगेल्स, एक प्रकारको भाइरल सङ्क्रमण हो। यो छालामा देखिने एक प्रकारको रोग हो। जसमा स-साना पानीफोका जस्ता खटिराहरू आउने र चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ।

✍ डा. लोकेन्द्र अवस्थी, BPKIHS

चिकनपोक्स अर्थात ठेउला गराउने भेरिसेला जोस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। मेडिकल भाषामा यसलाई हर्पिस जोस्टर भनिन्छ र सामान्य बोलचालीको भाषामा जनैखटिराका नामले चिनिन्छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ त्यसबेला यो भाईरस स्नायुमार्गको /नर्भस पाथवेको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढि हुन्छ ।

जनै खटिरा लक्षणहरु :

१) दाना निस्किनुभन्दा अगाडि बिमिरा आउने ठाउँमा दुख्नु यस रोगको प्रमुख लक्षण हो ।
१) छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा स-साना बिमिरा निस्कनु र अधिकांश रुपमा बिमिराहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छन ।
२) बिमिरा निस्केको ठाउँमा चिलाउने, पोल्ने र दुख्ने हुनु ।
३) बिमिरा बिस्तारै ठूला हुँदै जाने र स-साना घाऊ जस्ता देखिनु ।
४) ती घाऊहरु मा पोलेका घाऊ मा झैं पानी भरिने, फुट्ने र दुख्ने ।
५) साथै सामान्य ज्वरो आउने र टाउको दुख्नु ।

जनै खटिरा निदान :

चिकित्सकले सामान्य परीक्षणको माध्यमबाट नै जनै खटिराको निदान/पत्ता लगाउने गर्छन। जनै खटिरा आउन सुरु भएको ७२ घन्टा भित्र पत्ता लगाइ औषधि सेवन सुरु गर्नु पर्ने हुन्छ ।

कसलाई सम्पर्क गर्ने :

छाला रोग विशेषज्ञ अथवा जनरल प्रयाक्टिसनर

जनै खटिरा उपचार :

१) घाउ तथा बिमिराको लागि एन्टिबायोटिक र एसाइक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
२) दुखाईका लागि दुखाई कम गर्ने इबुप्रोफेन, पृगाबालिन, पारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
३) बिमिरा चिलाउदा नङले वा कुनै तिखो बस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको अवस्थामा सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुम्सुम्याउदा चिलाउने अलि कम हुन्छ ।
४) घाऊलाई सफा राख्ने र सरसफाइमा ध्यान

जनैखटिरा आएपछि कसैलाई दुई-तीन हप्तामै आफै ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एक/दुई वर्षसम्म पनि यसले दु:ख दिइरहन सक्छ ।

जनै खटिरा जटिलताहरु :

बेलैमा जनैखटिराको उचित उपचार गरिएन भने यस रोगबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने, बिरामीको मुख बांगो हुने / बेल्स पाल्सी हुने, घाउमा बेक्टेरिएल संक्रमण हुने र लामो समयसम्म दुखाइ रहिरहने हुनसक्छ ।

जनै खटिरा भ्रमहरु तथा यथार्थहरु :

१. जनै खटिरा जनै लागाउने ठाउँमा मात्रै आउने हैन , यो शरीरको जुनसुकै भागमा पनि आउन सक्छ ।
२. शरीरमा बिबिरा आएको बिपरित भागतिर बाघ / सिंह को चित्र बनाउने र ती दुबै एक अर्कासङ जोडिए मृत्यु हुने भन्ने होइन ।
३. धामीझाँक्री र झारपातहरुको प्रयोग गरेर यो निको हुने हैन त्यसैले जति सक्दो चाडो चिकित्सकको सल्लाह लिनु पर्छ ।

Tags: Skin CareSkin Disease
SummarizeShare300ScanTweet166

Related articles

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी

by Nam Raj Bhatta
September 20, 2026
0

वीर अस्पतालको न्युरोसर्जरी विभागले नयाँ नेतृत्व पाएको छ। अनुभवी न्युरोसर्जन डा. बिनोद राजभण्डारीले हिजोदेखि विभागीय प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको हो। न्युरोसर्जरी क्षेत्रमा लामो समयदेखि सक्रिय डा. राजभण्डारीले...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त

by Nam Raj Bhatta
September 20, 2026
0

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन पद र निर्देशक पदमा नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त...

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त

by Nam Raj Bhatta
September 19, 2026
0

नेपाल मेडिकल काउन्सिलमा पाँच जना सदस्य नियुक्त भएका छन्। नवनियुक्त सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका  हुन्। काउन्सिलका सदस्यहरूमा डा. गोपाल...

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.